दाता सम्मेलनबारे 'प्रारम्भिक तयारी सुरु' - परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले पुनर्निर्माणका लागि सहायता जुटाउने विषयमा सोधिएको प्रश्नमा विपद्पछिको आवश्यकता आकलन तयार पार्ने काम "सक्दो छिटो" गरिने बताए।
दाता सम्मेलन गर्नेबारे "प्रारम्भिक तयारी सुरु भएको" बताउँदै सरकारको ध्यान अझै "सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको" मन्त्री खनालले बताए।
उनले यी कामबारे अहिल्यै कुनै समय सीमा बताउन सकिने अवस्था नरहेको बताए।

















