कोरोना भाइरस: इटलीलाई उछिन्दै मृत्युको सङ्ख्या अमेरिकामा विश्वकै उच्च

पीपीइ
तस्बिरको क्याप्शन, अमेरिकाभर अहिले ५,२०,००० जना कोभिड-१९ बाट सङ्क्रमित बनेका छन्
Published

कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ।

अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो।

जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

अवस्था

कोभिड-१९ का कारण एकैदिनमा दुई हजारभन्दा धेरैले ज्यान गुमाउने पहिलो देशको रूपमा अमेरिका देखा परेको केहीबेरमै धेरैलाई चिन्तित पार्ने यस्तो तथ्याङ्क बाहिर आएको हो।

न्यू योर्कका गभर्नर एन्ड्र्यू कोउमोले शनिवार आफ्नो राज्यमा मृत्युको सङ्ख्या स्थिरतातर्फ गइरहेको देखिएको बताएका थिए।

पछिल्लो २४ घण्टामा ज्यान गुमाएका ७८३ जनाको मृत्युलाई देखाउँदै उनले पछिल्ला केही दिनदेखि मृत्यु त्यही सङ्ख्याको आसपासमा रहेको जनाएका थिए।

न्यू योर्क
तस्बिरको क्याप्शन, विशेषज्ञका अनुसार केन्द्रविन्दुको रूपमा रहेको न्यू योर्कमा सङ्क्रमण कम हुन थालेको छ

गभर्नर कोउमोले भने: “यी क्षति र पीडा चित्रण गर्ने अपत्यारिला सङ्ख्या हुन्।”

केन्द्रविन्दु न्यू योर्क

अमेरिकामा यस महामारीको केन्द्रविन्दु न्यू योर्क राज्य बनेको छ।

अमेरिकाभर ५ लाख २० हजारभन्दा बढि सङ्क्रमित रहेकामा १ लाख ८० हजारभन्दा बढि न्यू योर्क राज्यमा छन्।

न्यू योर्क
तस्बिरको क्याप्शन, ट्र्याक्टर ट्रेलरलाई न्यूनतम तापक्रममा राखेर अस्थायी शवगृह बनाइएको छ

शनिवारसम्म यस महामारीसँग जुझ्नका लागि सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लागु गरेको सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई एप्रिल ३० सम्म तोकिएका छन्।

दबाब

म्यानहटन
तस्बिरको क्याप्शन, म्यानहटनमा सर्वसाधारणले स्वास्थ्यकर्मीका लागि ताली बजाउँदै

महामारीकैबीच पछिल्ला सातामा अमेरिकाको बिग्रँदो अर्थतन्त्रका कारण जागिर गुमाउने कम्तीमा एक करोड ६० मानिसहरूको दबाब खेपिरहेका छन्।

ट्रम्पले शुक्रवार भने अवस्था सामान्यिकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूचि सहितको 'आफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णय' लिने बताएका थिए।

अमेरिकी संसद् कङ्ग्रेसमा कोभिड-१९ सँग जुझ्ने अर्को तहको आर्थिक राहतबारे बहस भइरहँदा ट्रम्पको त्यस्तो भनाइ आएको हो।

डेमोक्र्याटहरूले नयाँ प्रस्तावित २५० अर्ब डलरको राहत कार्यक्रमले साना व्यवसायहरूलाई सहयोग गर्नुका साथै अस्पतालहरू र स्थानीय सरकारलाई थप आर्थिक सहायता दिनुपर्ने बताउँदै आएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर