नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

विश्व खाद्य कार्यक्रम
तस्बिरको क्याप्शन, विश्व खाद्य कार्यक्रमका अनुसार उसले प्रत्येक वर्ष विश्भरि ९.७ करोड मानिसलाई सघाउने गरेको छ
Published
पढ्ने समय: १ मिनेट

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ।

भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ।

उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ।

नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले "भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग" गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो।

यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ।

गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए।