मिस्टर गक्स: क्रिप्टोकरेन्सी-व्यापार गर्ने ह्याम्स्टरको मृत्यु

गक्स
तस्बिरको क्याप्शन, मिस्टर गक्सको मङ्गलवार मृत्यु भएको छ
Published
पढ्ने समय: २ मिनेट

क्रिप्टोकरेन्सी व्यवसायमा संलग्न ह्याम्सटर (मुसा प्रजातिको जनावर) मिस्टर गक्सको गत मङ्गलवार मृत्यु भएको छ।

विशेष रूपमा बनाइएको व्यापारिक खोरमार्फत क्रिप्टोकरेन्सी किन्ने र विक्री गर्नेबारे धेरैजसो मानव लगानीकर्ताभन्दा राम्रो निर्णय दिएर इन्टरनेटमा उक्त ह्याम्सटर लोकप्रिय भएको थियो।

भुवादार उसको औपचारिक ट्विटर अकाउन्टबाट मृत्यु भएको समाचारबारे सामाजिक सञ्जालमा रहेका उसका १८ हजार फलोअरलाई जानकारी दिइएको थियो।

उनका मालिकले बीबीसीलाई भनेका छन् "इन्टरनेट विषाक्त फोहोरको थुप्रो हुनुपर्छ भन्ने छैन भन्ने तिमीले प्रमाणित गरिदिएका छौ।"

''सबै माध्यमबाट आएका अनगिन्ती समवेदना सन्देशबाट हामी ओतप्रोत भएका छौँ। क्रिप्टो बाहेक यो योजनाबाट हामीले व्यक्तिगत रूपमा धेरै कुरा सिकेका छौँ। ''

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

ह्याम्सटरको आर्थिक करिअर र लोकप्रियता जर्मनीका दुई साथीहरूको प्रयोग मार्फत भएको हो जसले डिजिटल क्रिप्टोकरेन्सी उद्योगमा सफलताको अनियमितता प्रमाणित गर्न चाहन्थे।

गक्सको व्यवसाय गर्ने कार्यालय उसको साधारण खोरसँगै जोडिएको थियो। उसका गतिविधिलाई ट्वीच लाइभस्ट्रीम मार्फत हजारौँले हेर्ने गर्थे।

उसले इन्टेन्सन ह्वीलमा दौडेर कुन क्रिप्टोकरेन्सीको व्यापार गर्न खोजेको हो त्यो रोजेर किन्ने वा बेच्ने सुरुङमा पस्थ्यो।

हरेक पटक उ त्यो सुरुङबाट दौडिँदा उसको कार्यालयमा जडान गरिएको इलेक्ट्रोनिक्सले गक्सको इच्छा अनुसार व्यापार गर्ने गर्थ्यो।

यो सानो जनावरले उसको आर्थिक करिअर १२ जुन २०२१ मा शुरू गरेको थियो। उसले २२ नोभेम्बरका दिन अन्तिम व्यवसाय गरेको थियो।

त्यसमा उसको पोर्टफोलियो १९.७%ले बढेर करिब ९८ युरो फाइदा गरेको थियो।

हालै क्रिप्टो समाचार साइट प्रोटोसले गरेको गणना अनुसार ह्याम्सटरको पछिल्लो आर्थिक परिणामले वारेन बफेटको बर्कशायर हथवेलाई पनि जितेको थियो।

कहिले त गक्स हालसम्मको सबभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइनभन्दा पनि अगाडि पुगेको थियो।

गक्सले निर्णय गर्ने पाङ्ग्रा र क्रय विक्रय सुरुङ उसको गतिविधिको मुख्य केन्द्र थियो
तस्बिरको क्याप्शन, गक्सले निर्णय गर्ने पाङ्ग्रा र क्रय विक्रय सुरुङ उसको गतिविधिको मुख्य केन्द्र थियो

गक्स क्यापिटल वास्तविक लगानी गर्ने स्थान थिएन र गक्सका मानव पार्टनरहरूले हरेक ट्वीटमा ह्याम्सटरको निर्णयलाई लगानीका लागि सुझावका रूपमा नलिन भन्थे।

प्रोग्रामर र लेक्चररको जोडीले गक्सलाई आफ्नो योजनाको एउटा 'रमाइलो' पाटोको रूपमा लिन्थे।

सेप्टेम्बर महिनामा गक्सलाई अगाडि लगाउने यी अज्ञात दुइजनाले भनेका थिए, "हाम्रो पुस्ताका धेरैले क्रिप्टो बजारमा खासमा के भइरहेको छ भन्ने थाहै नभए पनि उनीहरूको बचतको ठूलो हिस्सा उतै लगाउने गरेको जस्तो देखिन्छ।"

उनीहरूले बीबीसीलाई भनेका थिए, "हामी मानवले भन्दा हाम्रो ह्याम्सटरले पो बरु राम्रो लगानी निर्णय गर्छ कि क्या हो भन्ने ठट्टा गर्ने गर्छौँ।"

धेरै माया पाएको ह्याम्सटरको मृत्युको घोषणा भएपछि संसारभरका मानिसले उसको क्रिप्टो समुदायमा भएको योगदानप्रति सम्मान व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

उत्तराधिकारीको योजना छैन

दुखमनाउ गरिरहेका गक्सका मालिकहरूले उनीहरूले अर्को घरपालुवा जनावर पाल्ने कि नपाल्ने भन्ने निर्णय नगरेको बताए।

"मानिसहरू गक्स क्यापिटलको व्यवसाय चलाइरहँदा गक्सको उत्तराधिकारी हुन्छ कि भनेर सोधिरहेका छन् तर हामीलाई त्यसबारे अहिले केही थाहा छैन।"

"धेरै दर्शकहरू हाम्रो प्यारो गक्सलाई मन पराउँथे।"

"उसको मृत्यु अपेक्षा गरेभन्दा कठिन भइरहेको छ। जब निर्णय गरिने छ परिवारको नयाँ सदस्य थपिएला। हामी त्यो योजना जारी राख्नेबारे सोचौँला । त्यतिन्जेल कुनै योजना छैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, न सिक्का न नोटः बिटकोइन के हो?