तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तानमा विस्फोट : '१० जना विद्यार्थीको मृत्यु, १०० भन्दा धेरै घाइते'
- Author, ज्याकोब फिलिप्स र महफुज जुबैद
- Published
- पढ्ने समय: १ मिनेट
पूर्वी अफगानिस्तानको एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा १० जना विद्यार्थीको मारिनुका साथै ११० जना घाइते भएको एक जना प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन्।
तालिबान सरकारको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले शनिवार बिहान कुनार प्रान्तको राजधानी असादाबादको अन्देरशेर क्षेत्रमा उक्त घटना भएको बताए।
सामाजिक सञ्जाल एक्समा गरेको एउटा पोस्टमा अब्दुल मतीन क्वानीले प्रारम्भिक अनुसन्धान अनुसार नजिकै रहेको एउटा खानीको विस्फोटक गोदाममा "हेलचक्र्याइँ र लापरबाही" का कारण उक्त विस्फोट भएको उल्लेख गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन्।
अस्पतालभित्रको दृश्य
कुनारको सूचना तथा संस्कृति विभागका प्रमुख समीउल्लाह हकबायनले बीबीसीलाई बताएअनुसार विस्फोट शनिवार बिहान करिब १० बजे भएको थियो।
सामाजिक सञ्जालमा राखिएको भिडिओ फुटेजमा धेरै घाइते बालबालिकाहरूलाई कारबाट निकालेर असादाबादस्थित अस्पतालको आपत्कालीन विभागमा लगिरहेको र ठूलो भीड जम्मा भएको देखिन्छ।
अस्पतालभित्रका तस्बिरहरूमा बालबालिकाहरू टाउकोमा पट्टी बाँधेर अस्पतालको बेडमा एक अर्काको छेउमा पल्टिरहेको देख्न सकिन्छ।
कच्चा पदार्थले भरिपूर्ण अफगानिस्तानको एउटा प्रमुख उद्योग खानी हो।
तर त्यहाँ सुरक्षा मापदण्डहरू प्रायः निकै कमजोर रहेको जसले गर्दा बारम्बार दुर्घटनाहरू हुने गरेको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।