अफगानिस्तान भूकम्प: तस्बिरमा विध्वंसको चित्रण

अफगानिस्तानको पाक्तिका प्रान्तमा ६.१ म्याग्निट्युडको भूकम्पबाट भएको विध्वंसपछि दुख् व्यक्त गरिरहेका एक वृद्ध
तस्बिरको क्याप्शन, अफगानिस्तानको पाक्तिका प्रान्तमा केन्द्रबिन्दु रहेको ६.१ म्याग्निट्युडको भूकम्पबाट भएको विध्वंसपछि दुख् व्यक्त गरिरहेका एक वृद्ध
Published

अफगानिस्तानको तालिबान सरकारले कम्तीमा १,००० जनाको ज्यान लिने गरी आएको भूकम्पबाट पैदा भएको स्थितिसँग जुझ्न थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन्।

खोस्त सहर नजिकै केन्द्रविन्दु भएको ६.१ म्याग्निट्यूडको भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।

उद्धार समूहहरू भग्नावशेषहरूमा पुरिएका मानिसहरू बचाउने प्रयत्न गरिरहेका छन्।

तर भीषण वर्षा तथा भौतिक संरचना र श्रोतको अभावमा उद्धार कार्य प्रभावित भइरहेको बताइएको छ।

पाक्तिकामा भत्किएको भवनको भग्नावशेषमा गाउँलेहरूले खोजी र उद्धार कार्यमा सघाइरहेका छन्
तस्बिरको क्याप्शन, पाक्तिमा भत्किएको भवनको भग्नावशेषमा गाउँलेहरूले खोजी र उद्धार कार्यमा सघाइरहेका छन्
गायन गाउँमा भूकम्पका कारण चोटपटक लागेकाहरूलाई चट्टानी बाटोबाट ओसार्दै गरेको एम्बुलेन्स
तस्बिरको क्याप्शन, गायन गाउँमा भूकम्पका कारण चोटपटक लागेकाहरूलाई चट्टानी बाटोबाट ओसार्दै गरेको एम्बुलेन्स
भूकम्पले घर भत्काइ दिएपछि भग्नावशेषबाट आफ्ना सर सामान निकाल्न खोज्दै गरेका एक व्यक्ति
तस्बिरको क्याप्शन, भूकम्पले घर भत्काएपछि भग्नावशेषबाट आफ्ना सरसामान निकाल्न खोज्दै एक व्यक्ति
पाक्तिकास्थित एउटा अस्पतालमा घाइतेको उपचार हुँदै गरेको छ, त्यहाँ सैनिकहरू उपस्थिति देखिन्छ
तस्बिरको क्याप्शन, पाक्तिकास्थित एउटा अस्पतालमा घाइतेको उपचार हुँदै गरेको छ। त्यहाँ सैनिकहरू उपस्थिति पनि देखिन्छ
भूकम्पका कारण ज्यान गएका व्यक्तिको अन्तिम संस्कार अघि गर्नुपर्ने संस्कार अन्तर्गत कुरान पढ्दै एक अफगान बालक
तस्बिरको क्याप्शन, भूकम्पका कारण ज्यान गएका व्यक्तिको अन्तिम संस्कारअघि कुरान पढ्दै गरेका एक बालक
स्पेरा जिल्लामा ध्वस्त भएका भवनहरू
तस्बिरको क्याप्शन, भूकम्पको केन्द्रविन्दु नजिकैका गाउँहरू सम्पूर्ण रूपमा ध्वस्त भएको घरमा परेर पनि केही मानिस बाँच्न सफल भएको उद्धारकर्ताहरूले बताएका छन्