महारानी एलिजाबेथः ब्रिटिश महारानीको प्लेटिनम जुब्ली उत्सवका १० तस्बिर

उत्सव
Published

ब्रिटिस महारानीको राज्यारोहणको प्लेटिनम जुब्ली मनाउन यूकेमा हजारौँ मानिसहरूको सहभागितामा उत्सवहरू आयोजना गरिएका छन्।

महारानी एलिजाबेथले राज्यारोहण गरेको ७० वर्ष पुगेको खुसीयालीमा चार दिनसम्म त्यहाँ उत्सव मनाइने बताइएको छ।

उत्सव
तस्बिरको क्याप्शन, साङ्गीतिक प्रस्तुति हेर्न हजारौँ मानिसहरू सहभागी भएका थिए

दरबारमा आयोजना गरिएको प्लेटिनम पार्टीमा प्रिन्स अफ वेल्सले महारानीप्रति प्रगाढ सम्मान व्यक्त गरे।

"तिमी हामीसँगै हाँस्छौ र रुन्छौ। त्योभन्दा महत्त्वपूर्ण हाम्रा लागि तिमी यी ७० वर्ष सँगै छौ," चार्ल्सले भने।

महारानीका उत्तराधिकारी चार्ल्सले जनताको सेवा गर्ने चाहनासहित आफ्नी "आमा हरेक बिहान उठ्ने" भन्दै विश्वको तर्फबाट उनलाई धन्यवाद दिए।

सडक पार्टीमा उत्साहित मानिसहरू

उत्सवको अन्तिम दिन आइतवार बकिङ्घम प्यालेस नजिकै प्रदर्शनी आयोजना गरिएको छ।

उत्सव
तस्बिरको क्याप्शन, कार्डबोर्डमा बनाइएको महारानीको प्रतिमासँग पनि स्थानीय बासिन्दाहरूले रमाइलो गरेका थिए

महारानी शनिवारको साङ्गीतिक प्रस्तुतिमा उपस्थित थिइनन्।

तर त्यसअघि नै रेकर्ड गरिएको उनको प्रस्तुतिसहित कार्यक्रमको सुरुवात भएको थियो।

उत्सव
उत्सव
तस्बिरको क्याप्शन, ग्रेटर म्यान्चेस्टरमा एक परिवारले राजपरिवारका सदस्य जस्तै देखिने मुकुण्डो लगाएका थिए
उत्सव
उत्सव
उत्सव
तस्बिरको क्याप्शन, साङ्गीतिक प्रस्तुति र सामूहिक खेलसँगै कुकुर प्रदर्शनी पनि आयोजना गरिएका थिए
उत्सव
उत्सव

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।