इजरेल-गाजा हिंसाः द्वन्द्वमा ज्यान गुमाउने यी बालबालिका को हुन्

गाजामा क्षतिग्रस्त भवनहरूको भग्नावशेषनजिकै हिँड्दै एक बालक
तस्बिरको क्याप्शन, इजरेली आक्रमणका कारण गाजामा दर्जनौँ बालबालिकाको मृत्यु भइसकेको छ
    • Author, ज्याक हन्टर
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ५ मिनेट

गाजामा मारिएका २१९ जनामध्ये कम्तीमा ६३ जना बालबालिका भएको त्यहाँको विद्रोही नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।

जारी इजरेल-गाजा हिंसामा मारिएका केही बालबालिकाहरूको कथा यस्तो छ।

Short presentational grey line

अल-कावालेक परिवारका बालबालिका, उमेर ५ देखि १७ वर्ष

यारा र रुला
तस्बिरको क्याप्शन, आक्रमणमा पर्दा यी दिदीबहिनी आफ्नो परिवारसँगै थिए

शनिवार इजरेलले प्रहार गरेको बम गाजा सहरको अल ह्विदा सडकमा बज्रिँदा अल-कावालेक परिवारका कम्तीमा १३ सदस्य आफ्नै घरमा पुरिएर मरेको बताइन्छ।

तीमध्ये धेरै बालबालिका थिए र सबैभन्दा कम उमेरका शिशुत त केवल छ महिनाका थिए।

"हामीले धुवाँबाहेक केही देखेनौँ," बचेका एक सदस्य साना अल-कावालेकले एउटा अनलाइनलाई भनिन्।

"मैले मसँगै रहेका छोरा पनि देखिनँ। म उसलाई अँगालो मारिरहेको थिएँ तर देखिरहेको थिइनँ।"

इजरेल डिफेन्स फोर्सेजले सो बम आक्रमणलाई असामान्य बताउँदै नागरिकको मृत्यु अनपेक्षित भएको बताएको छ। एक प्रवक्ताले सो हवाई हमलाले एउटा सुरुङलाई ध्वस्त बनाएका कारण घरहरू ढलेको बताएका छन्।

मारिएकामा नौ वर्षीया यारा र पाँच वर्षीया रुला थिए। ती दिदीबहिनी नर्वेली शरणार्थी काउन्सिलबाट हिंसाको आघातका लागि उपचार गराइरहेका थिए।

उनीहरूका एक शिक्षकले बीबीसीलाई ती दिदीबहिनी नम्र स्वभावका र सधैँ समयमै गृहकार्य गर्ने बानी भएका भएको बताए।

इन्टरनेटमा देखिएको एउटा तस्बिरमा आफ्नो मूल परिवारको अन्य सबै सदस्य गुमाएका १० वर्षीय अजीज अल-कावालेक आफ्नो आमाको शवसँगै बसिरहेको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space
Short presentational grey line

इदो अभिगल, उमेर ५ वर्ष

इजरेली बालक
तस्बिरको क्याप्शन, हमासले प्रहार गरेको रकेटका कारण यी इजरेली बालकको पनि ज्यान गयो

इजरेलतर्फ बुधवार सेरत सहरमा मारिएका पाँच वर्षका इदो अभिगल सबैभन्दा सानो उमेरका हुन्।

एउटा आक्रमण थेग्नेगरी निर्माण गरिएको कोठाभित्र इदोको मृत्यु भयो। यो मृत्युलाई इजरेली सेनाले अत्यन्तै दुर्लभ भनेको छ।

टाइम्स अफ इजरेलका अनुसार हवाई हमलाको साइरन बजेपछि इदोको आमाले उनलाई सुरक्षित कोठामा लगेकी थिइन्।

तर रकेटका छर्राहरू झ्याल छोपेका धातुको पाता छेडेर भित्र छिरे र उनीसहित उनको आमा र सात वर्षीया दिदीलाई घाइते बनाए। इदोले केही घण्टापछि प्राण त्यागे।

