भारत निर्वाचन: भाजपाको र्‍यालीमा भएको सन्दिग्ध माओवादी आक्रमणमा विधायक सहित पाँचको मृत्यु

क्षतिग्रस्त गाडी
Published
पढ्ने समय: २ मिनेट

भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्।

छत्तीसगढका डीआईजी पी सुंदरराजले पत्रकारहरूलाई बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्।

भीमा मंडावी
तस्बिरको क्याप्शन, भीमा मंडावी

एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुनाव प्रचारका लागि पुगेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

त्यहाँको दन्तेवाडा-सुकमा सडकमा भएको हमलामा र्‍यालीमा रहेको बुलेटप्रुफ गाडीमा ठूलो क्षति पुगेको देखिएको त्यहाँस्थित बीबीसी सम्वाददाताले जनाएका छन्। उक्त गाडी उछिट्टिएर दुई सय मिटर पर पुगेको थियो।

छत्तीसगढमा भारतीय निर्वाचनको पहिलो चरण अन्तर्गत एप्रिल ११ मा चुनाव हुँदैछ।

भारतीय चुनाव

खनिज पदार्थको धनी राज्य छत्तीसगढले तीन दशकयता माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ।

त्यहाँ बारम्बार सुरक्षाकर्मीमाथि हमला हुनेगरेको छ।

भारतमा निर्वाचन

  • संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।
  • यो निर्वाचनमा ९० करोड जनता मतदानका लागि योग्य छन्।
  • तीमध्ये सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।
  • नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।

भारतमा माओवादी विद्रोह

  • भारतमा माओवादी विद्रोह पश्चिम बङ्गालको दुर्गम स्थानमा सन् १९६० मा भयो।
  • नक्सलबाडीबाट सुरु भएकाले यो आन्दोलनलाई नक्सलवादी आन्दोलन पनि भनिन्छ।
  • भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी आन्दोलनलाई पनि मानिन्छ।
  • भारतीय सुरक्षाकर्मीले नक्सबाडीको विद्रोह दमन गरेको भए पनि पछि माओवादीहरू सङ्गठित भए र पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिए।
  • माओवादीहरू फैलिएको क्षेत्रलाई रेड करिडोर भनिन्छ।
  • यो क्षेत्रमा झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, बिहार, छत्तीसगढ र उत्तर प्रदेश पर्छन्। माओवादीको केही प्रभाव उत्तर प्रदेश तथा कर्नाटक राज्यमा पनि छ।

छत्तीसगढमा भएका ठूला आक्रमण

  • सन् २००७ मा एउटा प्रहरी चौकीमा आक्रमण गरी ५५ प्रहरीको हत्या
  • सन् २०१० एप्रिलमा घना जङ्गलमा अर्धसैनिक बलमाथि आक्रमण गर्दा कम्तीमा ७६ जनाको मृत्यु
Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line