तीनवर्षे बालक लरीमा झुन्डिएर घरभन्दा १० किमि टाढा पुगे

तीनवर्षे बालक लरीमा झुन्डिएर घरभन्दा १० किमि टाढा पुगे
Published

थाईल्यान्डको साकोन नाकोन प्रान्तमा एक तीनवर्षे बालक लरीमा झुन्डिएर घरभन्दा १० किमि टाढा पुगेका छन्।

पछाडि बालक झुन्डिएको लरी देखेपछि स्थानीय प्रहरीले त्यसलाई रोकेका थिए।

यो दृश्य अहिले थाईल्यान्डलगायतका देशमा 'भाइरल' भएको छ।

ती बालक अलमलिएर आमाबाट टाढा पुगेको अनि सानो लरीमाथि चढेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

पछि उनलाई आमाबुवाकै साथमा पुर्‍याइयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।