चीनले चन्द्रमाबाट ल्याएको चट्टानका नमुना अहिलेसम्मकै कम समयको

सन् १९७६ पछि चाङ्ग-अ फाइभ मिशनको जस्तो अर्को प्रयास भएको छैन
तस्बिरको क्याप्शन, सन् १९७६ पछि चाङ्ग-अ फाइभ मिशनको जस्तो अर्को प्रयास भएको छैन
Published

चीनको चाङ्ग-अ फाइभ मिशनले चन्द्रमाबाट गत डिसेम्बरमा ल्याइएको चट्टानका नमुना तुलनात्मक रूपमा निकै कम समयको रहेको पाइएको छ।

वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय दलले त्यसको समीक्षा गरेर हेर्दा ज्वालामुखीबाट निस्केको लाभाको ठोस स्वरूप दुई अर्ब वर्ष पुरानो मात्र रहेको पाएको हो।

त्यसको तुलना अमेरिकी एपोलो मिशनले ल्याएका नमुनासँग गरिएको थियो जुन तीन अर्ब वर्षभन्दा पुराना थिए।

त्यस्तो निष्कर्षलाई वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ।

तुलना

चीनको रोबटिक मिशनले चन्द्रमाको 'ओशन अफ स्टोर्म्स' भनिने अहिलेसम्म नपुगिएको स्थानबाट नमुना सङ्कलन गरेको थियो।

उक्त स्थान यसअघिका नमुनासँगको तुलना गरेर चन्द्रमा बारेको ज्ञान बढाउनका लागि निकै सजगतापूर्वक चयन गरिएको थियो।

एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमूनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ
तस्बिरको क्याप्शन, एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमुनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ

चन्द्रमाबाट अन्तिम पटक सन् १९७६ को सोभियत अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमुनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ।

रोचक

उनीहरूले थाहा पाएको चट्टानको त्यस्तो आयु रोचक हुनुको कारण चन्द्रमामा सोचिएभन्दा निकै पछि अर्को ज्वालामुखीको प्रक्रिया देखिनु रहेको छ।

त्यसले उक्त सानो खगोल पिण्ड सेलाएको र गतिविधिहरू कम भएको देखाउँछ।

Moon graphic

यसले चन्द्रमा जस्तो सानो पिण्डले समेत कसरी उत्पत्तिको साढे दुई अर्ब वर्षपछि पनि लाभा उत्पादन गर्नेगरी पर्याप्त ताप सञ्चय गर्न सक्यो भन्ने प्रश्न उब्जाएको छ।

वैज्ञानिकहरूले अब नयाँ ढङ्गले लामो समयपछि देखा परेको त्यस्तो व्यवहारका लागि के कस्तो तापीय स्रोतले काम गरे भनेर सोच्नेछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चन्द्रमा खुम्चिँदैछ