समुद्रमा जलविहार गर्न जाँदा 'जेट स्की' बिग्रेपछि तीन बाबुछोरा १६ घण्टा अलपत्र

समुद्रमा जलविहार गर्न जाँदा 'जेट स्की' बिग्रेपछि तीन बाबुछोरा १६ घण्टा अलपत्र
Published

थाईल्यान्डमा जलविहार गर्न गएका एक फ्रान्सेली र उनका दुई छोराहरू 'जेट स्की' बिग्रेपछि १६ घण्टा समुद्रमा अलपत्र परे।

समयमा 'जेट स्की' भाडामा लिएको ठाउँमा नफर्किएपछि उनीहरूलाई खोज्न थालिएको थियो।

उद्धारकर्ताहरूले फेला पार्दा ५० वर्षीय बाबु र उनका पाँच तथा सात वर्षका छोराहरू "पहेँला" देखिएका र उनीहरू "धेरै पानी निलेकाले थाकेको" अवस्थामा भएको एक सरकारी अधिकारीले एएफपीलाई बताए।

तीनै जनालाई अस्पताल लगिएको थियो तर लगत्तै डिस्चार्ज गरियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।