उल्कापिण्डले अमेरिकाको आकाश चम्किलो बनाएको दृश्य
संयुक्त राज्य अमेरिकाको इन्डियानामा मानिसहरूले 'थ्याङ्क्सगिभिङ' पर्वको उत्सव मनाउँदै गर्दा आकाशमा एउटा उल्कापिण्ड र त्यसले आकाश चम्किएको दृश्य देखेका छन्।
फोर्ट वेनमा थ्याङ्क्सगिभिङको पूर्वसन्ध्यामा आयोजित वार्षिक 'नाइट अफ लाइट्स डिस्प्ले' कार्यक्रमका बेला सो दृश्य देखेर मानिसहरू रोमाञ्चित भएका थिए।
सो उल्कापिण्ड मिशिगन र ओहायोसहित अमेरिकाका अन्य राज्यहरूबाट पनि देखिएको विवरण आएको छ।
अन्तरिक्षमा विचरण गर्ने वस्तुहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा आकाशमै जलेर नष्ट हुने क्रममा उल्कापिण्डहरू देखा पर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



