राजा चार्ल्स तृतीय: तस्बिरहरूमा उनको जीवन

King Charles III posed for an official portrait to mark his 60th birthday.
Published

ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दीको उत्तराधिकारी रहेका चार्ल्स तृतीय अब राजा बनेका छन्।

७० वर्षदेखि उत्तराधिकारीका रूपमा प्रशिक्षित नयाँ राजा राजगद्दीमा आसीन हुने सबैभन्दा पाका व्यक्ति बनेका छन्।

उनको जीवनमा महत्त्वपूर्ण अर्थ राख्ने ७३ वर्षीय राजाका जीवनका मुख्य क्षणहरूलाई फर्केर हेरौँ।

1px transparent line
चार्ल्स फिलिप आर्थर जोर्ज तृतीयको जन्म १४ नोभेम्बर १९४८ मा भएको थियो। आफ्नी आमा महारानी बन्दा उनी तीन वर्षभन्दा केही बढीका मात्र थिए
तस्बिरको क्याप्शन, चार्ल्स फिलिप आर्थर जोर्ज तृतीयको जन्म १४ नोभेम्बर १९४८ मा भएको थियो। आफ्नी आमा महारानी बन्दा उनी तीन वर्षभन्दा केही बढीका मात्र थिए
1px transparent line
आमाबुवाबाट पर रहनुको पहिलो अनुभव उनले एक वर्षको छँदा नै गरेका थिए जतिखेर उनकी आमा प्रिन्स फिलिपसँग रहनका लागि माल्टा उडेकी थिइन् जो त्यहाँ नौसेनाका अधिकृतका रूपमा काम गरिरहेका थिए
तस्बिरको क्याप्शन, आमाबुवाबाट पर रहनुको पहिलो अनुभव उनले एक वर्षको छँदा नै गरेका थिए जतिखेर उनकी आमा प्रिन्स फिलिपसँग रहनका लागि माल्टा उडेकी थिइन् जो त्यहाँ नौसेनाका अधिकृतका रूपमा काम गरिरहेका थिए
शिशु चार्ल्स आमाबुवाबाट पर रहँदा प्राय: कर्मचारीको स्याहारसुसारका भरमा छाडिन्थे
तस्बिरको क्याप्शन, शिशु चार्ल्स आमाबुवाबाट पर रहँदा प्राय: कर्मचारीको स्याहारसुसारका भरमा छाडिन्थे
1px transparent line
कक्षा आठसम्मको शिक्षादीक्षा घरमै पाएका चार्ल्स विद्यालय जाने राजगद्दीका पहिलो उत्तराधिकारी बने, यस तस्बिरमा सन् १९५७ मा उनी फुटबल खेल्दै गरेको देखिन्छ
तस्बिरको क्याप्शन, कक्षा आठसम्मको शिक्षादीक्षा घरमै पाएका चार्ल्स विद्यालय जाने राजगद्दीका पहिलो उत्तराधिकारी बने, यस तस्बिरमा सन् १९५७ मा उनी फुटबल खेल्दै गरेको देखिन्छ
उनी आफ्नी हजुरआमा, मुमाबडामहारानी, सँग खुब रमाउँथे
तस्बिरको क्याप्शन, उनी आफ्नी हजुरआमा, मुमाबडामहारानी, सँग खुब रमाउँथे
1px transparent line
चार्ल्सलाई परिपक्व बनाउन स्कटल्याण्डको गोर्डनस्टनमा स्कूले जीवन पूरा गर्न पठाइयो तर त्यहाँ उनीले दुर्व्यवहार (बुली) भोगेपछि आफूलाई विद्यालयबाट निकाल्न आफ्ना बाबुआमासँग उनले निकै याचना गरे
तस्बिरको क्याप्शन, चार्ल्सलाई परिपक्व बनाउन स्कटल्याण्डको गोर्डनस्टनमा स्कूले जीवन पूरा गर्न पठाइयो तर त्यहाँ उनीले दुर्व्यवहार (बुली) भोगेपछि आफूलाई विद्यालयबाट निकाल्न आफ्ना बाबुआमासँग उनले निकै याचना गरे
1px transparent line
चार्ल्सले सुरुमा पुरातत्व र मानवशास्त्र पढे र त्यसपछि ट्रिनिटी कलेज, केम्ब्रिजमा इतिहास पढे, विश्वविद्यालयको पढाइ पूरा गर्ने उनी पहिलो राजगद्दीका उत्तराधिकारी हुन्
तस्बिरको क्याप्शन, चार्ल्सले सुरुमा पुरातत्व र मानवशास्त्र पढे र त्यसपछि ट्रिनिटी कलेज, केम्ब्रिजमा इतिहास पढे, विश्वविद्यालयको पढाइ पूरा गर्ने उनी पहिलो राजगद्दीका उत्तराधिकारी हुन्
सन् १९६९ को जुलाईमा चार्ल्सलाई प्रिन्स अफ वेल्स उपाधि दिइँदाको समारोहमा उनले दुवै वेल्स र अङ्ग्रेजी भाषामा मन्तव्य दिएका थिए
तस्बिरको क्याप्शन, सन् १९६९ को जुलाईमा चार्ल्सलाई प्रिन्स अफ वेल्स उपाधि दिइँदाको समारोहमा उनले दुवै वेल्स र अङ्ग्रेजी भाषामा मन्तव्य दिएका थिए
उनी पारिवारिक परम्परा पछ्याउँदै सैन्य सेवामा गए, उनी पाइलट बने
तस्बिरको क्याप्शन, उनी पारिवारिक परम्परा पछ्याउँदै सैन्य सेवामा गए, उनी पाइलट बने
उनले कठिन सैन्य तालिमहरू लिए र "एक्सन म्यान"को उपाधि हासिल गरे। शृङ्खलाबद्ध सैन्य अभ्यासमा उनले विमानबाट हाम फाले, पन्डुब्बीबाट भागे र गोताखोर र कमान्डोका रूपमा तालिम लिए
तस्बिरको क्याप्शन, उनले कठिन सैन्य तालिमहरू लिए र "एक्सन म्यान"को उपाधि हासिल गरे। शृङ्खलाबद्ध सैन्य अभ्यासमा उनले विमानबाट हाम फाले, पन्डुब्बीबाट भागे र गोताखोर र कमान्डोका रूपमा तालिम लिए
कैयौँ पानीजहाजमा काम गरेपछि चार्ल्सले शाही नौसेनाको अन्तिम समयतिर माइन हन्टर एचएमएस ब्रोनइङटनको कमान्ड सम्हाले।
तस्बिरको क्याप्शन, कैयौँ पानीजहाजमा काम गरेपछि चार्ल्सले शाही नौसेनाको अन्तिम समयतिर माइन हन्टर एचएमएस ब्रोनइङटनको कमान्ड सम्हाले
1px transparent line
उनी पोलो खेल्दै गरेको, पौडँदै र विन्डसर्फिङ गरेका तस्बिरहरू सार्वजनिक भए।
तस्बिरको क्याप्शन, उनी पोलो खेल्दै गरेको, पौडँदै र विन्डसर्फिङ गरेका तस्बिरहरू सार्वजनिक हुन थाले
उनको धेरै महिलासँग नाम जोडिन थाल्यो जसमध्ये कमिला पार्कर बावल्स समेत थिइन्
तस्बिरको क्याप्शन, उनको धेरै महिलासँग नाम जोडिन थाल्यो जसमध्ये कमिला पार्कर बावल्स समेत थिइन्
चार्ल्सलाई "साँच्चिकै काम" दिनेबारे त्यसबेला निकै छलफल भए तापनि उनले कैयौँ शाही भ्रमणहरू गरे र सन् १९७६ मा स्थापना गरिएका आफ्नो ट्रस्टका लागि परोपकारी कामहरू गरे
तस्बिरको क्याप्शन, चार्ल्सलाई "साँच्चिकै काम" दिनेबारे त्यसबेला निकै छलफल भए तापनि उनले कैयौँ शाही भ्रमणहरू गरे र सन् १९७६ मा स्थापना गरिएका आफ्नो ट्रस्टका लागि परोपकारी कामहरू गरे
सन् १९८१ मा धेरै सञ्चारमाध्यमका अनुमान गरिए झैँ चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाहका लागि कुरा छिनिएको घोषणा गरियो