"त्यो रकेटको टुक्रा एउटा निश्चित गतिमा निश्चित कोणबाट निश्चित स्थानमा लाग्यो," सेनाका प्रवक्ताले बताए।

"हामी घरै थियौँ र बच्चाहरू अल्छी मानिरहेका थिए त्यसैले मेरो श्रीमती उनीहरूलाई लिएर दुई घरपर रहेको बहिनीको घर गइन्," इदोका पिता असफ अभिगलले च्यानल १३ लाई भने।

"केही दिनअघि तिमीले मलाई सोधेका थियौँ: 'बुवा, हामी बाहिर भएको बेला साइरन बज्यो भने के हुन्छ?' मैले भनेको थिएँ कि म सँगै भएको बेला तिमीलाई केही पनि हुँदैन। मैले ढाँटेको थिएँ," उनले छोराको अन्तिम संस्कारको बेला भने।

केही महिनाअघि उनले आफ्नो पत्नीसँग इदो पाँच वर्षको बालकको शरीरभित्र ५० वर्षको मानिसजस्तो बुद्धि भएको भनेर कुरा गरेका थिए। इदोले प्रायशः बुवालाई कम्प्युटरमा छोडेर आफूसँग धेरै समय बिताउन बोलाउँथे।

"स्क्रीनसँग धेरै भयो, मसँग आउनुहोस्," इदोले भन्थे। इदोका आमा अझै अस्पतालमै छिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेलले एपी र अल जजिराको कार्यालय बसेको भवन ध्वस्त पारिदिएपछि
Short presentational grey line

नादिन अवद, उमेर १६

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

गत बुधवार १६ वर्षीया अरब-इजरेली विद्यार्थी नादिन अवद आफ्नो ५२ वर्षीय पितासँग थिइन्। एउटा रकेट उनीहरूको घर र कारमा खस्यो र ती दुवै मारिए। कारमा सँगै भएकी उनकी आमा गम्भीर घाइते भएको स्वास्थ्यकर्मी बताउँछन्।

नादिनकी ठूलीआमाको छोरा अहमद इस्माइलले तेल अभिभनजिकैको लद सहरमा रहेको घरभित्रबाटै रकेट प्रहारको आवाज सुनेको बताउँछन्। सो घरमा अरब र यहुदी परिवार सँगैसँगै बस्थे।

"सबै तीव्र गतिमा भयो," इस्माइलले सार्वजनिक प्रसारण संस्था कानलाई भने। "हामी पनि कतै भाग्नका लागि सुरक्षित कोठा थिएन।"

नादिनलाई चिन्नेहरू उच्च माध्यमिक विद्यालयमा पहिलो वर्षमा अध्ययनरत नादिन चिकित्सक बन्ने सपना बोकेकी एउटा 'प्रतिभाशाली विशिष्ट किशोरी' भएको बताउँछन्।

उनको विद्यालयका प्रधानाध्यापिकाले उनले विश्व परिवर्तन गर्ने सपना बोकेकी बताइन्।

"उनी एक विशेष केटी थिइन्, धेरै प्रतिभाशाली। उनले विश्व विजय गर्न चाहन्थिन्," शीरीन नूतुर हाफीले स्थानीय रेडिओलाई बताएको टाइम्स अफ इजरेलले लेखेको छ।

प्रधानाध्यापिकाका अनुसार नादिन यहुदी विद्यालयहरूङ्को अनेकौँ विज्ञान र सामाजिक परियोजनासँग जोडिएकी थिइन् र उनी चिकित्सा शिक्षा कार्यक्रममा भाग लिन चाहन्थिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः जेरुसलेममा तनाव बढ्नुको कारण
Short presentational grey line

अल-हादिदी परिवारका बालबालिका, उमेर ६ देखि १३ वर्ष

गाजामा जीवितै उद्धार गरिएका एक शिशु
तस्बिरको क्याप्शन, आमा र आफ्ना दाजुहरू गुमाएका पाँचमहिने शिशु ओमरको जीवितै उद्धार गरियो

