के नेपाल दक्षिण एशियामा साँच्चै 'सबैभन्दा खुसी' देश हो

नेपाली महिला
Published
पढ्ने समय: ३ मिनेट

गत सप्ताहान्तमा प्रकाशित वर्ल्ड ह्यापिनेस रिपोर्टले नेपाललाई दक्षिण एशियाली देशहरूमा सबभन्दा धेरै खुसी भएको देखाएपछि त्यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भएको छ।

के नेपालीहरू साँच्चिकै त्यति धेरै खुसी छन् त भन्ने आशयका टिप्पणीहरू प्रशस्तै गरिएको छ।

उक्त रिपोर्टले विश्वका १४६ देशहरूको तुलना गरेर एउटा सूची प्रकाशित गरेको छ जसमा नेपाल ८४औँ स्थानमा छ।

संसारभरिको औसतका आधारमा नेपाल खासै खुसी मुलुक भएको सङ्केत त्यसले गर्दैन। यद्यपि दक्षिण एशिया र छरछिमेकमा भने नेपाल सबैभन्दा अगाडि छ।

बाङ्ग्लादेश ९४औँ स्थानमा छ भने पाकिस्तान १२१औँ स्थानमा छ। त्यसैगरी श्रीलङ्का १२७औँ स्थानमा छ भने निकट छिमेकी भारत १३६औँ स्थानमा छ।

दक्षिण एशियाली देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १४६औँ स्थानमा छ।

भुटान र माल्दिभ्स उक्त सूचीमा समाविष्ट छैनन्। उत्तरी छिमेकी चीन चाहिँ ७२औँ स्थानमा छ।

संसारमै सबभन्दा खुसी मुलुकमा फिनल्यान्ड लगातार पहिलो स्थानमा रहँदै आएको छ। शीर्ष १० मुलुकमा अधिकांश उत्तरी युरोपको वर्चस्व छ।

ह्यापिनेस इन्डेक्सः दक्षिण एशियामा कुन देश कति खुसी?. नेपाल सबैभन्दा 'खुसी देश', संसारभरि ८४‌‍औँ स्थानमा.  .

रिपोर्टप्रति व्यङ्ग्य

रिपोर्ट प्रकाशित भएलगत्तै सामाजिक सञ्जाल खासगरी ट्विटरमा कतिपय मानिसहरूले त्यसबारे आश्चर्य र व्यङ्ग्यमिश्रित टिप्पणी गरेका छन्।

केशव शर्माले दक्षिण एशियाली देशहरूमा नेपाल सबैभन्दा खुसी भन्ने समाचारले नै खुसी बनाएको भनेर लेखेका छन्।

अनि कार्टूनिस्ट रवि मिश्रले चाहिँ कुन देश कति खुसी अनि कुन मानिस कति खुसी भनेर कुन फित्ताले नापिन्छ भन्ने प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

सरोज सुवेदीले दक्षिण एशियाभरि नेपाल सबभन्दा खुसी भए अरूको हालत के होला भनेर कटाक्ष गरेका छन्।

नागरिक समाजका अगुवा तथा पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले कुनै टिप्पणी नगरी केवल आफ्नो हँसिलो तस्बिर राखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

"यस्ता विषय मलाई खासै रुचिकर लाग्दैन। विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले काम देखाउनका निम्ति पनि यस्ता विभिन्न सूचकाङ्क निकाल्छन्," उनले बीबीसीलाई भने।

खुसीलाई राष्ट्रिय नीति मै राखेको भुटान समाविष्ट नभएका कारण पनि दक्षिण एशियामा नेपाल अगाडि देखा परेको हुनसक्ने उनको धारणा छ।

स्वस्थानीव्रत बसेका भक्तजनहरू

के नेपाली साँच्चै खुसी छन्?

