'उत्तर कोरिया भ्रमणमा जान शर्त'

मु जे इन
तस्बिरको क्याप्शन, राष्ट्रपति मुनले उत्तर कोरियासँगको वार्तालाई चुनावी मुद्दा बनाएका थिए
Published

उत्तर कोरियाका नेता किम जङ-अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनलाई भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्नुअघि निश्चित शर्तहरु पालना हुनुपर्नेतर्फ दक्षिण कोरियाका प्रधानमन्त्री ली नाग-यानले संकेत गरेका छन्।

तर ती शर्तबारे प्रष्ट भएको छैन।

चुनावताका उत्तर कोरियासँगको वार्तालाई मुद्दा बनाएका दक्षिण कोरियाली राष्ट्रपतिलाई निमन्त्रणा अस्वीकार गर्न अप्ठ्यारो पर्ने देखिन्छ।

उत्तर कोरिया
तस्बिरको क्याप्शन, उत्तर कोरियाली नेताको निमन्त्रणापत्र दक्षिण कोरियाली राष्ट्रपतिलाई दिइएको थियो

शनिबार उत्तर कोरियाली नेताकी बहिनी किम यो-जङले दक्षिण कोरियाली राष्ट्रपति मुनसँग भएको भेटवार्ताका क्रममा सो निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्।

उत्तर कोरियाली सञ्चारमाध्यमहरुका अनुसार उक्त भेटवार्ता 'खुला र सहृदयी' थियो।

उत्तर दक्षिण
तस्बिरको क्याप्शन, शीतकालीन ओलिम्पिक्सको मौका पारेर उच्चस्तरीय उत्तर कोरियाली टोली दक्षिण कोरिया पुगेको छ

तर किम जङ-अनले मुनसँग प्योङयाङमा गर्न प्रस्ताव गरेको शिखरवार्ताबारे भने ती सञ्चारमाध्यमहरुमा केही उल्लेख गरिएको छैन।

दक्षिण कोरियाको साझेदार संयुक्त राज्य अमेरिकाले भने उत्तर कोरियाले उसको पारमाणविक अस्त्रबारे छलफल गर्न तयार नभएसम्म दुई कोरियाली नेताहरुबीचको 'भेट' लाई स्वागत नगर्ने ठानिएको छ।