तस्बिरमा विपत्ति: नेपालको पूर्वदेखि पश्चिमसम्म वर्षाले प्रभावित

Published

बेमौसमी भनिएको वर्षाका कारण कैयन् ठाउँमा डुबान र पहिरो आएको छ भने सडक र हवाई यातायातसमेत प्रभावित भएका छन्। १० तस्बिरहरू:

सेती नदीमा बाढी
तस्बिरको क्याप्शन, सुदूरपश्चिमको पहाडी क्षेत्रमा भएका क्षतिका यकिन विवरण अझै आइनसकेको सो प्रदेशकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले बताएकी छन्। डोटीको दिपायलमा सेती नदीको जलस्तर पुलसम्म आइपुगेको थियो
विराटनगर विमानस्थलमा डुबान
तस्बिरको क्याप्शन, प्रतिकूल मौसमका कारण सोमवार र मङ्गलवार दर्जनौँ आन्तरिक उडानहरू रद्द भए। विमानस्थल आफैँ डुबानमा परेपछि बुधवार विराटनगरका लागि उडानहरू हुन सकेका छैनन्
सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरूप नगरपालिकाका धानबालीमा पसेको छ
तस्बिरको क्याप्शन, सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरूप नगरपालिकाका धानबालीमा पसेको छ
बाढीको जोखिममा रहेको तिला गाउँपालिका, नुवाकोटगाउँका सर्वसाधारणको घर
तस्बिरको क्याप्शन, बाढीको जोखिममा रहेको तिला गाउँपालिका, नुवाकोटगाउँका सर्वसाधारणको घर
सायल गाउँमा पहिरो
तस्बिरको क्याप्शन, पहाडी क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ। डोटी, बझाङ लगायतका ठाउँमा पहिरोले जनधनको क्षति पुर्‍याएको ठानिएको छ। बझाङमा अझै २३ जना हराइरहेको भनिएको छ भने डोटीको सायल गाउँमा प्रहरीले उद्धारकार्य गरिरहेको छ
राजविराजमा डुबान
तस्बिरको क्याप्शन, बाढीले प्रदेश १ र २ मा पनि धेरै ठाउँमा डु्बान निम्त्याएको छ। सुनसरी, मोरङ तथा सप्तरी जिल्लाहरूमा पनि बस्तीमा भेल पसेको छ
उद्धारकार्य
तस्बिरको क्याप्शन, केही दिनयताको वर्षाले सबभन्दा धेरै क्षति सुदूरपश्चिम प्रदेशमा पुर्‍याइरहेको छ। महाकाली नदीमा आएको बाढीका कारण पीडितहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो
धानबालीमा नोक्सानी
तस्बिरको क्याप्शन, बेमौसमी वर्षाले किसानहरू अत्यन्तै ठूलो मर्कामा परेका छन्। पाकेको धान पानीमा डुबेपछि खेतमै कुहिने डर बढेको छ
खेतीमा नोक्सानी
तस्बिरको क्याप्शन, भित्र्याउने बेला धानबालीमा परेको नोक्सानीले देशको अर्थतन्त्रलाई नै असर पर्ने जानकारहरू बताउँछन्
पहिरोले बेनी जोमसोम सडक प्रभावित
तस्बिरको क्याप्शन, खासगरी पहाडी क्षेत्रका सडकहरू धेरै ठाउँमा पहिरोले गर्दा अवरुद्ध भएका छन्। कतै कतै सुरक्षाकर्मी तथा सम्बन्धित निकायले सडक खुलाइसकेका छन्