तस्बिर: महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तको भिड

Published

मङ्गलवार महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र सर्वसाधारण मानिसको भिड लागेको छ। सो पर्वको पूर्वसन्ध्यामा खिचिएका १० तस्बिर।

शिवरात्रिका लागि पशुपतिनाथ मन्दिर क्षेत्रलाई तयार गरिएको छ
तस्बिरको क्याप्शन, काठमाण्डूस्थित पाशुपत क्षेत्रमा हरेक वर्ष शिवरात्रिको अवसरमा देश तथा विदेशबाट लाखौँ दर्शनार्थी आउने गरेका छन्
भारत र नेपालमा धेरै साधुहरू पशुपतिनाथ मन्दिर क्षेत्रमा केही दिन अगाडिदेखि नै आइपुगेका थिए
तस्बिरको क्याप्शन, यो वर्ष शिवरात्रिका लागि धेरै साधुसन्तहरू केही दिनअगाडि नै आइपुगेका थिए
यसपालि आठदेखि दश लाख दर्शनार्थी पशुपति क्षेत्र पुग्ने अनुमान छ
तस्बिरको क्याप्शन, यसपालि आठदेखि १० लाख दर्शनार्थी पशुपतिक्षेत्र पुग्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ
कोभिड महामारीका कारण गत वर्ष सामान्य ढङ्गले मनाइएको महाशिवरात्रि यसपालि कोभिड पूर्वको अवस्थामा जस्तै हुने अपेक्षा छ
तस्बिरको क्याप्शन, कोभिड महामारीका कारण गत वर्ष सामान्य ढङ्गले मनाइएको महाशिवरात्रि यसपालि कोभिडपूर्वको अवस्थामा जस्तै हुने अपेक्षा छ
साधुनी
तस्बिरको क्याप्शन, देशका अन्य शिव मन्दिर तथा तीर्थस्थलमा पनि साधुसन्त र भक्तजनहरू भेला भएका छन्
साधु
तस्बिरको क्याप्शन, पशुपति क्षेत्रमा भेला हुने साधुसन्तहरू विभिन्न सम्प्रदायका छन्
साधु
तस्बिरको क्याप्शन, पशपतिनाथ मन्दिर परिसरभित्र नागा साधु र साध्वीको बाहुल्य छ बने बाहिर अन्य सम्प्रदायका साधुसन्तहरू देखिन्छन्
साधु
तस्बिरको क्याप्शन, पाशुपत क्षेत्रमा एक साधु
पशुपति क्षेत्रमा शिवजी
तस्बिरको क्याप्शन, भगवान् शिवको जन्मदिनका रूपमा शिवरात्रि मनाउने गरिन्छ
महाशिवरात्रिको पूर्वसन्ध्यामा सोमवार पशुपतिनाथ मन्दिर क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो
तस्बिरको क्याप्शन, महाशिवरात्रिको पूर्वसन्ध्यामा सोमवार पशुपतिनाथ मन्दिर क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो भने मङ्गलवार बिहानैदेखि हजारौँ मानिसहरू मन्दिरमा दर्शन गर्न जान पङ्क्तिबद्ध हुन थालेका थिए।