ब्रेक्जिटबारे प्रधानमन्त्री टरिजा मे भन्छिन्-'थकित जनतालाई निर्णय चाहिएको छ'

टरिजा मे
Published
पढ्ने समय: २ मिनेट

ब्रेक्जिटका विषयमा ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले एक टेलिभिजन सम्बोधनमार्फत् ब्रिटेनका जनताहरूलाई सम्बोधन गर्दै 'आफू उनीहरूको पक्षमा रहेको' बताएकी छन्।

नागरिकहरू यो समग्र प्रक्रियाबाट थकित भइसकेको बताउँदै उनले सांसदहरूलाई आफूले तयार गरेको सम्झौतालाई साथ दिन आग्रह समेत गरिन्।

यसअघि तोकिएको समयसीमा अनुसार युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिन अब नौ दिनमात्र बाँकी छ।

तर प्रधानमन्त्री मेले यसअघि नै इयु नेताहरूलाई बाहिरिने समयसीमा ३० जुनसम्म लम्ब्याउन आग्रह गरेकी थिइन्।

'दु:खित्'

सम्बोधनमा मे ले आफ्नो लागि त्यस्तो प्रस्ताव 'व्यक्तिगत रुपमा निकै दु:खको विषय' रहेको बताएकी थिइन्।

"सबै सांसदहरूले अहिले ब्रेक्जिटबाहेक केही कुरा गरिरहेका छैनन्। जबकी हाम्रा बालबालिकाका स्कुल, राष्ट्रिय स्वास्थ्य सेवा, छुरा अपराधजस्ता वास्तविक मुद्दा हामीमाझ छन्।"

सांसदहरूले निर्णय लिने बेला आएको बताउँदै उनले आफूले तयार पारेको सम्झौताका साथमा छाड्ने, विना सम्झौता छाड्ने वा इयु नै नछाड्नेमा स्पष्ट हुन आग्रह गरिन्।

ब्रेक्जिट

दोस्रो जनमत सङ्ग्रहमा जाने सम्भावनालाई उनले 'जनविश्वासमा अतुलनीय चोट पुग्ने' भन्दै सचेत गराइन्।

"प्रस्तावमाथि प्रस्ताव र संशोधनमाथि संशोधन भइरहे पनि संसदले के चाहेको भन्ने निर्णय गर्न सकेको छैन। सबै सांसदहरूले भन्न चाहिरहेको कुरा त्यही हो जुन उनीहरूले भनिरहेका छैनन्।"

प्रतिक्रिया

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले यसअघि नै समयसीमा बढाउने प्रस्ताव मान्न सकिने बताएका थिए।

जसबारे बिहीवार हुने युरोपेली देशका सरकार प्रमुखहरूको भेलामा छलफल गरिनेछ।

र समयसीमा सार्न अन्य सबै २७ इयु राष्ट्रको समर्थन चाहिन्छ।

तर टुस्कले त्यसका लागि अर्को साता सांसदहरूले बहिर्गमन सम्झौतालाई पारित गर्नुपर्ने जवाफ प्रधानमन्त्री मे लाई दिइएको बताएका छन्।

बीबीसीका राजनीतिक संवाददाता रब वाट्सन भन्छन्, "मेको आलोचना गरिरहेका सबै पार्टीका सांसदलाई उनको सम्बोधनको लयले झन् क्रुद्ध पारेको छ। प्रधानमन्त्रीले सम्बोधनमा सांसदहरूमाथि लगाएको आरोपले उनलाई तेस्रो मतदानमा विश्वास जित्न कसरी सघाउँछ भन्न निकै कठिन छ।"

उनकै पार्टी र विपक्षी सांसदहरूले सम्बोधनको औचित्यमाथि प्रश्न उठाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

संकेत

यसअघि नै उक्त सम्झौताको प्रस्ताव दुई मतदानमार्फत् ठूलो बहुमतले अस्वीकृत भइसकेका छन्।

सम्बोधनमा ब्रेक्जिट प्रक्रिया जुन ३० भन्दा बढी लम्बिने अवस्थाका लागि आफू तयार नभएको बताएकी छन्।

ब्रेक्जिट

बीबीसीका राजनीतिक सम्पादक लाउरा कुन्सवर्गका भनाइमा प्रस्तावित नयाँ समयसीमा पनि नाघ्ने अवस्थामा प्रधानमन्त्री मे ले आफ्नो पद छाड्नसक्ने संकेत समेत हो।

विपक्षी लेवर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा बोल्दै मे ले संयुक्त अधिराज्यलाई 'संकट, अस्तव्यस्तता र विभाजन'तर्फ मोडिदिएको भन्दै उनलाई आरोप लगाएका थिए।