प्राचीन इजिप्ट: मरुभूमिमा रहेको एउटा सुन्दर समाधिस्थलमा मुसा, बिराला र बाजको पनि ममी

The inside of the tomb with colourful paintings surrounding it on the outside.
Published

इजिप्टको सोहाग नगरनजिकै भेटिएको एउटा प्राचीन समाधिस्थलमा मुसा, बिराला र चराहरूको परिरक्षित शरीर अर्थात् ममी एवम् अन्य पुरातात्त्विक वस्तुहरू फेला परेका छन्।

मानिसका दुईवटा ममीवरिपरि मुसा र अन्य दुई जीवका ममी भेटियो।

ती मानिसलाई समाधिस्थ गरिएको कक्षमा शवयात्रा गर्दाको चित्र विस्तृत रूपमा कोरिएको र अरू मानिसहरू खेतमा काम गर्दै गरेको देखिन्छ।

विज्ञहरूका अनुसार सो समाधिस्थल दुई हजार वर्षभन्दा पुरानो हो। टुटु नाम गरेका वरिष्ठ भारदार र उनकी पत्नीलाई त्यहाँ समाधिस्थ गरिएको उनीहरूको विश्वास छ।

तस्करहरूले पुरातात्त्विक वस्तुहरू उत्खनन गरेको थाहा पाएपछि सो स्थान गत अक्टोबरमा पत्ता लागेको थियो।

इजिप्टको पुरातत्त्व मन्त्रालयले सो स्थान पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरेको छ।

मरुभूमिमा रहेको सोहाग नगर नाइल नजिकै छ र राजधानी कायरोबाट ३९० किलोमिटर दक्षिणमा पर्छ।

भित्तेचित्र र साङ्केतिक चित्रहरूमा टुटु र उनका कर्मचारीहरूलाई देख्न सकिन्छ
तस्बिरको क्याप्शन, भित्तेचित्र र साङ्केतिक चित्रहरूमा टुटु र उनका कर्मचारीहरूलाई देख्न सकिन्छ

इजिप्टको पुरातत्त्व परिषद्का महासचिव मोस्तफा वाजिरीले सो समाधिस्थललाई "सुन्दर र रङ्गीन एवम् अहिले सम्म सो क्षेत्रमा पत्ता लागेकामध्ये एउटा उत्साहप्रद स्थान" भनेका छन्।

सन् २०११ मा विद्रोह भएपछि देशमा व्याप्त राजनीतिक अस्थिरता र असुरक्षाका कारण इजिप्टको पर्यटन उद्योग नराम्ररी प्रभावित भएको छ।

यो समाधिस्थलले पर्यटकहरू बढ्ने आशा सरकारले गरेको छ।

मोस्तफा वाजिरी

टोलमी युगको भन्ठानिएका एउटी महिला र एउटा बालकको ममीलाई पनि सो समाधिस्थलबाहिर प्रदर्शन गर्न राखिएको छ।

मृत्यु हुँदा ती महिला ३५ देखि ५० वर्षकी र बालक १२ देखि १४ वर्षको विश्वास गरिन्छ।

आमा र छोराको ममी
महिला र बालकको ममीमा उनीहरूले आफ्नो एउटा हात छातीमा राखेको देखिन्छ
तस्बिरको क्याप्शन, महिला र बालकको ममीमा उनीहरूले आफ्नो एउटा हात छातीमा राखेको देखिन्छ

सो स्थानमा मुसा, बिराला र चराहरूका कम्तीमा ५० वटा ममी भेटिएको थियो।

टुटुको समाधिस्थलमा भेटिएका मुसा र बाजहरूका ममी
तस्बिरको क्याप्शन, टुटुको समाधिस्थलमा भेटिएका मुसा र बाजहरूका ममी

यहाँ एक पुरातत्त्वविद् बाजको ममीको परीक्षण गर्दैछन्।

बाजको ममी

सो समाधिस्थलमा भेटिएका मूल्यवान् वस्तुहरूमा चित्रकलाका टुक्रा र रङ्गीन मुखुन्डोहरू पनि छन्।

रङ्गीन मुखुन्डो

पुरातत्त्व मन्त्रालयले इजिप्टको प्राचीन सम्यता र पुरातात्त्विक वस्तुबारे संसारको ध्यानाकृष्ट गर्न भर्खरै पत्ता लागेको यो प्राचीन समाधिस्थलबारे जानकारी दिएको बताएको छ।

समाधिस्थलको भित्ता

समाधिस्थलको भित्तामा यस्तो देखिन्छ।

The inside of the tomb with colourful paintings surrounding it on the outside.

यो समाधिस्थल एप्रिल ५ देखि सर्वसाधारणका लागि खोलियो।

बाजहरूको ममी

सवै तस्बिरको प्रतिलिपिअधिकार सुरक्षित