साताका तस्बिरः काबुल छोड्ने अन्तिम अमेरिकी सैनिकदेखि डाइनसोरको खप्परसम्म

Published

गत साता संसारभरि भएका केही विभिन्न महत्त्वपूर्ण घटनासँग सम्बन्धित तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिक
तस्बिरको क्याप्शन, अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिकः काबुलबाट अमेरिकी फर्किन लागेको एउटा सैन्य विमानमा चढ्न जान लाग्दै मेजर जेनरल क्रिस डोनह्यू। अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षे सैन्य अभियान अन्त्य गर्दै आफ्नो सेना फिर्ता गरेको हो
Transparent line
अमेरिकी सेना स्वदेश फर्किएपछि काबुल विमानस्थलमा अफगान वायुसेनाको एउटा विमानभित्र तालिबान लडाकुहरू
तस्बिरको क्याप्शन, अमेरिकी सेना स्वदेश फर्किएपछि काबुल विमानस्थलमा अफगान वायुसेनाको एउटा विमानभित्र तालिबान लडाकुहरू
Transparent line
बेहुलीको भेषमा लन्डनमा विरोध प्रदर्शन
तस्बिरको क्याप्शन, बेहुलीको भेषमा विरोधः लन्डनमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धित विरोधप्रदर्शनमा सहभागी एक महिला प्रहरीको भ्यानमा
Transparent line
Transparent line
ब्रूक्लीनमा बाढी
तस्बिरको क्याप्शन, समुद्री आँधी आइडाका कारण अमेरिकाको ठूलो वर्षा भएपछि न्यूयोर्क बाढीबाट प्रभावित भयो। अमेरिकाको पूर्वी भागमा उक्त समुद्रीको प्रकोपमा धनजनको क्षति भएको छ
Transparent line
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट खिचिएको समुद्री आँधी आईडाको तस्बिर
तस्बिरको क्याप्शन, अन्तरिक्षबाट समुद्री आँधी आइडा यस्तो देखियो। अगस्ट २९ मा युरोपेली अन्तरिक्षयात्री टमस पेस्क्वेस्टले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट यो तस्बिर खिचेका हुन्
Transparent line
Transparent line
नेपालको मनाङ जिल्लाको चामे गाउँपालिकामा कोतोमा रहेको झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस भएपछि स्थानीयवासीहरू नारफू र सदरमुकाम आवतजाव गर्न यही भत्किएको पुल प्रयोग गर्न बाध्य छन्
तस्बिरको क्याप्शन, नेपालको मनाङ जिल्लाको चामे गाउँपालिकामा कोतोमा रहेको झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस भएपछि स्थानीयवासीहरू नारफू र सदरमुकाम आवतजाव गर्न यही भत्किएको पुल प्रयोग गर्न बाध्य छन्
Transparent line
क्यालिफोर्नियामा डढेलो
तस्बिरको क्याप्शन, क्यालिफोर्नियाको ट्विन ब्रिजेजमा सीएरा-एट-टाहो डढेलोको प्रकोपमा परेको छ। अहिले क्यालिफोर्नियाको ठूलो क्षेत्रमा डढेलो फैलिएकाले ३,५०० जनाभन्दा बढी अग्निनियन्त्रकलाई डढेलो निभाउन परिचालित गरिएको छ
Transparent line
अमेरिकाका म्याट स्ट्ट्जम्यान टोक्यो पारालिम्पिक गेममा आर्चरीमा सहभागी हुँदै
तस्बिरको क्याप्शन, अमेरिकाका म्याट स्ट्ट्जम्यान टोक्यो पारालिम्पिक गेममा आर्चरी खेलमा सहभागी हुँदै। उनका दुवै हात छैनन्
Transparent line
चीनको बेइजिङमा सङ्कलन गरिएका ई-बाइक र स्कूटरहरू आफ्नो तीनपाङ्ग्रे गाडीमा मिलाएर राख्दै
तस्बिरको क्याप्शन, चीनको बेइजिङमा सङ्कलन गरिएका ई-बाइक र स्कूटरहरू रिसाइकल गर्न लैजान आफ्नो तीनपाङ्ग्रे गाडीमा मिलाएर राख्दै एक व्यक्ति
Transparent line
सेनगलमा केराको पात च्यातेर गुँड बनाउन लैजान खोज्दै एउटा चरो
तस्बिरको क्याप्शन, सेनगलको ट्येसमा केराको पात च्यातेर गुँड बनाउन लैजान खोज्दै एउटा चरो
Transparent line
प्यारिसस्थित एउटा सङ्ग्रहालयमा ट्राइसेराटप्सको खप्पर सार्दै कर्मचारीहरू
तस्बिरको क्याप्शन, एउटा निजी सङ्ग्रहालयभित्र झन्डै ६.६ करोड वर्ष पुरानो ट्राइसेराटप्स प्रजातिको एउटा डाइनसोरको खप्पर लग्दै कर्मचारीहरू। त्यहाँ उक्त भीमकाय प्राचीन जीवको पूरै अस्थि प्रदर्शन र लिलाम गर्न लागिएको छ। खप्परमा लागेको चोटले उक्त जीवको अर्को सानो ट्राइसेराटप्ससँग लडाइँ भएको सङ्केत गर्छ।
Transparent line

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित छ