'गोल्डन गेट ब्रिज'माथि 'कुहिरोको झरना'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'गोल्डन गेट ब्रिज'माथि 'कुहिरोको झरना'
Published

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा रहेको प्रसिद्ध 'गोल्डन गेट ब्रिज'मा 'कुहिरोको झरना' खसेजस्तो देखिने यो दृश्य हेर्नुहोस्।

विशेषतः प्रशान्त महासागरबाट आएको तातो तथा ओसिलो हावा सान फ्रान्सिस्को बेको चिसो पानीमाथि बहँदा यस्तो कुहिरो बन्छ।

वरिपरिको जमिनमा यो कुहिरो उड्दा हावा पुनः तातो हुन्छ र वाष्पीकरण हुन्छ। त्यस्तो हावा पहाडमाथि बहँदा झरनाको जस्तो दृश्य देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।