सिरिया हमलाको उद्देश्य पूरा: ट्रम्प

सिरिया हमला
Published
पढ्ने समय: २ मिनेट

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको सैन्य कारबाही 'परिपक्व ढङ्गमा गरिएको' र 'उद्देश्य पूरा भएको' जनाएका छन्।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले तीन सरकारी स्थानहरूमा बम आक्रमण गरेका थिए।

निशाना बनाइएका स्थानहरूमा रासायनिक अस्त्र राखिएको उनीहरूको दाबी छ।

सिरियाली पक्षले गत शनिवार डुमामा एउटा घातक रासायनिक आक्रमण गरेको आशङ्कामा त्यसको जवाफ दिन ती देशहरूले सिरियामाथि संयुक्त कारबाही गरेका हुन्।

निन्दा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथि गरिएको आक्रमणको निन्दा गरेका छन्।

सिरिया हमला

रुस सिरियाको प्रमुख साझेदार हो। उसले आफ्ना फौजमाथि आक्रमण भए प्रतिकार गर्ने चेतावनी दिएको थियो।

स्थानीय समयअनुसार बिहानै ट्वीट गर्दै ट्रम्पले फ्रान्स र संयुक्त अधिराज्यलाई उनीहरूको "विवेक र कुशल सैनिक शक्ति' का लागि धन्यवाद दिएका छन्।

"...योभन्दा राम्रो नतिजा हुन सक्दैथ्यो। मिशन सम्पन्न!"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"आफ्नो महान् सेनाप्रति गौरवान्वित" भएको भन्दै ट्रम्पले अतिरिक्त आर्थिक सहयोगपछि त्यो देशको अहिलेसम्मकै अतिकुशल सेना हुने टिप्पणी गरेका छन्।

शक्ति

शुक्रवार राति ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले भनेका थिए, "ब्रिटेन, फ्रान्स र अमेरिकाले आफ्नो उचित शक्ति बर्बरता र क्रूरताविरुद्ध प्रयोग गरेको छ।"

उनका अनुसार सिरियाविरुद्ध गरिएको कारबाहीको उद्देश्य रासायनिक अस्त्रहरूको उत्पादन, प्रसार र प्रयोगलाई निरुत्साहित पार्नु हो।

सिरिया हमला

सिरियामा गृहयुद्ध सुरु भएको सात वर्षयता यो आक्रमण पश्चिमा शक्तिहरूले बशर अल असदको शासनविरुद्ध गरेको कारबाहीमध्ये विशेष भएको बताइएको छ।

उनको कार्यालयले जारी विज्ञप्ति अनुसार असदले भनेका छन, "यो हस्तक्षेपबाट सिरिया र सिरियाली जनताहरू आतङ्कवादविरुद्ध लड्न र त्यसलाई निमिट्यान्न पार्न थप प्रतिबद्ध भएका छन्।"