३६ तस्बिरमा सन् २०२३ : नेपालसहित विश्वभरि भएका महत्त्वपूर्ण घटना झल्काउने दृश्य

Published

यो वर्ष विश्वका विभिन्न स्थानमा विभिन्न समाचारसंस्थाका फोटोपत्रकारले खिचेका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

फ्रान्समा सेवानिवृत्त हुने उमेर ६२ बाट ६४ बनाउने योजनाको विरोधमा १० लाख जनाभन्दा बढी मानिसले प्रदर्शन गरे। प्यारिसमा मात्रै ८०,००० प्रदर्शनकारी सडकमा देखा परेका थिए
तस्बिरको क्याप्शन, फ्रान्समा सेवानिवृत्त हुने र निवृत्तिभरण पाउने उमेर ६२ बाट ६४ बनाउने योजनाको विरोधमा १० लाखभन्दा बढी मानिसले प्रदर्शन गरे। प्यारिसमा मात्रै ८०,००० प्रदर्शनकारी सडकमा देखा परेका थिए
भ्याटिकन सिटीमा पूर्वपोप बेनेडिक्ट १६औँप्रति हजारौँ मानिसले श्रद्धाञ्जलि व्यक्त गरे। नववर्षको पूर्वसन्ध्यामा बेनेडिक्टको ९५५ वर्षको उमेरमा निधन भएको थियो। स्वास्थ्यका कारण उनी पोपको उत्तरदायित्वबाट एक दशकअघि हटेका थिए
तस्बिरको क्याप्शन, भ्याटिकन सिटीमा पूर्वपोप बेनेडिक्ट १६औँप्रति हजारौँ मानिसले श्रद्धाञ्जलि व्यक्त गरे। नववर्षको पूर्वसन्ध्यामा बेनेडिक्टको ९५ वर्षको उमेरमा निधन भएको थियो। स्वास्थ्यका कारण उनी पोपको उत्तरदायित्वबाट एक दशकअघि हटेका थिए
वर्षाका कारण ब्रजिलको साओ पाउलोमा पहिरो जाँदा ४० जनाभन्दा  बढी मानिसको ज्यान गयो भने ७५० जनाभन्दा बढीको घरबार गुम्यो।
तस्बिरको क्याप्शन, वर्षाका कारण ब्रजिलको साओ पाउलोमा पहिरो जाँदा ४० जनाभन्दा बढी मानिसको ज्यान गयो भने ७५० जनाभन्दा बढीको घरबार गुम्यो
नेपालको पोखरामा यती एअरलाइन्सको विमान  दुर्घटना हुँदा  त्यसमा सवार ७२ जनाको मृत्यु भयो
तस्बिरको क्याप्शन, नेपालको पोखरामा यती एअरलाइन्सको विमान दुर्घटना हुँदा त्यसमा सवार ७२ जनाको मृत्यु भयो
 दक्षिणपूर्वी टर्कीमा सिरियाको सीमानजिकै फेब्रुअरी महिनामा ठूलो भूकम्प जाँदा दशौँ हजार मानिसको ज्यान गयो
तस्बिरको क्याप्शन, दक्षिणपूर्वी टर्कीमा सिरियाको सीमानजिकै फेब्रुअरी महिनामा ठूलो भूकम्प जाँदा दशौँ हजार मानिसको ज्यान गयो
यो वर्ष अस्कर समारोहमा मिशेल योले सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन्। अस्करमा उक्त उपाधि पाउने उनी प्रथम एशियाली महिला हुन्
तस्बिरको क्याप्शन, यो वर्ष अस्कर समारोहमा मिशेल यो 'सर्वोत्कृष्ट अभिनेत्री' घोषित भइन्। अस्करमा उक्त उपाधि पाउने उनी प्रथम एशियाली महिला हुन्
ल्युबोभ भासिलिना ७१ वर्षकी भइन्। लडाइँ भइरहेको पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रस्थित आफ्नो गाउँ छोडेर उनी अन्यत्र जान चाहन्नन्