तस्बिरको क्याप्शन, सन् १९८१ मा धेरै सञ्चारमाध्यमका अनुमान गरिए झैँ चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाहका लागि कुरा छिनिएको घोषणा गरियो
1px transparent line
पाँच महिनापछि उनीहरूको सेन्ट पल्स गिर्जाघरमा उनीहरूको विवाह भयो, त्यसदिन विवाहको झलक हेर्न अनुमानित ६ लाख मानिसहरू लण्डनका सडकमा देखा परेका थिए
तस्बिरको क्याप्शन, पाँच महिनापछि उनीहरूको सेन्ट पल्स गिर्जाघरमा उनीहरूको विवाह भयो, त्यसदिन विवाहको झलक हेर्न अनुमानित ६ लाख मानिसहरू लण्डनका सडकमा देखा परेका थिए
आफ्नो हनिमुनको अन्तिम समयतिर स्कटल्याण्डको बाल्मोरल काशलमा एक नदीको किनारमा खिचिएको चार्ल्स र डायनाको तस्बिर
तस्बिरको क्याप्शन, आफ्नो हनिमुनको अन्तिम समयतिर स्कटल्याण्डको बाल्मोरल काशलमा एक नदीको किनारमा खिचिएको चार्ल्स र डायनाको तस्बिर
उनीहरूका दुई सन्तानका रूपमा सन् १९८२ मा राजकुमार विलियम र सन् १९८४ मा उनका भाइ राजकुमार ह्यारीको जन्म भए तापनि उनीहरूको विवाह समस्यामा पर्‍यो र सन् १९९६ मा अन्तत: उनीहरूले "सुल्झाउन नसकिने भिन्नताहरू"लाई कारण बताउँदै पारपाचुके गरे
तस्बिरको क्याप्शन, उनीहरूका दुई सन्तानका रूपमा सन् १९८२ मा राजकुमार विलियम र सन् १९८४ मा उनका भाइ राजकुमार ह्यारीको जन्म भए तापनि उनीहरूको विवाह समस्यामा पर्‍यो र सन् १९९६ मा अन्तत: उनीहरूले "सुल्झाउन नसकिने भिन्नताहरू"लाई कारण बताउँदै पारपाचुके गरे
सन् १९९७ मा कार दुर्घटनामा परेर डायनाको निधन भएपछि चार्ल्सले उनलाई शाही अन्त्येष्टि दिलाउन जोड दिए
तस्बिरको क्याप्शन, सन् १९९७ मा कार दुर्घटनामा परेर डायनाको निधन भएपछि चार्ल्सले उनलाई शाही अन्त्येष्टि दिलाउन जोड दिए
डायनाको निधनले शाही परिवारलाई उसको छविबारे पुनर्विचार गर्न बाध्य पार्‍यो र चार्ल्स त्यो परिवर्तनसँग छिट्टै अनुकूलित भए। उनी राम्रो हेरचाह गर्ने र साथ दिने बुवा र आधुनिक समयका राजगद्दीका उत्तराधिकारीका रूपमा स्थापित हुँदै गए
तस्बिरको क्याप्शन, डायनाको निधनले शाही परिवारलाई उसको छविबारे पुनर्विचार गर्न बाध्य पार्‍यो र चार्ल्स त्यो परिवर्तनसँग छिट्टै अनुकूलित भए। उनी राम्रो हेरचाह गर्ने र साथ दिने बुवा र आधुनिक समयका राजगद्दीका उत्तराधिकारीका रूपमा स्थापित हुँदै गए
उनी कैयौँ विषयमा खुलेर बोल्छन्। उनी जैविक खेती र वैकल्पिक चिकित्साको बारेमा समर्थन गर्छन् भने बालीको आनुवंशिक रूपमा परिष्कृत गरिएका बालीको विषयमा विरोध गर्छन्
तस्बिरको क्याप्शन, उनी कैयौँ विषयमा खुलेर बोल्छन्। उनी जैविक खेती र वैकल्पिक चिकित्साको बारेमा समर्थन गर्छन् भने बालीको आनुवंशिक रूपमा परिष्कृत गरिएका बालीको विषयमा विरोध गर्छन्
