नेपाल क्रिकेट: कप्तान पदबाट पारस खड्काको राजीनामा, क्रिकेट खेलिरहने इच्छा

पारस खड्का
Published
पढ्ने समय: २ मिनेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काले आफ्नो निर्णय एक्कासि नभएको बताएका छन्।

मङ्गलवार सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले १० वर्ष कप्तानी गरिसकेको र "विगतको समयमा जसरी क्रिकेट अगाडि बढिरहेको छ" त्यो हेरेर आफूले राजीनामाको निर्णय गरेको बताएका छन्।

उनले भने: "मलाई जहिले पनि उच्च स्थानमा हुँदा नै छोड्न मन थियो... मलाई लाग्यो नयाँ नेतृत्व आएको बेला यो सही समय हो।"

तर उनले अझै क्रिकेट भने खेल्न चाहेको बताएका छन्।

"क्रिकेट छोडिहाल्ने होइन, म खेलाडीको रूपमा अझै योगदान गर्न सक्छु।"

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) को निलम्बन फुकुवा गर्दै ससर्त सदस्यता दिने निर्णय गरेको भोलिपल्ट खड्काले कप्तान पद छोड्ने धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै ३२ वर्षीय खड्काले क्यानको नयाँ कार्यसमिति, खेलाडी र अन्य साझेदारले नेपाली क्रिकेटमा राम्रो गरून् भन्ने कामना गरेका छन्।

उनले नेपाली क्रिकेटमा 'सबै कुरा नयाँ सुरु हुनुपर्ने' बताउँदै कप्तानी छोड्ने समय भएको बताएका छन्।

क्यानलाई 'थाहा छैन'

पारस खड्काले पत्रकारहरूसँग कुरा गर्नुअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खड्काको राजीनामाबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए।

"आधिकारिक रूपमा हामीकहाँ राजीनामा आएको छैन," उनले बीबीसीसँग भनेका थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

"कुनै पनि टोलीमा कप्तानले राजीनामा गर्ने वा नयाँ नेतृत्व चयन हुने कुरा नौलो भने होइन।"

आधिकारिक रूपमा क्यानलाई जानकारी गराइएको खण्डमा के गर्नु हुन्छ भन्ने बीबीसी न्यूज नेपालीको प्रश्नमा उनले भने, "त्यसबारे निर्णय हामी पदाधिकारीहरूको बैठक बसेर गर्नेछौँ।"

खड्काको क्रिकेट यात्रा

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए।

पारस खड्काले नेपालको तर्फबाट छवटा एकदिवसीय अन्तर्राष्ट्रिय एवम् २७ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

उनले नेपालको राष्ट्रिय टोलीबाट ४० वटा अन्य एकदिवसीय खेल र ५० वटा टी-२० खेल खेलेका छन्।

उनले नेपालको यू-१५ र यू-१७ टोलीहरूमा खेल्नुको साथै तीन पटक यू-१९ विश्वकप खेलेका छन्।

पारस खड्का

अबको बाटो

गत वर्ष बीबीसीसँग कुरा गर्दै खड्काले आफ्नो सक्रिय खेल जीवनपछि क्रिकेट प्रशासनको नेतृत्व तहमा र परिस्थितिले साथ दिएमा राजनीतिमा पनि जान सक्ने बताएका थिए।

नेपालको क्रिकेट प्रशासन चर्को राजनीतिबाट प्रभावित भएर आईसीसीबाट प्रतिबन्धित भएको बेलामा पनि खड्काको नेतृत्वमा राष्ट्रिय टोली कायम थियो।

उनी मैदानभित्र कप्तान भएकै बेला मैदानबाहिर राष्ट्रिय टोलीका एक छनोटकर्ता थिए।

क्यान निलम्बित भएको समयमा उनले आईसीसीसँग पत्राचार गर्ने समन्वयकर्ताको भूमिका निर्वाह गरेका थिए।

"पहिले म मेचीदेखि महाकालीसम्म पुगेर त्यहाँको वातावरण क्रिकेटमय बनाउन चाहन्छु। अभिभावकहरूले छोराछोरीलाई 'क्रिकेटर बन' भन्ने अवस्था आओस् भन्ने मेरो इच्छा हो," गत वर्ष उनले बीबीसीलाई भनेका थिए।

"त्यो सब गरिसकेपछि परिस्थितिले दिन्छ भने ह्वाई नट पोलिटिक्स?"

राजीनामा पछिको प्रतिक्रिया

खड्काले राजीनामा दिएको घोषणा गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएको छ।

एक प्रयोगकर्ताले यो दु:खद खबर भएको र उनीजस्तो कप्तान पाउन गाह्रो भएको लेखेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

खड्काको राजीनामाले अरू खेलाडीलाई जिम्मेवार बनाउने टिप्पणी अर्का ट्विटर प्रयोगकर्ताले गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पारस खड्कासँग कुराकानी