तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. के सर्वसाधारण नागरिकले सेनालाई रोक्न सक्छन्?

  2. डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव के हुन्

  3. अस्पतालमा भएको बम आक्रमणको निन्दा, रुस-युक्रेन वार्ता युद्धविराम गराउन विफल

  4. 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'

  5. रुसले युक्रेनमा ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी

  6. भाडा नबढाए सार्वजनिक सवारीसाधन नचलाउने चेतावनी, के भन्छ सरकार

  7. १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक

  8. किएभमा भुमिगत कोठामा बमबाट सुरक्षा खोज्दै बसेका सिरियाली

  9. प्रतिबन्ध सामना गर्न के रुसले चीनसँग सहयोग माग्न सक्छ

  10. सङ्घर्षविराम गरेर युक्रेनीलाई अन्यत्र लैजाने प्रयासबीच बाल अस्पतालमा रुसी हमला

  11. भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्

  12. रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

  13. युक्रेन रुस तनाव

    युक्रेन-रुस युद्धसम्बन्धी लाइभ पेजमा हामीले मङ्गलवार दिनभरिका युक्रेन-रुस युद्धसम्बन्धी घटनाक्रमहरू राख्यौँ।

    शुभरात्री।

  14. अमेरिकाले रुसी तेलको आयातमा रोक लगाउँदै

    अमेरिकाले रुसी तेलको आयातमा रोक लगाउने ठानिएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले अबको केही घण्टापछि रुसी तेलको आयातमा रोक लगाउने घोषणा गर्न लागेका हुन्।

    उक्त घोषणा युक्रेनमा रुसले गरेको आक्रमण पश्चात् रुसमाथि लगाइने पछिल्लो प्रतिबन्ध हुने अपेक्षा गरिएको छ।

    ह्वाइट हाउसले बताए अनुसार बाइडनले सम्बोधन गर्नेछन्।

    उनले ”युक्रेनमाथिको विनाकारण र अनुचित आक्रमणमा रुस जबाफदेही छ” भन्ने कुरा दोहोर्‍याउने अपेक्षा गरिएको छ।

    बाइडन प्रशासनमाथि यो कदम उठाउन अमेरिकी सांसदहरूको दबाव बढ्दो थियो।

  15. युक्रेनमा १,२०० भन्दा बढी गैरसैनिक हताहत - राष्ट्रसङ्घ

    रुसले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता युक्रेनमा १,२०७ गैरसैनिक नागरिक हताहत भएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले दिएको छ।

    तीमध्ये ४०६ जनाको मृत्यु भएको र ८०१ जना घाइते भएका हुन्।

    तर हताहत हुनेको सङ्ख्या "एकदम धेरै हुनसक्ने" राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त लिज थ्रोसेलले बताएकी छन्।

    हवाई आक्रमण र विस्फोटक अस्त्रका कारण युक्रेनभरिका सहरमा सयौँ आवासीय भवन नष्ट हुँदा अधिकांश मानिस घाइते भएको राष्ट्रसङ्घको भनाइ छ।

    मृतकमध्ये एक जना पत्रकार पनि भएको बताइएको छ।

  16. युक्रेन छोड्ने मानिसको सङ्ख्या २० लाखभन्दा बढी

    युद्ध सुरु भएपछि युक्रेनबाट पलायन भएका शरणार्थीको सङ्ख्या २० लाख नाघेको राष्ट्रसङ्घले बीबीसीलाई बताएको छ।

    संयुक्त राष्ट्रको शरणार्थीसम्बन्धी उच्चाआयुक्त फिलिपो ग्रान्डीले युक्रेनबाट भइरहेको बहिर्गमन युरोपमा दोस्रो विश्वयुद्धयता निकै छिटो बढिरहेको शरणार्थी सङ्कट भएको बताएका छन्।

    यसअघि उनले युक्रेनबाट शरणार्थीहरूको पहिलो लहर "केही स्रोतसाधन" सहित निस्किएको बताएका थिए।

    "धेरैजसो गाडीमा आउँछन्। सीमापारि उनीहरूका परिवार, साथीहरू, आफन्तलगायत चिनजानका मानिस हुन्छन्क जसकहाँ उनीहरू जान सक्छन्," उनले भने।