सन् २००२ मा उनले भावुक रूपमा आफ्नी "चमत्कारिक" हजुरआमा - मुमाबडामहारानीबारे बोलेका थिए जसको १०१ वर्षको उमेरमा शान्तिपूर्ण रूपमा निधन भएको थियो
तस्बिरको क्याप्शन, सन् २००२ मा उनले भावुक रूपमा आफ्नी "चमत्कारिक" हजुरआमा - मुमाबडामहारानीबारे बोलेका थिए जसको १०१ वर्षको उमेरमा शान्तिपूर्ण रूपमा निधन भएको थियो
1px transparent line
कमिला पार्कर बावल्ससँगको कैयौँ वर्षको सम्बन्धपछि सो जोडीले सन् २००५ मा विवाह गर्ने घोषणा गर्‍यो। उनीहरूले सन् १९७० मा पहिलोपटक भेटेका थिए
तस्बिरको क्याप्शन, कमिला पार्कर बावल्ससँगको कैयौँ वर्षको सम्बन्धपछि सो जोडीले सन् २००५ मा विवाह गर्ने घोषणा गर्‍यो। उनीहरूले सन् १९७० मा पहिलोपटक भेटेका थिए
नागरिक समारोहकाबीच विवाह गर्ने उनी शाही परिवारका पहिलो सदस्य बने, जससँगै श्रीमती पार्कर बावल्स डचिस अफ अफ कोर्नवाल बनिन् र चार्ल्स राजा बनेसँगै उनी क्वीन कन्सोर्ट बनिन्
तस्बिरको क्याप्शन, नागरिक समारोहकाबीच विवाह गर्ने उनी शाही परिवारका पहिलो सदस्य बने, जससँगै श्रीमती पार्कर बावल्स डचिस अफ अफ कोर्नवाल बनिन् र चार्ल्स राजा बनेसँगै उनी क्वीन कन्सोर्ट बनिन्
सन् २०११ मा उनका जेठा छोरा राजकुमार विलियमले केट मिडलटनसँग वेस्टमिन्स्टर अबेमा विवाह गरे
तस्बिरको क्याप्शन, सन् २०११ मा उनका जेठा छोरा राजकुमार विलियमले केट मिडलटनसँग वेस्टमिन्स्टर एबीमा विवाह गरे
राजाका पहिलो नाति नातिनी प्रिन्स जोर्ज र प्रिन्सेस शार्लटको जन्म सन् २०१३ र सन् २०१५ मा भयो
तस्बिरको क्याप्शन, राजाका पहिलो नाति नातिनी प्रिन्स जोर्ज र प्रिन्सेस शार्लटको जन्म सन् २०१३ र सन् २०१५ मा भयो
राजा चार्ल्स तृतीय सन् २०१८ मा आफ्ना छोरा ह्यारीसँग विवाह गरेकी मेगन मार्कलसाथ
तस्बिरको क्याप्शन, राजा चार्ल्स तृतीय सन् २०१८ मा आफ्ना छोरा ह्यारीसँग विवाह गरेकी मेगन मार्कलसाथ वैवाहिक समारोहमा
1px transparent line
सन् २०२१ एप्रिलमा विन्डसर काशलमा आफ्ना बुवा राजकुमार फिलिपको शवपेटिका नजिक उभिएका राजाको निराशापन स्पष्टसँग देखिन्थ्यो
तस्बिरको क्याप्शन, सन् २०२१ एप्रिलमा विन्डसर काशलमा आफ्ना बुवा राजकुमार फिलिपको शवपेटिका नजिक उभिएका राजाको निराशापन स्पष्टसँग देखिन्थ्यो
1px transparent line
राजतन्त्रबारे आमधारणा परिवर्तन भइरहेको समयमा चार्ल्स राजा बनेका छन्।
तस्बिरको क्याप्शन, राजतन्त्रबारे आमधारणा परिवर्तन भइरहेको समयमा चार्ल्स राजा बनेका छन्।
1px transparent line

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