नेकपा विवाद: हडतालप्रति सामाजिक सञ्जालमा पोखिएको वितृष्णा र आक्रोश

वीरगञ्ज
तस्बिरको क्याप्शन, वीरगन्जमा बन्द गराउन खोज्ने एक जनालाई नियन्त्रणमा लिँदै प्रहरी
Published
पढ्ने समय: ३ मिनेट

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल समूहले बिहीवार देशव्यापी आम हडताल घोषणा गरेपछि त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

खासगरी नयाँ संविधान निर्माण र त्यसपछि स्थायित्वको नारा दिँदै सरकार गठन भएयता केही समयदेखि राजनीतिक दलहरूले बन्द हडताल गर्न छाडेका थिए।

तर बिहीवारको हड्तालसँगै अब यो क्रम फेरि शुरु हुने चिन्ता व्याप्त देखिन्छ।

'दलहरू चेतेनन्'

"जुन नोक्सानी हुनेवाला छ त्यसको मूल्यमा यस्तो खालको कुरा गर्नु बुद्धिमानीपूर्ण होला जस्तो लाग्दैन," बन्द हडतालको जथाभाबी प्रयोगप्रति असन्तुष्ट देखिएका विश्लेषक श्याम श्रेष्ठले बताए।

"तर दलहरूले त्यही किसिमको सङ्घर्ष बारम्बार अपनाइरहेको देखिन्छ, उनीहरू चेतिरहेको देखिँदैन।"

सुरक्षाकर्मी

सरकारले हठात् संवैधानिक निकायहरूमा नियुक्ति गरेको विरोधमा आम हडताल आयोजना गरिएको आयोजक समूहको भनाइ छ।

तर यस्ता हडतालले 'सरकारलाई केही फरक नपार्ने तर जनतालाई चोट पुग्ने' श्रेष्ठ ठान्छन्।

"योभन्दा धेरै ठुलो एउटा राष्ट्रिय हितका लागि भएदेखि यस्तो पनि गर्नुपर्ने कुरा हुन्छ। तर अहिले त्यस्तो त होइन," उनले भने।

सडक
तस्बिरको क्याप्शन, बन्दका कारण काठमाण्डूका सडकमा थोरैमात्रै सवारीसाधन देखिए

सञ्जालमा क्षोभ

बिहीवार आम हडताल गर्ने भनेर बुधवार घोषणा गरिएलगत्तै सामाजिक सञ्जालमा धेरै मानिसहरूले बन्दको विरोध गर्न थालेका हुन्।

धेरैले अब फेरि बन्द हडताल नियमित हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् भने कतिपयले यसले केवल गरिखाने वर्गलाई हानि हुने भन्दै सजग गराउन खोजेका छन्।

लेखक बुद्धिसागरले गएको एक वर्षमा कोरोनाभाइरस महामारीका कारण अस्तव्यस्त मानिसहरूलाई सम्झिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space
विराटनगर
तस्बिरको क्याप्शन, विराटनगरमा पनि यातायात बन्द रहेका छन्

राजनीतिक अभियानकर्मी सूर्यराज आचार्यले चाहिँ बन्द हडतालको आयोजनाको राजनीतिक तर्कप्रति नै व्यङ्ग्य कसेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

बन्द हडतालका क्रममा हुनसक्ने हिंसाले पनि धेरैलाई उद्धेलित बनाएको देखिन्छ।

बिहीवार बिहानै काठमाण्डूमा एउटा ट्याक्सीमा आगजनी भएका खबरहरू आएपछि राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले हिंसात्मक गतिविधिको भर्त्सना गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

मूत्रप्रणालीमा हुने क्यान्सरको शल्यक्रियामा विशेषज्ञता भएका चिकित्सक उमेश नेपालले विश्व क्यान्सर दिवसको प्रसङ्ग जोड्दै बिरामी बोक्ने एम्बुलेन्समा आक्रमण भएकोमा चर्को आक्रोश पोखेका छन्।

उनले तोडफोड गर्नेहरूलाई "दानव" को सङ्ज्ञा दिएका छन्।

चितवन
तस्बिरको क्याप्शन, हड्तालका कारण चितवनमा रोकिएका ट्रकहरू

अर्थतन्त्रको चिन्ता

बन्द हड्तालले महामारीबाट भर्खरै तङ्ग्रन खोजेको अर्थतन्त्रमा फेरि अर्को झट्का लाग्ने त्रास कैयौँले व्यक्त गरेका छन्।

आर्थिक मामिलाका जानकार पत्रकार गजेन्द्र बुढाथोकीले बन्दले अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पार्ने भन्दै त्यसको सधैँ आफूले विरोध गर्ने लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

अर्थतन्त्रका अर्का जानकार सुजिव शाक्यले ट्वीटरमा "धनी राजनीतिज्ञहरूको देशमा एक दिनको हड्तालले उनीहरूलाई प्रभाव पार्दैन। तर त्यसले महामारीको नोक्सानी बेहोरिरहेका मानिसहरूलाई थप एक दिनको हानि पुग्छ" भनेर लेखेका छन्।

उनले एक दिनको बन्दले अर्बौँ रुपैयाँ नोक्सानी हुने पनि उल्लेख गरेका छन्।

बन्द आह्वान गर्ने समूहका एकजना नेता विष्णु रिजालले चाहिँ हड्ताल गर्नु आफ्नो बाध्यता भएको उल्लेख गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space
जुम्ला
तस्बिरको क्याप्शन, जुम्लामा यातायात नचलेपछि मानिसहरू हिँडेरै यात्रा गर्न बाध्य भएका छन्

विगतमा बन्द हडतालको विरोध गर्ने कतिपय नेताहरू नै अहिले बन्द आयोजकको कित्तामा पुगेको प्रति पनि कतिपयले प्रश्न उठाएका छन्।

टिप्पणीकार केदार शर्माले ट्विटरमा त्यस्तै प्रतिक्रिया लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

बन्दका कारण बिहीवार बिहानैदेखि राजधानी काठमाण्डू लगायत देशका विभिन्न ठाउँमा आयोजकहरूले धर्ना तथा विरोध प्रदर्शनपनि गरिरहेका छन्।

यातायात, शिक्षा, उद्योगधन्दा, कलकारखाना तथा व्यापारव्यवसायमा बन्द हडतालले प्रभाव पारेको छ।