पोखरीमा हाम फालेपछि सन्दिग्ध फोनचोर पक्राउ
पोखरीमा हाम फालेपछि सन्दिग्ध फोनचोर पक्राउ
Published
यूकेको राजधानी लन्डनमा प्रहरीबाट जोगिन भागेका एक व्यक्तिले पोखरीमा हाम फालेको देखिने भिडिओ सार्वजनिक भएको छ।
सीसीटीभी र बडीक्यामराले खिचेको भिडिओमा २१ वर्षीय ती युवकले भाग्न प्रयास गरेको र फोनहरू पानीमा फाल्दै गरेको देखिन्छ।
लन्डनमा फोनचोरी नियन्त्रणका लागि जारी कारबाहीका क्रममा ती सन्दिग्ध चोरलाई पक्राउ गरिएको हो।
सुरक्षाकर्मीहरूले पानीमा फालिएका फोनहरू पनि बरामद गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



