तस्बिरमा युरोपको प्रचण्ड गर्मी

गर्मीका कारण आइफल टावरको अगाडि रहेका पानीका फोहराहरू पर्यटक र स्थानीयका लागि प्रिय बनेका छन्
तस्बिरको क्याप्शन, गर्मीका कारण आईफल टावरको अगाडि रहेका पानीका फोहराहरू पर्यटक र स्थानीयका लागि प्रिय बनेका छन्
Published

युरोपभरि मानिसहरू बढ्दो तापक्रमबाट बच्न आफूलाई चिसो राख्ने प्रयत्नमा छन्।

साहारा मरुभूमिबाट आएको तातो हावाका कारण बढेको गर्मीले विद्यालयको परीक्षा स्थगित गरिएको छ।

विज्ञहरूका अनुसार फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र बेल्जियमले सबैभन्दा गर्मी जून महिना अनुभव गर्न सक्नेछन् भने तापक्रम अझ बढ्ने देखिएको छ।

स्पेनमा शुक्रवारको तापक्रम ४५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने फ्रान्स र स्विट्जरल्यान्डमा बिहीवार ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ।

रोममा छाता घामबाट बच्ने लोकप्रिय साधन बनेको छ
तस्बिरको क्याप्शन, रोममा छाता घामबाट बच्ने लोकप्रिय साधन बनेको छ
फ्रान्सको नीस शहरमा सोमवारको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो
तस्बिरको क्याप्शन, फ्रान्सको नीस सहरमा सोमवारको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो
स्वीट्जरल्याण्डमा युवाहरूले जेनेभा तालको चिसो पानीको मज्जा लिएका छन्
तस्बिरको क्याप्शन, स्विट्जरल्यान्डमा युवाहरूले जिनेभा तालको चिसो पानीको मज्जा लिएका छन्
डेनमार्कको कोपेनहेगनमा बालकहरूले पानीमा रमाइलो गरेका छन्
तस्बिरको क्याप्शन, डेनमार्कको कोपेनहेगनमा बालकहरूले पानीमा रमाइलो गरेका छन्
फ्रान्सका बालकहरूले पनि पानीमा रमाउने मौका पाएका छन्
तस्बिरको क्याप्शन, फ्रान्सका बालकहरूले पनि पानीमा रमाउने मौका पाएका छन्
स्पेनको राजधानी मड्रिडमा भने बालहरूले पानीको फोहरामै चित्त बुझाएका छन्
तस्बिरको क्याप्शन, स्पेनको राजधानी मड्रिडमा भने बालबालिकाले पानीको फोहरामै चित्त बुझाएका छन्
जर्मनीको बर्लिनमा रहेको चिडियाखानामा हात्तीलाई गर्मीबाट बचाउन नुहाइदिने गरिएको छ
तस्बिरको क्याप्शन, जर्मनीको बर्लिनमा रहेको चिडियाखानामा हात्तीलाई गर्मीबाट बचाउन नुहाइदिने गरिएको छ
अस्ट्रियामा मानिसहरूसँगै नौका विहार गर्ने अवसर एउटा बिरुवाले पनि पाएको छ
तस्बिरको क्याप्शन, अस्ट्रियामा मानिसहरूसँगै नौका विहार गर्ने अवसर एउटा बिरुवाले पनि पाएको छ
लण्डनमा भने मौसम त्यति गर्मी भएको छैन
तस्बिरको क्याप्शन, लन्डनमा भने मौसम त्यति गर्मी भएको छैन
फ्रान्सको चिडियाखानामा जनावरहरूलाई हिउँका टुक्रा दिइएको छ
तस्बिरको क्याप्शन, फ्रान्सको चिडियाखानामा जनावरहरूलाई बरफका टुक्रा दिइएको छ
बर्लिनमा पानीको फोहरामा भिड लागेको छ
तस्बिरको क्याप्शन, बर्लिनमा पानीको फोहरामा भिड लागेको छ
स्पेनको बढ्दो तापक्रमबाट राहत पाउन थुप्रै मानिसहरू समुन्द्र किनारमा जम्मा हुन थालेका छन्
तस्बिरको क्याप्शन, स्पेनको बढ्दो तापक्रमबाट राहत पाउन थुप्रै मानिसहरू समुद्र किनारमा जम्मा हुन थालेका छन्

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।