त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक समाजशास्त्री नीति अर्याल खनाल उक्त रिपोर्ट "यथार्थपरक नभएको" विश्लेषण गर्छिन्।

उनले ट्विटरमा पनि त्यसप्रति आश्चर्य प्रकट गरेकी छन्।

"दक्षिण एशियाभरि नै नेपाल सबभन्दा खुसी भन्ने कुरा अलि आश्चर्य लाग्ने खालकै छ। समाजशास्त्रीको रूपमा मात्र होइन आममानिसलाई पनि आश्चर्य लाग्छ। नत्र त सन् २०१५ मा हामीले भोगेको भूकम्प अनि सन् २०२० देखिको कोभिड महामारीको चपेटामा रहेका बेला हामीलाई त्यस्तो अनुभव त भएको पाइँदैन," उनले बीबीसीलाई भनिन्।

नेपाली महिला

तर उनले नेपालमा राज्यले अत्यन्त न्यूनतम सेवासुविधा पनि उपलब्ध गराउन नसकिरहेको परिस्थितिमा सामान्यभन्दा सामान्य विषयले खुसी गराउन सक्ने सम्भावना भने रहेको बताइन्।

"हुन त हामीलाई खुसी हुन ठूलो कुरै चाहिँदैन। बिहान उठ्नेबित्तिकै धारामा पानी आयो भने पनि हामी खुसी हुन्छौँ," उनले थपिन्।

विश्वमै वा यो क्षेत्रमै नेपाल निकै खुसी हो भन्ने अवस्था चाहिँ यसले नदर्शाउने उनले बताइन्।

"नत्र कसरी नेपाल विश्वमै धेरै आत्महत्या हुने देशहरूमध्ये पर्थ्यो र?"

लैङ्गिक हिंसाको क्षेत्रमा समेत जानकार नीति अर्याल खनालले नेपाली समाज महिला हिंसाका विषयमा अझै अनुदार हुँदै गएको भान भइरहेको भन्दै कतै यो समाज पुरुषहरूका निम्ति खुसीपूर्ण तर महिलाका निम्ति झन् दुष्कर हुन त लागेको होइन भन्ने प्रश्न गरिन्।

ल्होसारको बेलामा खिचिएको तस्बिर

के हो खुसी नाप्ने तरिका?

खुसी मापन गर्ने भनिएको वर्ल्ड ह्यापिनेस रिपोर्ट ग्यालप वर्ल्ड पोल डेटाको सहयोगमा दीगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घको एक अभियानले प्रकाशित गर्ने गर्छ।

उक्त रिपोर्टका अनुसार उसले हरेक देशका निश्चित सङ्ख्याका मानिसहरूसँग कुराकानी गरेको आधारमा आफ्ना निष्कर्ष निकाल्ने गर्छ।

खुसीका लागि उसले औसत जीवन समीक्षाबारे मानिसहरूको अनुभूति बुझ्ने बताइएको छ।

त्यस्ता अनुभूति समाजमा जीवन जीउने स्वतन्त्रता, स्वस्थ्य जीवन, सामाजिक सहयोग, एकअर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था अनि भ्रष्टाचारबारे विद्यमान आम सोचजस्ता विषय पर्ने जनाइएको छ।

जात्रा
EPA
नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क

  • २ करोड ९१ लाख+कुल जनसङ्ख्या

  • १ करोड ४९ लाख+महिला

  • १ करोड ४२.९ लाख+पुरुष

  • ०.९३%जनसङ्ख्या वृद्धिदर

  • २१ लाख ६९ हजार+विदेशमा रहेका नेपाली

स्रोतः CBS
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, भाइरल ७८ वर्षीया कृष्णकुमारी तिवारी भन्छिन्, 'मेरो प्राण नाचेरै जाओस्'
भिडिओ क्याप्शन सुरु हुँदैछ, टिकटकमा भाइरल मेघा घिमिरे भन्छिन्, "हात नभएर केही हुँदैन"
भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘संसारकै सबैभन्दा खुसी बालबालिका’
भिडिओ क्याप्शन सुरु हुँदैछ, म मोटो छु… म खुसी छु