तस्बिरको क्याप्शन, ल्युबोभ भासिलिना ७१ वर्षकी भइन्। लडाइँ भइरहेको पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रस्थित आफ्नो घर छोडेर उनी अन्यत्र जान चाहन्नन्
मुम्बईस्थित एउटा सुकुम्बासी बस्तीमा आगो लाग्दा १,००० वटाभन्दा बढी घरहरू जलेर नष्ट भए
तस्बिरको क्याप्शन, मुम्बईस्थित एउटा सुकुम्बासी बस्तीमा आगो लाग्दा १,००० वटाभन्दा बढी घरहरू जलेर नष्ट भए
बोलिभियामा नयाँ पाठ्यक्रमको विरोधमा शिक्षकहरूले प्रदर्शन गरिरहेको बेला रातो रङ्ग पोतिएका ढाल बोकेर सुरक्षामा खटिएका प्रहरीहरू
तस्बिरको क्याप्शन, बोलिभियामा नयाँ पाठ्यक्रमको विरोधमा शिक्षकहरूले प्रदर्शन गरिरहेको बेला रातो रङ्ग पोतिएका ढाल बोकेर सुरक्षामा खटिएका प्रहरीहरू
एक पोर्न स्टारलाई चुप लगाउन पैसा दिएको आरोपमा अदालतमा उपस्थित भएपछि फ्लोरिडास्थित आफ्नो घरमा आयोजित प्रेस कन्फरेन्सबाट बाहिर निस्किँदै अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प। म्यान्टहन अदालतमा उनले ३४ पटक व्यापारिक अभिलेख जालसाजी गरेको अभियोगमा उनले आफू निर्दोष रहेको दाबी गरे। तर उक्त मुद्दाको सुनुवाइ भइसकेको छैन।
तस्बिरको क्याप्शन, एक पोर्न स्टारलाई चुप लगाउन पैसा दिएको आरोपमा अदालतमा उपस्थित भएपछि फ्लोरिडास्थित आफ्नो घरमा आयोजित प्रेस कन्फरेन्सबाट बाहिर निस्किँदै अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पम्यान्हटनस्थित अदालतमा उनले ३४ पटक व्यापारिक अभिलेख जालसाजी गरेको अभियोगमा आफू निर्दोष रहेको दाबी गरे। तर उक्त मुद्दाको सुनुवाइ भइसकेको छैन।★ पोर्न स्टार स्टोर्मी ड्यान्यल्स र डोनल्ड ट्रम्पबीचको 'सम्बन्ध' ले किन निम्तियो विवाद
एउटा प्रतिकृति बोकेर भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ हेर्दै भारतीय बालबालिकाहरू। उक्त भारतीय अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको थियो।
तस्बिरको क्याप्शन, एउटा प्रतिकृति बोकेर भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ हेर्दै भारतीय बालबालिकाहरू। उक्त भारतीय अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको थियो
नेपल्सको  फुटबल क्लबले इटलीको सिरी ए लीग उपाधि जितेपछि नेपल्सवासीहरूले हर्षोल्लास गरे। नेपल्सले ३३ पछि त्यस्तो सफलता हात पारेको हो
तस्बिरको क्याप्शन, नेपल्सको फुटबल क्लबले इटलीको 'सिरी आ' लीग उपाधि जितेपछि नेपल्सवासीहरूले हर्षोल्लास गरे। नेपल्सले ३३ पछि त्यस्तो सफलता हात पारेको हो
लन्डनमा राज्याभिषेक भएपछि राजा चार्ल्स तृतीय र रानी कमिला बकिङ्गम प्यालेसमा। गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथ द्वितीयाको निधन भएपछि चार्ल्स राजा बनेका थिए
