तस्बिरमा सन् २०२१: वर्षका घतलाग्दा १२ तस्बिरमा धातुजस्तो देखिने बालकदेखि दुर्गाको रूपमा कोभिड खोप र सुई बोकेका महिला स्वास्थ्यकर्मीसम्म

Published

कवि तथा कला इतिहासकार केली ग्रोभिअरले यो वर्षका सबैभन्दा शक्तिशाली तस्बिर छानेका छन्। उनको छनोटमा गाजामा बमले क्षतविक्षत बनाएको आफ्नो सुत्ने कोठाबाट बाहिर हेरिरहेकी एउटी बालिकाको तस्बिर तथा अमेरिकी संसद् भवनमा भएको दङ्गाको तस्बिर पनि परेका छन्।

इन्डोनेशिया
तस्बिरको क्याप्शन, इन्डोनेशियाको डिपोकमा फलाममा लगाइने रङ्ग लगाएर माग्दै एक बालक

धातुजस्तो देखिने बालक, इन्डोनेशिया, २०२१

इन्डोनेशियाको डिपोकमा एक आठ वर्षीय बालक भिख माग्छन्। उनको छाला खाना पकाउने तेलमा मिसाइएको विषालु फलाम रङ्गाउन प्रयोग गरिने पेन्टले पोतिएको छ।

त्यसले उनको शरीरलाई एउटा पोलिस लगाएको मूर्ति जस्तो बनाएको छ।

अल्डी त्यसरी जोखिमपूर्ण शृङ्गार गरेर अरूको ध्यानाकर्षण गर्न खोज्छन्।

सहरमा ट्राफिक जाम भएको बेला उनले त्यसरी मागिरहेको दृश्य टीढलाग्दो छ।

गाजा
तस्बिरको क्याप्शन, आफ्नो कोठाबाट बाहिर हेर्दै गाजाकी बालिका

बालिका, गाजा, मे २०२१

इजरेल र प्यालेस्टिनबीचको तनाव सन् २०१४ यताकै सबैभन्दा खराब बिन्दुमा पुग्दा मे २४ मा हमासले प्रहार गरेको रकेटको बदलामा इजरेलले हवाई आक्रमण गर्‍यो। उक्त आक्रमणमा सानी बालिका बेट हनेनको गाजास्थित घर ध्वस्त भयो।

ती बालिकाले भग्नावशेषका बीच उभिएर आकाशतिर हेरिरहेको तस्बिर हेर्दै पीडा झल्काउने खालको छ।

उक्त तस्बिर हेर्दा कुनै भयावह अवस्थाको पुन: वर्णन गरिरहनुपर्छ जस्तो लाग्दैन।

टुभालु
तस्बिरको क्याप्शन, जलवायु परिवर्तनको खतराबारे चर्चा गर्दै टुभालुका विदेशमन्त्री

कोप २६ सम्बोधन, टुभालु, नोभेम्बर २०२१

ग्लास्गोमा भएको राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा टापु राष्ट्रका तर्फबाट टभालुका विदेशमन्त्री सिमोन कफले घुँडासम्म डुब्ने स्थानमा उभिएर कसरी समुद्रमा बढिरहेको पानीको सतहले जलवायु सङ्कट बढाइरहेको छ र होचो स्थानमा भएका देशमा जोखिम थपिरहेको छ भन्ने विषयमा धारणा राखेका थिए।

उनले भनेका थिए, "हामी हाम्रो वरिपरि पानीको सतह बढिरहँदा त्यसै हेरेर बस्नेछैनौँ।"

उक्त तस्बिरले पानी र छालका कारण दुःख खेपेका समुदायका पीडालाई अभिव्यक्त गरेको छ।

अन्तरिक्ष यात्रा
तस्बिरको क्याप्शन, मङ्गल ग्रहको यात्राका लागि इजरेलको मरुभूमिमा तयारी गर्दै अन्तरिक्षयात्री

