‘पानीको बोतलले प्रहार गरिएपछि’ विमानका यात्रुमाथि माइक टाइसनको मुक्का

माइक टाइसन
Published
पढ्ने समय: २ मिनेट

पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले 'पानीको बोतलले हानेपछि' उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन्।

विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ।

हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले 'आफूलाई दुर्व्यवहार गरिरहेका एक जना आक्रामक यात्रु' माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्।

त्यसपछि प्रहरीलाई खटाइएको थियो र अस्थायी रूपमा दुई जनालाई पक्राउ गरिएको थियो।

अनुसन्धान

एक जना व्यक्तिलाई सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार गरिएको थियो।

"ती व्यक्तिले घटनाबारे एकदमै कम कुरा बताए र प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेका थिए," सान फ्रान्सिस्कोको प्रहरी विभागकी एक जना प्रवक्ताले विज्ञप्तिमा भनेकी छन्।

माइक टाइसन

थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्।

जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो। सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो।

टिएमजेडले प्रकाशित गरेको भिडिओमा सम्पूर्ण विवाद देखिँदैन र त्यो फुटेजमा पानीको बोतल पनि देखिएको छैन।

टिएमजेडका अनुसार उडानको सुरुवातमा ती यात्रुसँग तस्बिर खिचाउन टाइसनले सहमति जनाएका थिए तर ती व्यक्तिले टाइसनले 'शान्त रहन' भन्दा भन्दै पनि उनलाई दुर्व्यवहार गरिरहे।

भिडिओमा अर्का यात्रुले शान्त बनाउने प्रयासमा माइकलाई नामले बोलाएको सुनिन्छ तर अर्को व्यक्तिले टाइसनलाई धकेल्ने प्रयास गरेको देखिन्छ।

त्यसपछि ती व्यक्तिको निधारमा रगत लागेको जस्तो देखिन्छ।

सान फ्रान्सिस्कोको प्रहरी डिपार्टमेन्टले 'सम्भवतः घटनालाई समेटिएको हुनसक्ने उक्त भिडिओबारे जानकार' रहेको जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सो फुटेजलाई उक्त घटनाबारे क्षेत्राधिकार भएको प्रहरीको कार्यालयमा पठाइएको जनाइएको छ।

विवादमा परिरहने खेलाडी

रिङभित्र र रिङबाहिर पनि विभिन्न किसिमका हिंसात्मक गतिविधिका कारण टाइसन विवादमा पर्ने गरेका छन्।

सन् १९९२ मा बलात्कारमा दोषी ठहर भएपछि उनले तीन वर्ष जेलमा बिताएका थिए।

सन् १९९७ मा प्रतिद्वन्द्वीको कान टोकिदिएपछि उनलाई बक्सिङबाट अयोग्य घोषणा गरिएको थियो।

सन् २०२१ को फेब्रुएरी यता अमेरिकामा ७ हजार भन्दा बढी यात्रुसँग जोडिएका यस्ता घटना भएका छन्।

त्यसमध्ये ७० प्रतिशत मास्कसँग जोडिएका नियमका कारण भएको बताइएको छ।