तस्बिरको क्याप्शन, लन्डनमा राज्याभिषेक भएपछि राजा चार्ल्स तृतीय र रानी कमिला बकिङ्गम प्यालेसमा। गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथ द्वितीयाको निधन भएपछि चार्ल्स राजा बनेका थिए
टोरन्टोमा आयोजित प्राइड परेडमा एजजीबीटीक्यू अधिकारको पक्षमा मानिसहरूले समर्थन व्यक्त गरेका थिए
तस्बिरको क्याप्शन, टोरन्टोमा आयोजित प्राइड परेडमा एजजीबीटीक्यू अधिकारको पक्षमा मानिसहरूले समर्थन व्यक्त गरेका थिए
क्यानडामा फैलिएको डढेलोका कारण वायुप्रदूषण बढेपछि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटी पनि प्रभावित भएको थियो
तस्बिरको क्याप्शन, क्यानडामा फैलिएको डढेलोका कारण वायुप्रदूषण बढेपछि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटी पनि प्रभावित भएको थियो
कोलम्बियाको एउटा जङ्गलमा विमान दुर्घटना भएपछि हराइरहेका बालबालिका फेला परेपछि उनीहरूलाई सेनाले उद्धार गरेको थियो। मे १ मा भएको दुर्घटनामा आदिवासि समुदायका चार बालबालिका सम्पर्कविहीन भएका थिए। त्यसको ४० दिनपछी उनीहरू जीवितै फेला परेका थिए
तस्बिरको क्याप्शन, विमान दुर्घटना भएपछि कोलम्बियाको एमजन जङ्गलमा हराइरहेका बालबालिका फेला परेपछि उनीहरूलाई सेनाले उद्धार गरेको थियो। मे १ मा भएको दुर्घटनामा आदिवासि समुदायका चार बालबालिका सम्पर्कविहीन भएका थिए। त्यसको ४० दिनपछि उनीहरू जीवितै फेला परेका थिए
भक्तपुरको बोडेस्थित महालक्ष्मी मन्दिरमा महानवमीका दिन भक्तजनहरूलाई फूलप्रसाद दिँदै एक बालक।
तस्बिरको क्याप्शन, भक्तपुरको बोडेस्थित महालक्ष्मी मन्दिरमा महानवमीका दिन भक्तजनहरूलाई फूलप्रसाद दिँदै एक बालपुजारी
जिओमार रिसर्च इन्स्टिट्यूटमा कार्यरत मरीन वैज्ञानिक एङ्गेला स्टेफेन्सन जर्मनीमा समुद्रभित्र रहेको घाँसेमैदानबाट वनस्पतिको नमुना सङ्कलन गर्दै
तस्बिरको क्याप्शन, जिओमार रिसर्च इन्स्टिट्यूटमा कार्यरत मरीन वैज्ञानिक एङ्गेला स्टेफेन्सन जर्मनीमा समुद्रभित्र रहेको घाँसेमैदानबाट वनस्पतिको नमुना सङ्कलन गर्दै
रिपब्लिक अफ आयरल्यान्डको काउन्टी गल्वेमा आयोजित राउन्डस्टोन 'कोनमारा पोनी शो'मा घोडा हेर्दै निर्णायक भिन्सेन्ट होलियन
तस्बिरको क्याप्शन, रिपब्लिक अफ आयरल्यान्डको काउन्टी गल्वेमा आयोजित राउन्डस्टोन 'कोनमारा पोनी शो'मा घोडा हेर्दै निर्णायक भिन्सेन्ट होलियन
अस्ट्रेलियाकी सर्फर ओलिभिया ओटवे फ्रेन्च पोलिनेशियाको ट्याहुपोमा समुद्री छालमुनि गोता लगाउँदै। उक्त स्थानमा दुई दशकदेखि वर्ल्ड सर्फ लीगअन्तर्गत टाहिटी प्रो आयोजना हुँदै आएको छ। सन्  प्यारिस ओलिम्पिक्स २०२४ को सर्फिङका खेलहरू पनि त्यहीँ हुने छन्
