आफूले नोबेल पुरस्कार जितेको परिवारलाई बताउँदै कार्ल डाइसरोथ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आफूले नोबेल पुरस्कार जितेको परिवारलाई बताउँदै कार्ल डाइसरोथ
Published

यो भिडिओ स्ट्यान्फर्डका प्राध्यापक कार्ल डाइसरोथले आफूले नोबेल पुरस्कार जितेको कुरा आफ्नो परिवारलाई बताउँदा खिचिएको हो।

यो वर्षको पहिलो नोबेल पुरस्कारअन्तर्गत फिजिओलजी/चिकित्साशास्त्र विधातर्फ अमेरिकाका डाइसरोथ र उनका दुई जर्मन सहकर्मी पिटर हेगेमान अनि गेयोर्ग नागेललाई अप्टोजेनेटिक्सको क्षेत्रमा महत्त्वपूर्ण काम गरेकाले विजेता घोषित गरिएको थियो।

अप्टोजेनेटिक्स यस्तो प्रविधि हो जसले जीवित मस्तिष्कमा स्नायुकोषहरूलाई नियन्त्रण र अनुगमन गर्न सक्छ।

नोबेल समितिले यी तीन वैज्ञानिकले "न्यूरोसाइन्समा एउटा नयाँ युगको जग" बसाएको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।