भारत-पाकिस्तान द्वन्द्व: इमरान खानको दलले हिन्दूबारे आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीलाई हटायो

मन्त्री
Published
पढ्ने समय: ३ मिनेट

हिन्दू धर्मावलम्बीबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृतिमन्त्रीले पद गुमाएका छन्।

त्यस्तो अभिव्यक्ति दिएपछि मुख्यमन्त्री सरदार उस्मान बुजदारले ती मन्त्री फैयाज अल हसन चौहानलाई डाकेका थिए। त्यसपछि चौहानको राजीनामा आयो।

प्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले 'हिन्दू समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेकोमा पन्जाब सरकारद्वारा उनी पदमुक्त गरिएको' जनाएको छ।

मुख्यमन्त्रीको तर्फबाट जारी गरिएको वक्तव्यमा इमरान खान नेतृत्वको दललाई कुनै पनि किसिमको भेदभाव सह्य नहुने कुरा उल्लेख छ।

एकजुट भई आलोचना

चौहानले हिन्दूहरूलाई "गाईको मूत्र पिउनेहरू" भन्दै भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए।

त्यस्तो अभिव्यक्ति दिएको भिडिओ बाहिर आएपछि त्यसको निकै आलोचना भइरहेको थियो।

पाकिस्तानमा सामाजिक सञ्जालमा #SackFayazChohan र #Hindus ट्रेन्डिङमा थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

समाजिक सञ्जालमा मात्र होइन पीटीआई पार्टीका नेताहरूले पनि उनको चर्को आलोचना गरे।

'सह्य नहुने'

चौहानले फेब्रुअरी २४ मा लहोरमा आयोजित एउटा कार्यक्रममा उक्त विवादास्पद धारणा व्यक्त गरेका थिए। तर त्यसको भिडिओ सोमवार व्यापक भएको थियो।

प्रधानमन्त्री इमरान खानका राजनीतिक मामिला सल्लाहकार नईमुल हकले एउटा ट्वीट गर्दै भनेका थिए - चाहे सरकारकै वरिष्ठ सदस्य वा अरू कोहीले गरून्, यस्ता कुरा पीटीआईको निम्ति सह्य हुँदैन।

उनले भनेका थिए, "हिन्दू समुदायविरूद्ध पन्जाबका सूचनामन्त्री फैयाज चौहानको अपमानजनक भनाइलाई लिएर कडा कारबाही हुनुपर्छ। मुख्यमन्त्रीसँग सल्लाह लिएपछि उनीमाथि कारबाही गरिनेछ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले ट्विटरमा लेखेका थिए, "पाकिस्तानको झन्डामा जसरी गर्वका साथ हरियो रङ्ग सामेल छ, त्यहीँ गर्वका साथ सेतो रङ्ग पनि छ। त्यसले हिन्दू समुदायको योगदानको सम्मान गर्छ र उनीहरूलाई आफ्नो मान्छ।"

'देशप्रेमको बदलामा अपमान?'

मानवाधिकार मामिलामन्त्री शिरीन मजारीले पनि चौहानको आलोचना गर्दै ट्वीट गरेकी छन्।

"म त्यसको घोर निन्दा गर्छु। कसैको धर्ममा आक्रमण गर्ने अधिकार कसैसँग पनि छैन। हाम्रा हिन्दू नागरिकले आफ्नो देशको निम्ति बलिदान दिएका छन्। हाम्रा प्रधानमन्त्रीको सन्देश सहिष्णुता र सम्मानको निम्ति छ र हामी कुनै पनि किसिमको घृणालाई प्रोत्साहन दिन सक्दैनौँ," उनले लेखिन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि पाकिस्तानी हिन्दूहरूको तर्फबाट समाजिक सञ्जालमा 'भारतको उक्त कारबाहीको आलोचना गर्नेहरूले हिन्दू धर्मलाई त्यसको निम्ति जिम्मेवार किन ठहर्‍याइरहेका छन्' भनि विरोध भइरहेको छ।

हिन्दू सामाजिक कार्यकर्ता कपिल देवले ट्वीट गरेका छन्, "हामीलाई पाकिस्तानप्रति आफ्नो माया र देशप्रेम देखाएको उत्तरमा पीटीआईका मन्त्री फैयाज चौहानबाट ४० लाख हिन्दूहरू रहेको कुरा ख्याल नै नगरेर 'गाईको पिसाब पिउने' भनेर हिन्दूहरूप्रति अपमानजनक शब्द प्राप्त भयो। यतिसम्म कि उनकै दलमा हिन्दू सांसद पनि छन्।"

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

विपक्षी दल मुस्लिम लीग नवाजका नेता ख्वाजा आसिफले 'अभद्र' को सङ्ज्ञा दिँदै पाकिस्तान धार्मिक रङ्ग र जातको विभाजनबिना २२ करोड जनताको देश भएको बताएका छन्।

गत महिना भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमण हुँदा दर्जनौँ भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। सो घटना पाकिस्तानले गराएको आरोप भारतले गरायो।

त्यसपछि भारत र पाकिस्तानबीच तनाव चुलियो।

भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेर कश्मीरमा आत्मघाती घटना गराएको लडाकु समूह जैश-ए-मोहम्मदको शिविर ध्वस्त पारिदिएको दाबी गरेको छ। पाकिस्तानले भने त्यहाँ कुनै शिविर नरहेको बताएको छ।

चनाव चर्किँदै गर्दा दुई देशका वायुसेनाबीच केही सङ्घर्ष पनि भयो। त्यसै क्रममा एउटा भारतीय लडाकु विमान पाकिस्तानी भूमिमा खस्यो र त्यसका चालकलाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लियो।

उनलाई पाकिस्तानले भारत फिर्ता गरेपछि दुई देशबीच तनाव केही मत्थर भएकोजस्तो देखिएको थियो। त्यसै बेला ती पाकिस्तानी मन्त्रीको भनाइ सार्वजनिक भएको हो।

सन् १९४७ मा धर्मका आधारमा विभाजित भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर अहिले पनि विवाद छ।

दुवै देशले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानको चिहान