अभिजित बेनर्जीः नोबेल पुरस्कार पाएका अर्थशास्त्रीको 'कुकबुक'मा नेपाली खाना पनि

खिचडी
तस्बिरको क्याप्शन, पुस्तकमा बेनर्जीले दाल, चामल र तरकारी हालेर खिचडी पकाउन सिकाएका छन्
Published

पहिलो पटक खाना बनाउँदा अभिजित बेनर्जी १५ वर्षका थिए।

त्यो उनको पाककलाको क्षेत्रमा नै काम गर्ने थालनी भने थिएन। कालान्तरमा उनी प्रख्यात अर्थशास्त्री बने र सन् २०१९ को नोबेल पुरस्कार पाए।

उनकै भनाइमा पहिलो पटक खाना पकाएपछि चार दशकमा उनले हजारौँ पटक भान्सामा समय व्यतीत गरेका छन्। तिनै प्रयोगहरूमा आधारित भएर उनले अरूलाई छक्क पार्नेगरी पाककलाको एउटा पुस्तक प्रकाशित गरेका छन्।

उक्त पुस्तक प्रकाशन गर्ने चिकी सरकार भन्छिन्, " उनी अर्थशास्त्रीभन्दा अझ राम्रो पाकशास्त्री भएको एउटा हँस्यौली छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन्तोप शाह भन्छन्, ''ट्रफी हात नपरे पनि मैले जितिसकेको छु, म दु:खी छैन''

'कुकिङ टु सेभ योर लाइफ' शीर्षकको पुस्तक यसै साता प्रकाशित भएको छ।

बेनर्जी भन्छन्, "त्यहाँ केही परिकार बनाउने विधिहरू अरूलाई प्रभावित पार्न राखिएका छन्। तर दाल पकाउने तरिका सिकाउने विधि पनि छन्।

पुस्तकमा खानेकुरासम्बन्धी चित्रहरू छन्
तस्बिरको क्याप्शन, पुस्तकमा खानेकुरासम्बन्धी यस्ता चित्रहरू छन्

दाललाई उनले 'हिउँदका दिनमा ओढ्ने न्यानो पछ्यौरा' जस्तो भनेका छन्।

बेनर्जीले आफ्ना जेठानलाई क्रिस्मसका विभिन्न व्यञ्जन बनाउने विधिको सङ्ग्रह दिने योजना बनाएका थिए। तर पछि त्यसले पुस्तककै आकार लिन पुग्यो।

उनी भन्छन्, "पाककला एउटा सामाजिक गतिविधि हो। यसको सन्दर्भ हुन्छ। कहिलेको छाक तपाईँको परिवारका लागि उपहारका रूपमा पाक्छ त कहिलेकाहीँ यो कसैलाई लोभ्याउन पकाइन्छ। अनि कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न।"

ती सबै सन्दर्भका रेसिपीहरू उनको पुस्तका छन्।

जस्तो कि स्पेनको खानाबाट प्रभावित भएर बनाइएको चनाको सूप, अति स्वादिलो र सजिलो माछाको झोलदेखि मोरक्कोको रेसिपीमा आधारित सलाद र बिरयानीसम्म।

अभिजित बेनर्जी
तस्बिरको क्याप्शन, अभिजित बेनर्जीले सन् २०१९ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाएका थिए

उनको पुस्तकमा चित्रहरू भने असामान्य छन्।

खानाका तस्बिरको साटो उक्त पुस्तकमा चेयेन ओलिभरले बनाएका चित्रहरू छन्।

ओलिभिर बेनर्जीको परिवारमा सहयोगीका रूपमा बसेकी छन्। उनले प्रायः बेनर्जीसँग मिलेर खानेकुरा पकाउने गरेकी छन्।

ओलिभर भन्छिन्, "हामी मानिसहरू खाना कस्तो देखिन्छभन्दा पनि कस्तो बास्ना छ भन्नेमा केन्द्रित होऊन् भन्ने चाहन्थ्यौँ।"

खाना पकाउनुलाई एउटा उदार कामको रूपमा हेरिनुभन्दा पनि ईर्ष्यापूर्वक वा गर्व गर्नका लागि वा दबावमा परेर व्यञ्जन बनाइने गरेका सन्दर्भहरू बेनर्जीका पुस्तकमा उल्लेख गरिएको छ।

अनुभवी पाकशास्त्रीका लागि आफ्नो पुस्तक सहयोगी नहुन सक्ने बेनर्जी स्पष्ट पार्छन्।

तर पुस्तले रेसिपीबाहेकका सन्दर्भबारे राम्रो जानकारी दिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन्तोष शाह भन्छन्, ''नेपाली खानालाई हेला नगरौँ, यहाँको खानाले संसारभरि तहल्का मच्चाउन सक्छ।''

बेनर्जीले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अर्थशास्त्रमा बिताएका छन्।

खासगरी गरिबहरू कसरी बाँच्छन् र उनीहरूको रोजाइ कसरी निर्धारित हुन पुग्छ भन्ने विषयमा गरिएको अनुसन्धानका लागि उनी र उनका सहकर्मीले नोबेल पुरस्कार पाएका थिए।

उनका रेसिपीले देखाएको छः राम्ररी रोज्न जान्ने हो भने धेरै सामान नभईकन पनि राम्रो खाना पकाउन सकिन्छ। समय र स्रोत दुवैको अभाव भए पनि राम्रो खाना बन्न सक्छ।

उनी भन्छन्, "मिठो खानेकुराले पोषण पनि उत्तिकै दिन्छ।"

उदाहरणका लागि तरकारीलाई मुख्य र मासुलाई सहायक तत्त्व बनाएर पनि खाना पकाउन सकिन्छ। उनले कुखुराको मासुलाई तरकारी जसरी पकाउने तरिका र चिनी नभए पनि गुलियो व्यञ्जन बनाउने विधि सिकाएका छन्।

अभिजित बेनर्जीको पुस्तक

खासमा बेनर्जीको पुस्तक कुनै ठाउँविशेषमा केन्द्रित छैन।

यसमा नेपालदेखि सिसिलीसम्मका व्यञ्जनहरू छन्। तर पुस्तकमा भारतीय र अझ विशेषगरी बङ्गाल प्रदेशको विशेष छाप छ।

बङ्गाली परिकारमध्ये नरिवलको दूधमा पकाइएको झिङ्गेमाछादेखि खिचडीसम्म छन्। खिचडी बेनर्जीलाई अत्यधिक मन पर्ने एउटा परिकार हो।

सडक छेउछाउ विक्री गरिने मसालेदार बदामदेखि मसलायुक्त अमिलो आलुको रेसिपी पनि उनको पुस्तकमा परेको छ।

बेनर्जी दाललाई "मानव सभ्यतालाई भारतको सबभन्दा ठूलो देन" भएको दाबी गर्छन्।

बेनर्जी २० तरिकाले दाल पकाउन सकिने बताउँछन्। तर पुस्तकमा उल्लेख गरिएका तीनवटा तरिका पर्याप्त हुने उनको धारणा छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाराको व्यापार