तस्बिरको क्याप्शन, अस्ट्रेलियाकी सर्फर ओलिभिया ओटवे फ्रेन्च पोलिनेशियाको ट्याहुपोमा समुद्री छालमुनि गोता लगाउँदै। उक्त स्थानमा दुई दशकदेखि वर्ल्ड सर्फ लीगअन्तर्गत टाहिटी प्रो आयोजना हुँदै आएको छ। प्यारिस ओलिम्पिक्स २०२४ को सर्फिङका खेलहरू पनि त्यहीँ हुने छन्
अगस्ट ३१ मा  स्पेनको मोगनस्थित एउटा पहाडमा घोडा चढेर 'ब्लू मून' हेर्दै एक व्यक्ति।  कुनै महिना दुईवटा पूर्णिमा परे भने दोस्रो पूर्णचन्द्रलाई 'ब्लू मून' भनिन्छ।
तस्बिरको क्याप्शन, अगस्ट ३१ मा स्पेनको मोगनस्थित एउटा पहाडमा घोडा चढेर 'ब्लू मून' हेर्दै एक व्यक्ति। कुनै महिना दुईवटा पूर्णिमा परे भने दोस्रो पूर्णचन्द्रलाई 'ब्लू मून' भनिन्छ
दक्षिण सुमात्रामा फैलिएको डढेलो निभाउने प्रयासमा अग्निनियन्त्रकहरू। खेतीपाती गर्नका लागि आगो लगाएर जग्गा सफा गर्न खोज्दा इन्डोनेशियाका विभिन्न प्रान्तमा डढेलो फैलिएको थियो
तस्बिरको क्याप्शन, दक्षिण सुमात्रामा फैलिएको डढेलो निभाउने प्रयासमा अग्निनियन्त्रकहरू। खेतीपाती गर्नका लागि आगो लगाएर जग्गा सफा गर्न खोज्दा इन्डोनेशियाका विभिन्न प्रान्तमा डढेलो फैलिएको थियो
एल साल्भाडोरमा आयोजित मिस यूनिभर्स २०२३ मा सहभागी हुँदै नेपालकी जेन ग्यारेट
तस्बिरको क्याप्शन, एल साल्भाडोरमा आयोजित मिस यूनिभर्स २०२३ मा सहभागी हुँदै नेपालकी जेन दीपिका ग्यारेट। यो वर्ष मिस नेपाल बनेकी ग्यारेट 'प्लस साइज' मोडल पनि हुन्
मेक्सिको र अमेरिकाको सीमामा छेकबार भएको ठाउँमा खानेकुरा पाउने आशामा पुगेका आप्रवासीहरू। मेक्सिकोको बाटो हुँदै प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी आप्रवासीहरूले अमेरिका छिर्ने प्रयास गर्ने गरेका छन्
तस्बिरको क्याप्शन, मेक्सिको र अमेरिकाको सीमामा छेकबार भएको ठाउँमा खानेकुरा पाउने आशामा पुगेका आप्रवासीहरू। मेक्सिकोको बाटो हुँदै प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी आप्रवासीहरूले अमेरिका छिर्ने प्रयास गर्ने गरेका छन्
अफगानिस्तानको हेरातमा विनाशकारी भूकम्प गएपछि भग्नावशेषमाथि उभिएका मानिसहरू। पश्चिम अफगानिस्तानमा चार दिनभित्र दुइटा शक्तिशाली भूकम्पका कारण १,३०० जनाभन्दा बढीको मृत्यु भयो। संयुक्त राष्ट्रसङ्घले त्यहाँको सङ्कटलाई "विपत्तिमाथिको विपत्ति" भनेको थियो
तस्बिरको क्याप्शन, अफगानिस्तानको हेरातमा विनाशकारी भूकम्प गएपछि भग्नावशेषमाथि उभिएका मानिसहरू। पश्चिम अफगानिस्तानमा चार दिनभित्र दुइटा शक्तिशाली भूकम्पका कारण १,३०० जनाभन्दा बढीको मृत्यु भयो। संयुक्त राष्ट्रसङ्घले त्यहाँको सङ्कटलाई "विपत्तिमाथिको विपत्ति" भनेको थियो
