किएभको महत्त्वपूर्ण पुलमा रुसी ड्रोन हमला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
किएभको महत्त्वपूर्ण पुलमा रुसी ड्रोन हमला
Published

किएभको एउटा महत्त्वपूर्ण पुलमा लगातार दोस्रो दिन रुसले ड्रोन आक्रमण गरेको छ।

रुसी सेनाले युक्रेनको राजधानीस्थित पुलहरूमाथि हमला बढाउँदै लगेको छ।

तर रुसी हमलाका कारण क्षति पुगे पनि उक्त पुल पूरै भत्किएको छैन। 'नोर्दर्न ब्रिज' द्नीप्रो नदीमाथि निर्मित आठवटा महत्त्वपूर्ण पुलहरूमध्ये पर्छ। यी पुलहरूबाट दैनिक पाँच लाख जति गाडी आउजाउ गर्छन्।

केही दिनअघि रुसले 'सदर्भ पुल'मा पनि पटकपटक आक्रमण गरेको थियो।

जर्मन चान्स्लर फ्रीड्रिख मेर्ट्स अप्रत्याशित रूपमा किएभ भ्रमणमा गएकै बेला यो हमला भएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।