    उनले युद्ध जारी रहे सीमित स्रोत र चिनजान भएका मानिसहरू पनि भाग्न बाध्य हुने चेतावनी दिए।

    "त्यसपछि युरोपेली देशहरूका लागि यो व्यवस्थापनको निकै जटिल मुद्दा बन्नेछ र त्यसमा युरोप साथै बाहिरका सबैले ऐक्यबद्धता जनाउनुपर्नेछ," उनलाई एएफपी समाचारसंस्थाले उद्धृत गरेको छ।

    उनले बोस्निया र कोसोभोमा भएको बाल्कन युद्धमा "सम्भवतः २० लाखदेखि ३० लाख मानिस पलायन भएको तर त्यो आठ वर्षको अवधिमा बहिर्गमित मानिसको सङ्ख्या" भएको बताए।

    विश्वका अन्य भागहरूमा यस किसिमको बहिर्गमन भए पनि "युरोपमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक यस्तो भएको हो।"

  17. चीनका राष्ट्रपतिद्वारा शान्तिवार्ता गर्न आह्वान

    चीनका राष्ट्रपति सी जिन्पिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै "अधिकतम संयम" आवश्यक भएको बताएका छन्।

    फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँग गरेको एउटा भर्चूअल बैठकमा उनले त्यस्तो टिप्पणी गरेको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।

    युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। चीन, जर्मनी र फ्रान्सले मिलेर शान्तिवार्तालाई सहयोग गर्नुपर्ने उनले बताए।

    चीन र रुसबीच घनिष्ठ कूटनीतिक सम्बन्ध छ। युक्रेनमा रुसले गरेको आक्रमणको चीनले न त समर्थन गरेको छ न त निन्दा नै।

    यद्यपि चीनले रुसी अतिक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा आयोजित मतदानमा अनुपस्थित रहेको थियो।

    यो पनि पढ्नुहोस्

  18. हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्

  19. इर्पिन र सुमीबाट मानिसहरू अन्यत्र जाँदै

    युक्रेनका सुमी र इर्पिन सहरबाट मानिसहरू सुरक्षित स्थानतिर जान थालेको विवरण प्राप्त भएको छ।

    रुस र युक्रेनले गैरसैनिक नागरिकलाई सुमीबाट अन्यत्र जान बाटो खोल्ने विषयमा सहमति गरेका थिए।

    सुमी आंशिक रूपमा रुसी सेनाको घेराबन्दीमा परेको छ भने त्यहाँ ठूलो गोलाबारी भएको थियो। सोमवार मात्र त्यहाँ नौ जनाको मृत्यु भएको बताइएको छ।

    केही दिनयता ठूलो सङ्घर्ष भएको किएभभन्दा पश्चिममा अवस्थित इर्पिनबाट पनि मानिसहरू बाहिर जान थालेका छन्।

  20. युक्रेनी शरणार्थीका लागि ईयूको सहायता रकम 'अपर्याप्त'

    युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्ने देशहरूका लागि युरोपेली सङ्घ (ईयू) द्वारा प्रस्तावित ५० करोड यूरो सहयोग रकम अपर्याप्त रहेको पोल्यान्डका उपविदेशमन्त्रीले बताएका छन्।

    "प्रस्ताव गरिएको रकम सबै सहयोगी देशहरूलाई बाँड्ने भएकाले यो पक्कै पनि पर्याप्त हुनेछैन," पावेल जाब्लोन्स्कीले पोल्साट न्यूजसँगको अन्तर्वार्तामा भने।

    युद्ध सुरु भएदेखि करिब १२ लाख मानिसहरू पोल्यान्ड पुगेका छन्। तीमध्ये ९० प्रतिशत शरणार्थी युक्रेनी नागरिक हुन्।

    जाब्लोन्स्कीको प्रारम्भिक आकलनअनुसार १० लाख शरणार्थीको शिक्षा, स्वास्थ्यसेवा र सामाजिक बीमाजस्ता पक्ष ध्यानमा राख्दा अनुमानित दुई अर्ब यूरो खर्च लाग्छ।

    "यो १० लाख मानिसहरूका लागि गरिएको अनुमान हो र हामीसँग योभन्दा धेरै शरणार्थी हुनेछन्," उनले भने।