बाङ्गलादेशका गोर्खा : करिब १५० वर्षअघि नेपालबाट बाङ्गलादेश पुगेको गोर्खा समुदाय
करिब १५० वर्षअघि उनीहरूका पुर्खा नेपालबाट बाङ्गलादेश आएर चटगाउँ पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका छन्।
तत्कालीन ब्रिटिश सेनाका कर्णेल हेनरी टमस म्याकफर्सनको नेतृत्वमा रहेको सेकेन्ड गोर्खा रेजिमन्टका करिब ५०० सैनिकलाई उक्त क्षेत्रमा ल्याइएको थियो।
उनीहरूलाई ल्याइएको त्यो लुशाई एक्सपिडिसनको वर्णन चटगाउँ पर्वतीय क्षेत्रका पहिलो डेपुटी कमिश्नर टमस हर्बर्ट लेविनको पुस्तक 'अ फ्लाई अन द ह्विल' मा पाइन्छ।
बाङ्ग्लादेशमा बसोबास गर्ने गोर्खा समुदायका मानिसहरूसँग कुराकानी गरेर उनीहरूको इतिहासदेखि वर्तमानस्थितिबारे बीबीसी बाङ्ग्लाले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