अन्तरिक्षयात्री, इजरेल,२०२१

इजरेलको नेगेभ मरुभूमिमा मङ्गल ग्रहको यात्राको अभ्यास गर्ने क्रममा दुई अन्तरीक्षयात्रीहरू सँगै हिँडिरहेको तस्बिरले पनि विश्वको ध्यानाकृष्ट गरेको थियो।

मुटुको आकार भएको उक्त स्थानमा अस्ट्रिया, जर्मनी, इजरेल, नेदरल्यान्ड्स, पोर्चुगल र स्पेनका अन्तरिक्षयात्रीहरूले अभ्यास गरेका थिए।

उक्त समूहलाई अन्तरिक्षमा लगाउने पोसाक लगाएर मङ्गल ग्रहमा उनीहरूले सामना गर्नुपर्ने अवस्थाका बारेमा पूर्वतयारी गरेका थिए।

स्कटल्यान्ड
तस्बिरको क्याप्शन, ग्यालनबाट पेट्रोल खन्याउँदै गरिएको साङ्केतिक विरोध

प्रदर्शनकारी, स्कटल्यान्ड, नोभेम्बर २०२१

ग्लास्गोमा नोभेम्बरमा सम्पन्न कोप २६ जलवायु परिवर्तन सम्मेलन भइरहेका बेलामा ओसियन रिबेलियन समूहका प्रदर्शनकारीहरूले ग्रेन्जमथमा अवस्थित आईएनईओएसको एकीकृत रिफाइनरी र पेट्रो रसायन प्लान्टमा प्रदर्शन गरेका थिए।

टाउकोमा पेट्रोल ग्यालन राखेर उनीहरूले नाटकीय रूपमा तेल पोखेका थिए भने नक्कली नोट प्रयोग गरेर लगानीकर्ता र राजनीतिज्ञप्रति कटाक्ष गरेका थिए।

प्रदर्शनकारीका भनाइमा सन् २०३० भित्र वन फँडानी रोक्ने दिशामा सुस्त गतिमा काम भइरहेको छ।

चीन
तस्बिरको क्याप्शन, चीनको एउटा तालमा पौडी खेल्न हाम फालिरहेकी पौडीबाज

पौडीबाज, चीन, ज्यानुअरी २०२१

ज्यानुअरीमा एक महिला उत्तरपूर्वी चीनको लिआउनिङ प्रान्तमा एउटा अत्यधिक चिसो तालबाट निस्किएको बरफको ढिस्कोबाट पौडिन हाम फालिरहेको तस्बिर सार्वजनिक भएको थियो।

कठ्याङ्ग्रिँदो सतहमाथि उनी पनि जमिरहेको देखिन्छ।

तस्बिरमा उनी हावामा भएको दृश्य देखिन्छ।

चरम मौसम र ती पौडीबाजले पानीमा खेप्नुपर्ने असहजतालाई सो दृश्यले कैद गरेको छ।

बालकन्सको लिम ताल
तस्बिरको क्याप्शन, फोहोरले भरिएको बाल्कन्सको एउटा ताल

फोहोर ताल, सर्बिया, सन् २०२१

पश्चिम बाल्कन्सको प्राइबोजनजिकै रहेको लिम नदीमा एउटा ताल फोहोरको डुङ्गुरमा परिणत भएको पीडादायी अवस्था यो तस्बिरमा देखिन्छ।

फोहोर व्यवस्थापनसम्बन्धी कमजोर कदम, गैरकानुनी रूपमा फोहोर फ्याल्ने प्रवृत्ति र उक्त क्षेत्रमा आएको बाढीले फोहोरलाई एउटै ठाउँमा जम्मा गराएको थियो।

ट्रम्प
तस्बिरको क्याप्शन, तात्कालिक राष्ट्रपति ट्रम्पका समर्थकहरू अमेरिकी संसद् भवनमा प्रदर्शन गर्दै

क्यापिटल दङ्गा, अमेरिका, ज्यानुअरी २०२१

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू ज्यानुअरी ६ मा संसद् भवनभित्र प्रहरीसँग हिंसात्मक रूपमा भिडिरहेको दृश्यले विश्वलाई नै स्तब्ध बनाएको थियो।