 हमास लडाकु समूहले आफ्ना छोराछोरी बन्धक बनाएर लगेपछि आफ्नी आमाको जलेको घरमा रुँदउै हाडास काल्डेरोन। हमासको आक्रमणमा उनकी आमा रिना सुट्ज्केभर र अर्की एक नातेदारको पनि ज्यान गएको थियो। अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २४० जनाजतिलाई बन्धक बनाएर लगिएको थियो
तस्बिरको क्याप्शन, हमास लडाकु समूहले आफ्ना छोराछोरी बन्धक बनाएर लगेपछि आफ्नी आमाको जलेको घरमा रुँदै हाडास काल्डेरोन। हमासको आक्रमणमा उनकी आमा रिना सुट्ज्केभर र अर्की एक नातेदारको पनि ज्यान गएको थियो। अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २४० जनाजतिलाई बन्धक बनाएर लगिएको थियो
गाजा स्ट्रिपबाट प्रहार गरिएका रकेटहरूलाई निस्तेज बनाउँदै इजरेलको क्षेप्यास्त्र प्रतिरोधक आइरन डोम प्रणाली
तस्बिरको क्याप्शन, गाजा स्ट्रिपबाट प्रहार गरिएका रकेटहरूलाई निस्तेज बनाउँदै इजरेलको क्षेप्यास्त्र प्रतिरोधक आइरन डोम प्रणाली
 प्यालेस्टिनी महिला इनस अबु मामर इजरेली हवाई आक्रमणमा ज्यान गुमाएकी आफ्नी पाँचवर्षे आफन्त सलीको शवलाई अङ्कमाल गर्दै। इजरेलले गाजा स्ट्रिपमा प्रत्याक्रमण गरेपछि २१,००० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको हमासले जनाएको छ
तस्बिरको क्याप्शन, प्यालेस्टिनी महिला इनस अबु मामर इजरेली हवाई आक्रमणमा ज्यान गुमाएकी आफ्नी पाँचवर्षे आफन्त सलीको शवलाई अङ्कमाल गर्दै। इजरेलले गाजा स्ट्रिपमा प्रत्याक्रमण गरेपछि २१,००० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको हमासले जनाएको छ
न्यूजील्यान्डको क्राइस्टचर्चस्थित समुद्री तटमा स्पर्म ह्वेलको शव फेला परेपछि त्यसको मुक्तिका लागि प्रार्थना गर्दै आदिवासी माओरी समुदायका मानिसहरू
तस्बिरको क्याप्शन, न्यूजील्यान्डको क्राइस्टचर्चस्थित समुद्री तटमा स्पर्म ह्वेलको शव फेला परेपछि त्यसको मुक्तिका लागि प्रार्थना गर्दै आदिवासी माओरी समुदायका मानिसहरू
लमजुङको दोर्दी गाउँपालिकामा आफ्नो विवाह दर्ता भएपछि त्यसको प्रमाणपत्र देखाउँदै समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डे। नेपालमा पहिलो पटक समलिङ्गीहरूको विवाह दर्ता भएको हो।
तस्बिरको क्याप्शन, लमजुङको दोर्दी गाउँपालिकामा आफ्नो विवाह दर्ता भएपछि त्यसको प्रमाणपत्र देखाउँदै समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डे। नेपालमा पहिलो पटक समलिङ्गीहरूको विवाह दर्ता भएको हो
Family members mourn during cremation procession of earthquake victims at Chiuri village in Jajarkot, Nepal, 05 November 2023. The death toll from the 6.4 magnitude earthquake that hit Jajarkot and West Rukum districts has reached 157, the Ministry of Home Affairs announced on 04 November.
