चीनतर्फ भएको विध्वंसका फुटेज सार्वजनिक

आपत्कालीन कार्य गर्ने समूहले हिलो माटो र दलदलमा कोही छन् कि भनेर खोजिरहेका छन्

तस्बिर स्रोत, CCTV

तस्बिरको क्याप्शन, आपत्कालीन कार्य गर्ने समूहले हिलो माटो र दलदलमा कोही छन् कि भनेर खोजिरहेका छन्
Published
पढ्ने समय: २ मिनेट

तिब्बततिर भएको विध्वंसका फुटेजहरू चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यममा सार्वजनिक गरिएका छन्। उद्धारकर्ताहरू हिलो र चट्टानी भूभागमा "कोही छ?" भन्दै हिँडिरहेका छन्।

उनीहरू पहाडी क्षेत्रमा पैदल यात्रा गर्दै बढेका नदीहरू तर्दै शुक्रवार दिउँसो प्रभावित क्षेत्र गाइरङ पोर्ट पुगेका थिए।

"त्यहाँ विध्वंस देखियो, " ल्हासाका अग्नि तथा उद्धार टीमका सदस्य झाउ मिङ्ग्कीले राज्य नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीलाई बताए।

"पुरानो सीमामा रहेको गेटको क्षेत्र दलदले माटोले पुरेको थियो। त्यहाँ टेक्दा खुट्टा गाडिन्थ्यो।"

नेपालमा रसुवागढी नाकामा रहेको केरुङ (चीनमा गिरोङ पोर्ट) नेपाल र तिब्बत आउजाउ गर्ने पर्यटक र स्थानीय बासिन्दाबीचको प्रमुख चेकपोइन्ट हो।

भूउपग्रहबाट प्राप्त तस्बिरहरूले त्यो क्षेत्र पूर्ण रूपमा ध्वस्त भएको देखाउँछन्।

तिब्बततिर कम्तीमा ५५४ जना हराइरहेका छन् र ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

विनाशकारी बाढीले ध्वस्त बनाउने बेलाको तस्बिर

तस्बिर स्रोत, Reuters

 तिब्बततर्फ पनि खोजीकार्य जारी छ

तस्बिर स्रोत, CCTV

तस्बिरको क्याप्शन, तिब्बततर्फ पनि खोजी कार्य जारी रहेको छ
विध्वंसको केन्द्रबिन्दु पुग्न उद्धारकर्ताहरूले उच्च पहाडी क्षेत्रमा पैदल हिँडिरहेको समूहको तस्बिर

तस्बिर स्रोत, CCTV

तस्बिरको क्याप्शन, विध्वंसको केन्द्रबिन्दु पुग्न उद्धारकर्ताहरूले उच्च पहाडी क्षेत्रमा पैदल हिँडिरहेको समूहको तस्बिर
 तिब्बततर्फ खोजी तथा उद्धारकार्यमा खटेका व्यक्तिहरू

तस्बिर स्रोत, CCTV

तस्बिरको क्याप्शन, तिब्बततर्फ खोजी तथा उद्धारकार्यमा खटेका व्यक्तिहरू

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।