ब्लू सुपरमून: एक दुर्लभ खगोलीय प्रकृयाका कारण अन्य समयभन्दा एकदमै भिन्न देखियो चन्द्रमा

ब्लू सुपरमूनको पृष्ठभूमिमा बिजुलीको खम्बामा उभिएको सीगल चरा
तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकाको केप टाउनमा ब्लू सुपरमूनका क्रममा बिजुलीको खम्बामा उभिएको सीगल चरा
Published

सन् २००९ यता पहिलोपटक देखिएको दुर्लभ खगोलीय घटना 'ब्लू सुपरमून' मा देखिएको चन्द्रमाको अभूतपूर्व दृश्य खगोलविद्,आकाशीय पिण्डहरूको गतिविधिमा रूचि राख्नेहरू लगायत विश्वभरिका मानिसहरूले हेरेका छन्।

एक वर्षभरिको समयमा सामान्यतया १२ वटा पूर्ण चन्द्र देखिनेको प्रकृयाभन्दा थप जब १३ वटा पूर्ण चन्द्र देखिन्छ त्यस्तो चन्द्रमालाई ' ब्लू मून' भनिन्छ।

त्यस्तो 'ब्लू मून' प्रकृयाको चन्द्रमा सामान्यभन्दा धेरै चम्किलो देखियो भने त्यसलाई 'सुपर ब्लू मून' भनिन्छ।

पृथ्वीको वरपर घुम्ने त्यो उपग्रह आफ्नो परिक्रमा कक्षमा पृथ्वीसँगको सबैभन्दा नजिक विन्दूमा रहेका बेला अरूबेला भन्दा बढी चहकिलो र ठूलो देखिने गर्छ।

अङ्ग्रेजी भाषामा ब्लू मूनभन्दा नीलो रङ्गको चन्द्रमा भन्ने अर्थ लाग्छ तर ब्लू मून भनिने खगोलीय प्रकृयाको निलो रङ्गसँग कुनै सम्बन्ध छैन। सुपर ब्लू मूनमा चन्द्रमा निलो रङ्गको देखिँदैन।

सामान्य बेलामा भन्दा भिन्न देखिने र त्यो प्रकृया दुर्लभ हुने हुँदा त्यस्तो अवस्था जनाउनलाई मात्र ब्लू मून भनिएको हो।

ब्लू सुपरमून हेरेर रमाउँदै मानिसहरूको भीड
तस्बिरको क्याप्शन, ग्रीसको एथेन्स नजिकै रहेको प्राचीन टेम्पल अफ पसाइडनमा ब्लू सुपरमून हेरेर रमाउँदै मानिसहरूको भीड
टर्कीको इस्तानबुलस्थित गालाट टावरको टुप्पोमाथि देखिएको चन्द्रमाको अभूतपूर्व दृश्य
तस्बिरको क्याप्शन, टर्कीको इस्तानबुलस्थित गालाट टावरको टुप्पोमाथि देखिएको चन्द्रमाको अभूतपूर्व दृश्य
इजिप्टको गिजा पिरामिडमाथि देखिएको ब्लू सुपरमून हुँदै उडिरहेको हवाईजहाज
तस्बिरको क्याप्शन, इजिप्टको गिजा पिरामिडमाथि देखिएको ब्लू सुपरमून अगाडिबाट उडिरहेको हवाईजहाज
रुसको मस्कोमाथि देखिएको ब्लू सुपरमून
तस्बिरको क्याप्शन, रुसको राजधानी मस्कोमाथि आकाशमाथि पृथ्वीको त्यो एकमात्रै प्राकृतिक भूउपग्रह चन्द्रमा रातो रङ्गको देखिएको थियो
तर उत्तरी इङ्ग्ल्याण्डको लिड्समाथि चन्द्रमा फिक्का देखिएको थियो
तस्बिरको क्याप्शन, तर उत्तरी इङ्ग्ल्याण्डको लिड्समाथि चन्द्रमा फिक्का देखिएको थियो
इजरेलको रोस हाआइन सहर नजिकै रहेको प्राचीन किल्लामाथि देखिएको चन्द्रमा
तस्बिरको क्याप्शन, इजरेलको रोस हाआइन सहर नजिकै रहेको प्राचीन किल्लामाथि देखिएको चन्द्रमा

सबै तस्बिर बीबीसीलाई सर्वाधिकार छ।