तस्बिरको क्याप्शन, पश्चिम नेपालको जाजरकोट जिल्लास्थित चिउरी गाउँमा शक्तिशाली भूकम्पका कारण मृत्यु भएका एक व्यक्तिको शवयात्रामा उनका परिवारजन र गाउँलेहरू। उक्त भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा गरी १५४ जनाको मृत्यु भएको अद्यावधिक सरकारी तथ्याङ्कले देखाउँछ
फिलिपिन्समा पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी एक कटु आलोचक झन्डै सात वर्ष जेल बसेपछि धरौटीमा रिहा भएकी छन्। पूर्वसांसद लेइला डे लिमालाई लागुपर्दाथ तस्करहरूबाट पैसा लिएको अभियोग लागेको थियो। तर उनले राजनीतिक प्रतिशोध लिन आफूलाई त्यस्तो आरोप लगाएको दाबी गर्दै आएकी छन्
तस्बिरको क्याप्शन, फिलिपिन्समा पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी एक प्रखर आलोचक झन्डै सात वर्ष जेल बसेपछि धरौटीमा रिहा भएकी छन्। पूर्वसांसद लेइला डे लिमालाई लागुपदार्थ तस्करहरूबाट पैसा लिएको अभियोग लागेको थियो। तर उनले राजनीतिक प्रतिशोध लिन आफूलाई त्यस्तो आरोप लगाएको दाबी गर्दै आएकी छन्
आइसल्यान्डको ग्रिन्दाभिक सहरमा भूकम्पपछि जमिनमा ठूला चिराहरू देखा परेका छन्। ज्वालामुखी विस्फोट हुन सक्ने आशङ्कामा हजारौँ त्यहाँबाट हजारौँ मानिसलाई अन्यन्त्र सारिएको थियो
तस्बिरको क्याप्शन, आइसल्यान्डको ग्रिन्दाभिक सहरमा भूकम्पपछि जमिनमा ठूला चिराहरू देखा परेका छन्। ज्वालामुखी विस्फोट हुन सक्ने आशङ्कामा हजारौँ त्यहाँबाट हजारौँ मानिसलाई अन्यन्त्र सारिएको थियो
 चिलेमा भिजारिका पर्वतबाट ज्वालामुखी विस्फोट हुँदा हिउँमाथि धुवाँको मुस्लो उडेको देखिएको थियो। उक्त भूकम्प यसअघि सन् २०१५ मा विस्फोट भएको थियो
तस्बिरको क्याप्शन, चिलेमा भिजारिका पर्वतबाट ज्वालामुखी विस्फोट हुँदा हिउँमाथि धुवाँको मुस्लो उडेको देखिएको थियो। उक्त भूकम्प यसअघि सन् २०१५ मा विस्फोट भएको थियो
केन्याका नर्तकीद्वय पोलिन ओकुमु र नाटालिया शास्त्रीय ब्याले 'द नट्क्र्याकर' प्रदर्शन गर्नुअघि रङ्गमञ्चको नेपथ्यमा अङ्कमाल गर्दै
तस्बिरको क्याप्शन, केन्याका नर्तकीद्वय पोलिन ओकुमु र नाटालिया शास्त्रीय ब्याले 'द नट्क्र्याकर' प्रदर्शन गर्नुअघि रङ्गमञ्चको नेपथ्यमा अङ्कमाल गर्दै
डेन्मार्ककी महारानी मार्ग्रेट
तस्बिरको क्याप्शन, डेन्मार्ककी महारानी मार्ग्रेटा द्वितीयाले नयाँ वर्षको पूर्वसन्ध्यामा सम्बोधन गर्दै राजगद्दी परित्याग गर्ने घोषणा गरेकी छन्। उनी अहिले ८३ वर्षकी भइन्। आगामी ज्यानुअरी १४ मा उनले राज्यारोहण गरेको ५२ वर्ष पुग्दै छ। उनले त्यही दिनदेखि आफू शासनबाट हट्ने इच्छा व्यक्त गरेकी छन्।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।