इरानी सेनालाई अमेरिकाले गर्‍यो आतङ्कवादी सङ्गठन घोषणा

इरान
Published
पढ्ने समय: २ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सेना रेभलुशनरी गार्ड कोर (आईआरजीसी)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेका छन्।

अमेरिकाले अर्को देशको सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको यो पहिलो पटक हो।

ह्वाइट हाउसले आईआरजीसीको मुख्य उद्देश्य विश्वव्यापी आतङ्कवादी अभियानलाई लागु गर्नु रहेको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेर त्यसको प्रत्युत्तर दिएको छ।

केही महिनाअघि ट्रम्पले इरानसँगको परमाणुसम्झौता भङ्ग गरेपछि वाशिङ्टन र तेहरानबीच तनाव बढेको देखिन्छ।

रेभलुशनरी गार्ड्सलाई आतङ्कवादी सङ्गठन भनेपछि अब अमेरिकाले खासगरी त्यहाँको व्यापारिक क्षेत्रलाई असर गर्नेगरी इरानमाथि थप प्रतिबन्धहरू लगाउन सक्नेछ।

आईआरजीसीसँग सम्बद्ध थुप्रै संस्थाहरूलाई अमेरिकाले पहिला नै आतङ्कवादीको सङ्ज्ञा दिँदै र मानवाधिकार उल्लङ्घनको आरोप लगाउँदै प्रतिबन्ध लगाइसकेको छ।

के भने राष्ट्रपति ट्रम्पले?

ट्रम्पले आफ्नो कदमले इरानमाथि अहिलेभन्दा बढी दबाव पर्ने बताएका छन्।

उनले भने, "यदि आईआरजीसीसँग सम्बन्ध राख्ने हो भने इरानले आतङ्कवादको समर्थन गरिरहेको छ।"

अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानमाथिका प्रतिबन्धहरू अबको एक साताभित्र लागु हुनेछन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जबसम्म इरानले एउटा सामान्य देशजस्तो व्यवहार गर्न सुरु गर्दैन तबसम्म उसमाथि प्रतिबन्ध र दबावको रणनीति जारी रहने बताए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

पोम्पेओले भने, "इरानका नेताहरू क्रान्तिकारी छैनन्। यी सबै नेताहरू अवसरवादी हुन्।"

एउटा ट्वीटमा उनले थपेका छन्, "हामीले इरानका जनतालाई उनीहरूले स्वतन्त्रता पाऊन् भन्नका लागि सहयोग गर्नैपर्छ।"

‍सन् १९७१ मा इरानमा भएको क्रान्तिपछि त्यहाँ रेभोलुशनरी गार्डको गठन भएको थियो। यो इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको निर्णय थियो।

रुहानी रेभलुशनरी गार्ड्स

तर पेन्टागनका केही अधिकारीहरूले अमेरिकाले इरानको फौजलाई आतङ्कवादी घोषित गरेपछि अमेरिकी फौजको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

सेनाका अधिकारीहरूले यसरी आतङ्कवादी भनी घोषणा गर्दा त्यसले मध्यपूर्वमा रहेका अमेरिकी फौजविरुद्ध हिंसा निम्तिन सक्ने भन्दै चेतावनी दिएका छन्।

देशको केन्द्रीय गुप्तचर निकाय पनि ट्रम्पको पछिल्लो कदमको विपक्षमा रहेको बताइएको छ।

इरानको प्रतिक्रिया कस्तो रह्यो?

अमेरिकाको पछिल्लो घोषणाको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाको सेन्ट्रल कमान्डलाई आतङ्कवादी सङ्गठन भनेको छ।

इरानको सरकारी सञ्चारमाध्यम आईआरआईएनएका अनुसार विदेशमन्त्री जावेद जरिफले राष्ट्रपति हसन रुहानीलाई त्यस्तो प्रतिक्रिया जनाउनका लागि आग्रह गरेका हुन्।

सेन्ट्रल कमान्डले खासगरी अफगानिस्तान, इराक, इरान, पाकिस्तान र सिरियामाथिको वाशिङ्टनको सुरक्षा चासोलाई हेर्छ।

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space