कुकुरहरूले मालिकको तनाव पसिना र सासबाट सुँघ्न सक्छन्

कुकुरहरूले तनावग्रस्त मानिस पसिना वा सासबाट पत्ता लगाएपछि मिठो खानेकुरा दिएर पुरस्कृत गरिएको थियो
तस्बिरको क्याप्शन, कुकुरहरूले तनावग्रस्त मानिस पसिना वा सासबाट पत्ता लगाएपछि मिठो खानेकुरा दिएर पुरस्कृत गरिएको थियो
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान संवाददाता
  • Published

हाम्रा कुकुर साथीहरूले हामी कस्तो महसुस गरिरहेका छौँ भन्ने थाहा पाउने गरेको वैज्ञानिक सुँघ्ने परीक्षणबाट फेरि एक पटक प्रमाणित भएको छ।

वैज्ञानिकहरूले पसिना र सासबाट मानिसहरूमा हुने तनाव पत्ता लगाउने प्रमाणित गरेका छन्।

मालिकको अनुमतिमा चारवटा कुकुरहरूलाई सुँघ्ने प्रतियोगिताका लागि रोजिएको थियो।

र ७०० परीक्षणमा ६५० पटक ती कुकुरहरूले पसिना वा सासको माध्यमबाट तनावमा रहेका मानिस पत्ता लगाएका थिए।

क्वीन्स युनिभर्सिटी बेलफास्टका अनुसन्धानकर्ताहरूले गरेको उक्त अनुसन्धान प्लस वान जर्नलमा छापिएको छ।

अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनपछि उपचारमा सहयोग पुर्‍याउने कुकुरहरूलाई तालिम दिन सहयोग पुग्ने ठानेका छन्।

कुकुरहरूले आफ्नो सारा संसार सुँघ्ने शक्तिबाट अनुभव गर्ने गर्छन्। उनीहरूको सुँघ्ने शक्ति लागु औषध, विस्फोटक पदार्थ र केही प्रकारका क्यान्सर मधुमेहदेखि कोभिडसम्मका रोग लागेका मानिस पत्ता लगाउन प्रयोग भइसकेको छ।

"कुकुरहरूले मानिसको गन्धको माध्यमबाट विभिन्न किसिमका रोगहरू पत्ता लगाउने गरेकोबारे विभिन्न प्रमाणहरूले पुष्टि भइसकेको छ तर हाम्रो मानसिक स्थितिबारे पनि कुकुरले थाहा पाउँछन् भन्नेबारे हामीसँग धेरै प्रमाण छैन," प्रमुख अनुसन्धानकर्ता क्लारा विल्सनले भनिन्।

हर्हर्ट कुकुर
तस्बिरको क्याप्शन, कुकुरको नाक रसायन पत्ता लगाउन सक्ने असाध्यै शक्तिशाली खुबी भएको अङ्ग हो

अध्ययनमा ३६ जना मानिसलाई गणितको एउटा कठिन समस्या समाधान गर्न दिइएको थियो र समस्या हल गर्नु अघि र पछिको तनाव तह नापिएको थियो।

र कुकुरहरूलाई ती मानिसको अगाडि लगिएको थियो। कुकुरहरू ट्रेओ, फिङ्गल, सूट र विनि 'तनावग्रस्त' स्याम्पलको अगाडि उभिएपछि ती कुकुरहरूले मन पर्ने खानेकुरा स्याबासी स्वरूप पाउने गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुकुर बचाउन भालु लखेट्ने १७ वर्षीया युवतीको भिडिओ