रामकुमारी झाँक्री: नेपालमा किन सलामीको विषय बेलाबेला विवादमा पर्छ?

सहरी विकासमन्त्री रामकुमारी झाँक्री
Published
पढ्ने समय: २ मिनेट

एक मन्त्रीलाई सम्मानस्वरूप प्रहरीले दिएको सलामीबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी भएपछि गृह मन्त्रालयले सोसम्बन्धी व्यवस्था कानुनले स्पष्ट नपार्दा आफू अनुकूल व्याख्या भएको जनाएको छ।

हालै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई गुल्मीको पुर्कोटमा इलाका प्रहरी कार्यालय निरीक्षण गर्न जाँदा सलामी दिएको तस्बिरमाथि सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको थियो।

मन्त्री हुनुअघि उनले ट्विटरमा सरकार र पार्टीका कार्यक्रममा 'चाकडीका साधन'का रूपमा प्रयोग हुने 'माला, खादा, गम्छा, पिर्का, तुल र केक' प्रतिबन्ध लगाउनुपर्ने लेखेकी थिइन्।

तस्बिरमा झाँक्रीले सलामी लिँदा रातो कपडाले बेरेको पिर्कामा उभिएको देखिन्छ।

मन्त्री झाँक्रीको सचिवालयले विज्ञप्तिमार्फत त्यसलाई 'कानुनअनुसार राज्यको एउटा अङ्गले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया' बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले अहिलेसम्म सलामीको काम प्रथा, परम्परा र प्रक्रियाबाट चलेको बताउँछन्।

उनी भन्छन्, "कुनै पनि निकायको प्रमुख आफू अन्तर्गतको संस्थाभित्र वा नयाँ ठाउँमा पहिलोपटक जाँदा सलामी दिने चलन छ।"

तर त्यसलाई अब कानुनबाट व्यवस्थित गर्नुपर्ने आवश्यकता महसुस गरिएको प्रवक्ता कोइराला बताउँछन्।

मन्त्री झाँक्रीको आलोचना

लेखक खगेन्द्र सङ्ग्रौलाले ट्विटरमा झाँक्रीको 'असली रूप देखियो' भन्दै लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

कतिपयले उक्त तस्बिरलाई जोडेर विगतमा विगतमा राष्ट्रपतिलाई 'महारानी' भन्ने उनी आफै 'छोटी महारानी' बन्न खोजेको भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

पछिल्लो समय स्थानीय निकायका पदाधिकारीदेखि सङ्घीय मन्त्रीहरू मात्र नभएर विद्यालय तथा खेलकुद समितिका कार्यक्रममा समेत सलामी लिने प्रवृत्ति देखिएका छन्।

सलामी लिनेहरू कुर्सी र टेबलमै उभिएका तस्बिरहरू पनि सामाजिक सञ्जालमा देखिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

ट्विटरमै कतिपयले पदमा नभएका बेला विरोध गर्दा पछि पदमा पुगेपछि अप्ठ्यारो पर्न सक्ने भन्दै व्यङ्ग्य समेत गरेका छन्।

कतिपयले भने यो परम्परा भएको र यसमा नेताको दोष नहुने बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

सलामीमा किन विवाद?

नेपाल प्रहरीका एक जना अवकाशप्राप्त वरिष्ठ अधिकारीले मन्त्रीहरू प्रहरी कार्यालयका औपचारिक भ्रमणमा जाँदा सलामी दिने सामान्य प्रक्रिया रहेको बताउँछन्।

पूर्वडीआईजी हेमन्त मल्लले यसअघिका कतिपय अस्वाभाविक घटनाले सलामी 'मजाकको विषय बनेको' ठान्छन्।

"सलामी लिने व्यक्ति सलामी दिनेभन्दा उँचो ठाउँमा राखिने चलन हो। ठूला ठाउँमा त्यसका लागि मञ्च नै बनाइने गरिन्छ तर ससाना ठाउँमा त्यसको अस्थायी व्यवस्था गरिने हो," मल्ल भन्छन्।

"मुख्य कुरा सलामी भनेको ठूलो सम्मान हो। त्यसलाई होटलमै गएर दिइनु, लिने व्यक्ति अनौपचारिक पहिरनमा हुनु र त्यस क्रममा राष्ट्रिय गानलाई जथाभाबी बजाइनुले त्यसको गरिमा घटाउँछ।"

सलामी ग्रहण गर्दै मोरङ्ग प्रमुख जिल्ला अधिकारी
तस्बिरको क्याप्शन, सलामी ग्रहण गर्दै मोरङ्गका प्रमुख जिल्ला अधिकारी

कानुनका लागि छलफल

गृह प्रवक्ता कोइरालाले समेत ससाना कार्यालय तथा संस्थाका प्रमुखमा समेत सलामीप्रति आशक्ति देखिन थालेको भन्दै कानुन निर्माणका लागि छलफल थालिएको बताउँछन्।

पूर्वडीआईजी मल्लको सुझाव भने बर्दीका सुरक्षाकर्मीले दिने सलामी र गैरसैनिक सलामीका लागि मापदण्ड बनाउन ढिलो गर्न नहुने भन्ने छ।

"कस्तो ठाउँ र सन्दर्भमा, कुन तहसम्मलाई, कस्तो सलामी दिने भन्ने निर्देशिका बन्न ढिलो भइसकेको छ," मल्ल भन्छन्।

"नियमहरू सलामी लिने र दिने दुवैका लागि चाहिएको छ।"