'निकै उत्साहित छु': चिनियाँ अन्तरिक्ष अभियानमा संलग्न पहिलो पाकिस्तानी
चीनले बुधवार तीन अन्तरिक्षयात्रीलाई त्येन्गूङ अन्तरिक्षकेन्द्रमा पुर्याउन शन्जो-२४ अन्तरिक्षयान प्रक्षेपण गरेको छ।
उक्त यानमा पाकिस्तानका मुहम्मद जीशन अली पनि छन्। उनी त्येन्गूङ अन्तरिक्षकेन्द्रमा पुग्ने पहिलो विदेशी नागरिक बनेका छन् र पृथ्वीको कक्षमा पुग्ने पहिलो पाकिस्तानी नागरिक हुन्।
उनी अन्तरिक्षमा पाँचदेखि १० दिन व्यतीत गरेर पृथ्वी फर्किने छन्।
चालीस वर्षीय अली विमानचालक हुन्। उनी यो अभियानमा 'पेलोड' विशेषज्ञका रूपमा सहभागी भएका छन्।
उनको अन्तरिक्षयात्रा पाकिस्तानको वैज्ञानिक महत्त्वाकाङ्क्षा र चीनको 'अन्तरिक्ष कूटनीति'को प्रतिफल हो।
अमेरिकी अन्तरिक्ष निकाय नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्षकेन्द्र 'आईएसएस'ले सन् २०३० सम्ममा अवकाश लिन सक्ने ठानिएका बेला चीनले त्येन्गूङलाई अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रवर्धन गर्न खोजेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



