शनिवार थप विदेशीको उद्धार, तर अझै ३२० सम्पर्कविहीन

तस्बिर स्रोत, Reuters
नेपाल पर्यटन बोर्डले रसुवा बाढीमा बेपत्ता बनेका विदेशी पर्यटकहरूमध्ये हालसम्म २६१ जनाको उद्धार भएको जनाएको छ।
शनिवार साँझ ६:३० मा जारी जारी विज्ञप्तिमा उद्धार भएकामध्ये सबैभन्दा धेरै भारतका १६७ र चीनका ४० जना रहेको बताइएको छ।
हालसम्म १५ देशका नागरिकको उद्धार गरेको जनाउँदै बोर्डले त्यसबाहेक २० जनाको राष्ट्रियता खुल्न बाँकी रहेको जनाएको छ।
बोर्डको विवरणअनुसार अझै ३२० जना सम्पर्कविहीन छन्।











