कोभिड ओमिक्रोन: कोरोना भाइरस सङ्क्रमणमा निरन्तर वृद्धि देखिएसँगै दिल्लीमा फेरि रात्रिकालीन कर्फ्यू

भारत
तस्बिरको क्याप्शन, भारतको राजधानी दिल्लीमा सोमबार रातिबाट कर्फ्यु लगाउन लागिएको हो
Published

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यू लगाउने निर्णय गरेको छ।

ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो।

बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।

यो निर्णय सोमवारबाटै लागु हुनेछ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो।

दिल्ली

उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।

सोमवार बिहान प्रकाशित विवरणअनुसार विगत २४ घण्टाको अवधिमा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको थियो।

त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ।

ओमिक्रोन

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको विवरण आएका छन्।

दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन्।

तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन्।

हालसम्म भारतमा ५०० जनाभन्दा बढीमा ओमिक्रोनले सङ्क्रमण गरेको पुष्टि भएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: 'थप खोप भित्रिए भण्डार नै छैन, निकै गाह्रो पर्न सक्छ'