भारत यातायात: उत्तर प्रदेशमा तीनजना अट्ने एउटा अटो-रिक्सामा २७ जना यात्रु

भारतमा अटो
Published
पढ्ने समय: २ मिनेट

भारतको उत्तर प्रदेशस्थित एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक-टुक (अटो-रिक्सा) रोक्दा त्यस्तो सानो गाडीमा पनि कैयौँ मानिसहरू बसेको देखेर प्रहरीहरू नै छक्क परेका छन्।

फतेहपुर सहरमा अटो-रिक्साबाट बालबालिका र वृद्धवृद्धासहित २७ जना ओर्लेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

त्यसमा प्रत्येक यात्रु गाडीबाट बाहिर निस्किँदा एक जना प्रहरीले उनीहरूको गणना गरिरहेको देखिन्छ।

एउटा अटो-रिक्सामा सामान्यतया तीनजना बस्न मिल्छ।

तर कतिपय अटो-रिक्सालाई ६ जनासम्म बस्न मिल्ने गरी परिमार्जन गरिएको हुन्छ।

उत्तरप्रदेश भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य हो।

सञ्चारमाध्यमहरूमा आएका खबर अनुसार प्रहरीले तीव्र गतिमा आएको देखेर उक्त अटो-रिक्सालाई रोक्न खोजेको थियो।

तर चालक तीव्र गतिमा भाग्न खोजे।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

त्यसपछि उक्त सवारीसाधनलाई प्रहरीले पछ्याएर जबरजस्ती रोक्न बाध्य बनाएको थियो।

फतेहपुरका प्रहरी उपरीक्षक राजेश कुमारले टाइम्स अफ इन्डिया अखबारलाई भने, "भित्र दुई दर्जनभन्दा बढी यात्रुहरू देखेर प्रहरी नै चकित भयो।"

गतिसीमा उल्लङ्घन गरेको र बढी यात्रु बोकेको अर्थात् ओभरलोड गरेको आरोपमा अटो-रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा हजारौँ पटक हेरिएको छ।

कैयौँ ट्विटर प्रयोगकर्ताहरूले उक्त भिडिओलाई रमाइला टिप्पणीसहित पोस्ट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

कतिपयले यो घटना "विश्व कीर्तिमान्"को हकदार रहेको बताएका छन् भने अन्यले त्यसले भारतको अपर्याप्त यातायात सुविधाको समस्यालाई उजागर गरेको बताएका छन्।

अटो-रिक्सा भारतमा यातायातको लोकप्रिय साधन हो।

यद्यपि जताततै पाइए पनि ती सवारीसाधनको भाडा महँगो छ र चालकहरू बसको भन्दा धेरै गुणा बढी भाडा असुल्छन्।

अटो-रिक्साको भाडादर ट्याक्सीको भन्दा सस्तो भएकाले भारतीय मध्यम वर्गमाझ यस्ता सवारीसाधनहरू धेरै लोकप्रिय छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

केही वर्षअघि भारतका लागि मेक्सिकोका राजदूतले दिल्ली घुम्नका लागि कारको सट्टा अटो प्रयोग गरेको समाचार आएको थियो।