तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपाल, भुटान र बाङ्ग्लादेशसम्म पनि कम्पन
नेपालका विभिन्न भागहरूमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। अधिकारीहरूले उक्त भूकम्पको केन्द्रबिन्दु तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङ जिल्लामा रहेको बताएका छन्।
राजधानी काठमाण्डूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले बीबीसी नेपालीसँग भने, "स्थानीय समयअनुसार बिहान ७:१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङ्चुङगोलानजिक केन्द्रबिन्दु रहेको उक्त भूकम्पको क्षमता ५.६ म्याग्निट्यूड मापन गरिएको छ।"
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले उक्त भूकम्प ५.३ म्याग्निट्यूड रहेको र जमिनभन्दा १० किलोमिटर तलबाट उत्पन्न भएको जनाएको छ।
भूकम्पको धक्का पूर्वी र मध्यनेपालका विभिन्न भागहरूका साथै भारत, भुटान र बाङ्ग्लादेशका छिमेकी क्षेत्रहरूमा पनि महसुस गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
क्षतिको विवरण के छ?
अधिकारीहरूले बिहान भूकम्प आएको थाहा पाएपछि मानिसहरू सुरक्षित स्थानमा गएको बताएका छन्।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक तथा कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्रसिंह थापाले बीबीसी नेपालीलाई दिएको जानकारीअनुसार अहिलेसम्म जनधनको क्षति भएको खबर छैन।
"कतिले थाहा पाए कतिले थाहा पाएनन्, थाहा पाउनेहरू सुरक्षित स्थानमा गएका छन्," प्रवक्ता थापाले भने, "अहिलेसम्म क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।