ट्रम्प समर्थकहरूले राष्ट्रपति निर्वाचितमा जो बाइडनलाई प्रमाणीकरण गरिएकोमा विरोध जनाएका थिए।

उक्त तस्बिर खिचेका फोटोग्राफरभन्दा अघि रहेका आकृतिहरूले उपनिवेशकालमा अमेरिकामा रहेको ध्रुवीकरणबारे वर्णन गरेका सुन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ।

अक्सिजन
तस्बिरको क्याप्शन, यो वर्षको सर्वोत्कृष्ट वातावरण फोटोग्राफरको उपाधि जितेको तस्बिर

अक्सिजन बालक, केन्या, २०२१

गएको नोभेम्बरमा सन् २०२१ को पर्यावरणीय विधाका सर्वोत्कृष्ट तस्बिरहरूको घोषणा गरियो।

जलवायु गतिविधिसम्बन्धी तस्बिरमा एक बालकले अक्सिजन मास्क एउटा बेर्नामा जोडेर आफूले लगाएको देखिन्छ। यो तस्बिरले निकै चर्चा बटुलेको थियो।

नैरोबी केन्यामा खिचिएको उक्त तस्बिरले पर्यावरणीय क्षतिका सन्दर्भमा शक्तिशाली सन्देश प्रवाह गरेको देखिन्छ।

'अन्तिम सास' शीर्षक दिइएको उक्त तस्बिरले हाम्रो अनिश्चित भविष्य मात्र नभई विगतका कला र प्रभावशाली कामहरू समेत सम्झाएको ठानिन्छ।

फ्रान्स
तस्बिरको क्याप्शन, फ्रान्समा गरिएको आगो नियन्त्रणको अभ्यास

चित्रकला, फ्रान्स, अक्टोबर २०२१

फ्रान्सका अग्निनियन्त्रकहरूले सेन्ट एन्ड्री कथिड्रलमा अमूल्य सम्पदा जोगाउन गरेको अग्निनियन्त्रण अभ्यासका दौरान खिचिएको यो तस्बिर आफैँ एउटा कला जस्तो छ।

तस्बिरको केन्द्रमा रहेको मूल चित्रकलामा जीजस क्राइस्टलाई झुन्ड्याइएको दृश्य देखिन्छ।

रूखमुनि दुई बालबालिका
तस्बिरको क्याप्शन, एरिट्रियाली शरणार्थीहरू बस्ने ठाउँमा एउटा रूखमुनि उभिएका दुई बालबालिका

बालबालिका, इथियोपिया, जुलाई २०२१

जुन महिनामा पूर्वोत्तर इथियोपियास्थित एरिट्रियाली शरणार्थीहरूको एउटा सम्भावित शिविरमा बालबालिकाहरू रूखमुनि उभिएको तस्बिर खिचियो।

तुवाँलो लागेको बेला खिचिएको उक्त तस्बिरले मिथकीय सन्देश दिए जस्तो देखिन्छ।

नर्स भारत
तस्बिरको क्याप्शन, दुर्गाको झल्को दिने प्रयासमा खोप समाएर उभिएका स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मी, भारत, अक्टोबर २०२१

भारतले एक अर्ब खोपको मात्रा दिएको अवसर पारेर बेङ्गलोरस्थित एउटा अस्पतालका चार स्वास्थ्यकर्मीले हिन्दूहरूले शक्तिकी देवी भनेर पुज्ने दुर्गाका रूपमा आफूलाई प्रस्तुत गर्दै तस्बिर खिचाएका थिए।

प्रत्येक हातमा हतियार राखेर आफ्ना शत्रुलाई पराजित गर्ने उनको शक्तिलाई उक्त तस्बिरमा देखाइएको थियो।

महामारीको समयमा दुर्गालाई प्रस्तुत गरिएको यो पहिलो अवसर भने होइन।

सन् २०२० को अक्टोबरमा एक भारतीय कलाकारले फ्यालिएका सुईका भायल र म्याद सकिएका चक्कीको सहायताले दुर्गाको छ फुट अग्लो मूर्ति बनाएका थिए जुन सामाजिक सञ्जालमा चर्चित बनेको थियो।