प्राचीन इजिप्टः २५ सय वर्षअघि गाडिएका रङ्गीविरङ्गी शवपेटिकाहरूको उत्खनन

केही साताअघि १३ वटा शवपेटिका भेटिएका थिए भने अहिले थप १४ वटा फेला परेका छन्
तस्बिरको क्याप्शन, केही साताअघि १३ वटा शवपेटिका भेटिएका थिए भने अहिले थप १४ वटा फेला परेका छन्
Published

इजिप्टमा कम्तीमा २,५०० वर्षअघि गाडिएका २७ वटा शवपेटिकाहरू एउटा प्राचीन समाधिस्थलमा फेला परेका छन्।

काठबाट निर्मित ती शवपेटिकाहरू राजधानी कायरोको दक्षिणतिर अवस्थित पवित्र स्थल साक्कारामा पुरातत्त्वविद्हरूले एउटा गहिरो खाल्डोबाट उत्खनन गरेर निकालेका हुन्।

त्यहाँ तेह्रवटा पेटिका केही साताअघि फेला परेका थिए भने अहिले थप १४ वटा भेटिएको अधिकारीहरूले बताए।

यो यस किसिमको सबैभन्दा ठूलो उपलब्धि भएको विज्ञहरूको भनाइ छ।

सार्वजनिक गरिएका तस्बिरमा साना वस्तु र काठका रङ्गीन शवपेटिकाहरू देख्न सकिन्छ।

साक्कारा ३,००० वर्षभन्दा लामो समय समाधिस्थलका रुपमा रहेको थियो। अहिले त्यसलाई यूनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ।

शवपेटिकाहरू सुरक्षित देखिन्छन्
तस्बिरको क्याप्शन, शवपेटिकाहरू सुरक्षित देखिन्छन्

प्रारम्भिक अध्ययनहरूले ती शवपेटिका पूर्णतः बन्द रहेको र तिनलाई गाडिएपछि अहिलेसम्म नखोलिएको सङ्केत गरेका छन्," इजिप्टको पुरातात्त्विक मामिला हेर्ने मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ।

"धेरै रहस्य"

विज्ञप्तिका अनुसार पुरातत्त्वमन्त्री खालेद अल आनानी उक्त स्थानमा गएपछि मात्र यसबारे घोषणा गरिएको हो।

उनले ११ मिटर गहिरो खाल्डोमा अप्ठ्यारो परिस्थितिमा उत्खनन गर्ने कर्मचारीहरूलाई धन्यवाद दिएका थिए।

११ मिटर गहिरो खाल्डोमा छिर्न कामदारहरूलाई निकै गाह्रो भएको थियो
तस्बिरको क्याप्शन, ११ मिटर गहिरो खाल्डोमा छिर्न कामदारहरूलाई निकै गाह्रो भएको थियो
1px transparent line

उक्त स्थानमा थप उत्खनन भइरहेको छ।

विज्ञहरूले शवपेटिकाबारे अरू विवरण सङ्कलन गर्ने प्रयास गरिरहेका छन्।

यी शवपेटिकाहरू अहिलेसम्म नखोलिएको विज्ञहरूले बताएका छन्
तस्बिरको क्याप्शन, यी शवपेटिकाहरू अहिलेसम्म नखोलिएको विज्ञहरूले बताएका छन्

मन्त्रालयले आगामी दिनमा थप रहस्यहरू सार्वजनिक गर्ने आफ्नो अपेक्षा भएको बताएको छ।

शवपेटिका
तस्बिरको क्याप्शन, केही शवपेटिकामा आकर्षक बुट्टाहरू छन्
1px transparent line

काठका ती पेटिकाछेउछाउ अरू सुन्दर वस्तुहरू पनि फेला परेका छन्।

line
line
उक्त स्थानमा साना वस्तुहरू पनि फेला परेका छन्
तस्बिरको क्याप्शन, उक्त स्थानमा साना वस्तुहरू पनि फेला परेका छन्
1px transparent line

गत नोभेम्बर महिनामा दुई वर्षअघि साक्कारामा भेटिएका विभिन्न पशुपक्षीका ममीहरू सार्वजनिक प्रदर्शनमा राखिएको थियो।

तिनमा बिराला, गोही, सर्प र चराहरूका परिरक्षित शरीर थिए।

साक्कारा कायरोबाट ३० किलोमिटर पर छ।

प्राचीन इजिप्टको राजधानी मेम्फिसका बासिन्दाले उक्त स्थानलाई सयौँ वर्ष मृतकलाई समाधिस्थ गर्न प्रयोग गरेका थिए।