टोक्यो ओलिम्पिक्स २०२०: धेरै स्वर्ण पदक जिते पनि चीन किन पदक तालिकामा अमेरिकाको पछाडि?

टोक्यो ओलिम्पिक्स
Published
पढ्ने समय: २ मिनेट

टोक्यो ओलिम्पिक्सको पदक तालिकामा यतिबेला सबैभन्दा माथि चीन छ। प्रतियोगिता सम्पन्न हुँदा आफू नै शीर्ष स्थानमा हुन पाइयोस् भन्ने उसको इच्छा छ।

सन् २००८ मा बेइजिङमा आयोजित ओलिम्पिक्समा मात्रै चीन शीर्ष स्थानमा रहन सफल भएको थियो।

तर तपाईँले यदि अमेरिकाको ओलिम्पिक्सबारे प्रकाशित सामग्री हेर्नुभएको छ भने अवस्था फरक हुनसक्छ।

अमेरिकाका कैयौँ सञ्चारमाध्यमका साथै न्याश्नल ओलिम्पिक्स कमिटीले विवादास्पद रूपमा वैकल्पिक पदक तालिका अनुसरण गरेका छन् जसमा अमेरिका तालिकाको अग्रस्थानमा देखिन्छ।

प्रतियोगितामा जितेको स्वर्ण पदकको गणना गर्नुको साटो सबै पदक एकै ठाउँमा समेटी गरिएको गणनालाई मुख्य आधार मानिएका कारण त्यसो भएको हो।

गोल्ड स्टयान्डर्ड

अन्तर्राष्ट्रिय ओलिम्पिक्स कमिटीको "गोल्ड स्टयान्डर्ड" अनुसार अगस्ट ४ सम्ममा चीन अमेरिकाभन्दा अगाडि छ।

अमेरिकाले २५ स्वर्ण पदक हात पार्दा चीन ३२ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ।

टोक्यो ओलिम्पिक्समा चिनियाँ खेलाडी

तर अमेरिकामा द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट, एनबीसी र ओलिम्पिक्स प्रसारण गर्ने टेलिभिजन नेटवर्कले कुल पदक सङ्ख्यालाई प्रयोगमा ल्याएका छन्।

यस्तो गर्नाले सामाजिक सञ्जालमा अमेरिकाको आलोचना भएको छ। कतिपय अमेरिकी प्रशंसकहरूले समेत आलोचना गरिरहेका छन् भने अस्ट्रेलियाको News.com ले त अमेरिकालाई पद तालिकामा "धाँधली" गरेको आरोप लगाएको छ।

"विभिन्न प्रमुख अमेरिकी प्रकाशकहरू विश्वका विभिन्न राष्ट्रलाई वरीयता निर्धारण आफ्नै किसिमका शैली अपनाएका छन्," एउटा लेखमा भनिएको छ।

"अनि यसको अर्थ कुनै निश्चित राष्ट्र पदक तालिकामा सबैभन्दा शीर्ष स्थानमा हुन्छ।"

द न्यूयोर्क टाइम्सले भने शैली परिवर्तन गरेको पाइन्छ। अगस्ट ३ को दिनको प्रतियोगिताको सुरुवातमा उक्त पत्रिकाले "वैकल्पिक खाका" प्रयोग गरेको थियो।

त्यसको केही घण्टापछि भने उसले स्वर्ण पदकका आधारमा गरिएको वर्गीकरण ट्वीट गरेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

मानिसहरूलाई अलमल पार्ने दुवै पदक तालिका उक्त पत्रिकाको वेबसाइटमा राखिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

केही दिनअघि न्यूयोर्क टाइम्सका ग्राफिक्स सम्पादकले किन गरियो भन्ने कुराको औचित्य साबित गर्नका लागि "पदक गन्ने विभिन्न तरिका रहेको" उल्लेख गरेका थिए।

"कुन तरिकाले गरिएको गणना राम्रो हो? कुनै पनि तरिकाले गरिएको गणना राम्रो नहुन सक्ने सम्भावना छ," उनले जुलाई २७ मा लेखेका छन्।

"सम्भवतः उपयुक्त विधि कहीँ बीचतिर छ।"

पहिला कस्तो विधि थियो?

तर यो वैकल्पिक विधि सन् २०१६ को प्रतियोगितामा प्रस्ताव गरिएको थिएन।

त्यसबेला अमेरिका स्वर्ण पदकका साथै सबै पदकको एकीकृत गणनामा सबैभन्दा अग्र स्थानमा उभिन सफल भएको थियो।

चीन र अमेरिकाबीच प्रतिस्पर्धा

कठिन सुरुवात पश्चात् यसपालि केही समयका लागि चीन कुल पदक सङ्ख्यामा अमेरिकाको नजिक पुगेको थियो।

अगस्ट ३ तारिखमा दुवै राष्ट्रको पदक सङ्ख्या ६८ थियो।

अहिले अमेरिका चीनभन्दा माथि उक्लिन सफल भएको छ तर टोक्योमा पदक जित्नका लागि अझै अवसरहरू बाँकी नै छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्स: घरबारविहीन जसलाई खेलका बेला ‘गायब’ गराइएको छ