रुसमा प्लेग प्रयोगशालाकी कर्मचारीको मृत्यु, विश्वभरि चासो र चिन्ता
विश्व स्वास्थ्य सङ्गठनले रुसलाई साइबेरियास्थित प्लेग अनुसन्धान प्रयोगशालामा कार्यरत एक अनुसन्धानकर्ताको मृत्युसँग सम्बन्धित थप जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
रुसी सञ्चारमाध्यमका अनुसार दार्या शिपिलोभा नाम गरेकी २८ वर्षे महिलाको अक्टोबर २ मा मृत्यु भएको थियो।
उनको मृत्युपछि साइबेरियाको इर्कुट्स्क क्षेत्रमा कैयौँ मानिसलाई निगरानीमा राखिएको विवरण सार्वजनिक भएको छ।
प्रयोगशालाकी कर्मचारीको मृत्यु कुन परिस्थितिमा भयो भनेर अनेकौँ अड्कलबाजी सुरु भएको छ।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मानिसहरूलाई अफवाहका पछाडि नलाग्न र सरकारको जनस्वास्थ्य नियामक निकायको आधिकारिक सूचना मात्र पत्याउन आग्रह गरेका छन्।
रुस सरकारले ती महिलाको मृत्यु "अज्ञात कारणको निमोनिया"ले गर्दा भएको जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



