मङ्गल ग्रहमा अमेरिकी यान पर्सिभिअरन्सको १०० दिनका रोमाञ्चक तस्बिरहरू

मङ्गल ग्रह
Published

नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ।

पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।

अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्:

एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।
तस्बिरको क्याप्शन, एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।
1px transparent line
त्यसको केही दिन अगाडिसम्म हेलिकप्टर यानको मुनि रहेको थियो
तस्बिरको क्याप्शन, त्यसको केही दिन अगाडिसम्म हेलिकप्टर यानको मुनि रहेको थियो
1px transparent line
एक किलो ८०० ग्रामको हेलिकप्टर मङ्गल ग्रहको पातलो वायुमण्डलमा उडान प्रविधिको परीक्षण थियो।
तस्बिरको क्याप्शन, एक किलो ८०० ग्रामको हेलिकप्टर मङ्गल ग्रहको पातलो वायुमण्डलमा उडान प्रविधिको परीक्षण थियो।
1px transparent line
एप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।
तस्बिरको क्याप्शन, एप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।
1px transparent line
हेलिकप्टरले खिचेको मङ्गल ग्रहको सतहको तस्बिर
तस्बिरको क्याप्शन, हेलिकप्टरले खिचेको मङ्गल ग्रहको सतहको तस्बिर
1px transparent line
हेलिकप्टरले तेस्रो उडानको क्रममा खिचेको तस्बिरमा पर्सिभिअरन्स यान देखिन्छ।
तस्बिरको क्याप्शन, हेलिकप्टरले तेस्रो उडानको क्रममा खिचेको तस्बिरमा पर्सिभिअरन्स यान देखिन्छ।
1px transparent line
मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेको ४२३ फिट पर अवतरण गरेको थियो।
तस्बिरको क्याप्शन, मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिट पर अवतरण गरेको थियो।
1px transparent line
एक टनको पर्सभिअरन्स यान दुई महिनापछि आफ्नो अवतरण गरेको स्थानबाट अध्ययनका लागि यात्रामा निस्केको थियो।
तस्बिरको क्याप्शन, एक टनको पर्सभिअरन्स यान दुई महिनापछि आफ्नो अवतरण गरेको स्थानबाट अध्ययनका लागि यात्रामा निस्केको थियो।
1px transparent line
मङ्गल ग्रहको चट्टान
तस्बिरको क्याप्शन, मङ्गल ग्रहको चट्टान
1px transparent line
मङ्गल ग्रहको चट्टान
1px transparent line
मङ्गल ग्रहको सतह
तस्बिरको क्याप्शन, मङ्गल ग्रहको सतह
1px transparent line
यानबाट साढे दुई किलोमिटर टाढा रहेको सान्ता क्रुज पहाड।
तस्बिरको क्याप्शन, यानबाट साढे दुई किलोमिटर टाढा रहेको सान्ता क्रुज पहाड।
1px transparent line

पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात्‌ पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।