शुक्रवार मोहम्मद अल-हादिदीका चार सन्तान - १३ वर्षीय सुहाएव, ११ वर्षीय याह्या, आठ वर्षीय अब्देररहमन र छ वर्षीय ओसामा - राम्रा लुगा लगाएर इद मनाउन काकाको छोराहरू रहेको गाजा सहरको बाहिरी भागमा रहेको शाती शरणार्थी शिविर पुगेका थिए।

"बच्चाहरूले इदको लुगा लाए, खेलौना बोके र काकाको घरमा इद मनाउन हिँडे," ३७ वर्षीय पिताले बताए।

"उनीहरूले बेलुकी फोन गरे र त्यो रात त्यही बस्छौँ भनेर कर गरे। मैले हुन्छ भनेँ।"

अर्को दिन उनीहरू बसेको भवनमा आक्रमण भयो। आफ्नी आमाको शवनजिकैबाट भवनको भग्नावशेषबाट निकालिएको उनीहरूको पाँच महिनाको भाइ मात्रै जीवित भेटियो।

"उनीहरू आफ्नो घरमा सुरक्षित थिए, उनीहरूसँग कुनै हतियार थिएन, उनीहरूले रकेट प्रहार गरेका थिएनन्," हादिदीले आफ्नो बालबच्चाको बारेमा भने।

"उनीहरूले के गरेका थिए र यस्तो भोग्नुपर्‍यो? हामी नागरिक हौँ।"

घरको भग्नावशेषमा बालबालिकाका खेलौना र भान्छाको टेबुलमा खानेकुरा बाँकी रहेका प्लेटहरू थिए।

"मेरा बच्चाहरू सुत्दा उनीहरूले अपेक्षा गरेका थिए कि उनीहरू उठ्दा यो सबै अन्त्य भएको हुनेछ। तर उनीहरू अब छैनन्। मसँग उनीहरूको सम्झना मात्रै छ र घरमा उनीहरूको गन्ध मात्रै छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेलले एपी र अल जजिराको कार्यालय बसेको भवन ध्वस्त पारिदिएपछि
Short presentational grey line

इब्राहिम अल-मासरी, उमेर १४

Presentational white space

गाजाको उत्तरी भागमा रहेको आफ्नो घरबाहिर दाजुभाइसँग खेलिरहेका इब्राहिम अल-मासरी रकेट आक्रमणमा परे। घटनास्थलमै दाजु मारवान र अन्य केही नातेदारसहित उनले पनि प्राण त्यागे।

"रमदानको प्रत्येक दिन उनीहरू बेलुकीको खानाको समयभन्दा अगाडि घरबाहिरको सडकमा खेल्थे," पिता युसुफ अल-मासरीले दि इन्डिपेन्डन्ट समाचारपत्रलाई बताए।

"हामीले रकेट देखेनौँ, हामीले खालि दुई ठूला विस्फोटको आवाज सुन्यौँ… सडकमा सबै दौडिरहेका थिए, बच्चाहरू रगताम्मे थिए, आमाहरू रोइरहेका थिए, सबैतिर रगत थियो।"

इब्राहिम नै नाम गरेका प्रत्यक्षदर्शीका अनुसार स्थानीय बजारमा बेच्न उनीहरू परालको बोरा भरिरहेका थिए।

"हामी हाँसिरहेका थियौँ र रमाइलो मानिरहेका थियौँ। त्यति नै बेला हामीमाथि बम आक्रमण भयो, हामी वरपरका सबै चिजमा आगो लाग्यो," उनले एएफपीलाई बताए।

"मैले उनीहरूलाई पनि आगो लागेको र टुक्राटुक्रा भएको देखेँ।"

हाम्जा नासेर, उमेर १२

रमदानको व्रत समापन गर्ने भोजन बनाउन आमालाई आवश्यक तरकारी किन्न हाम्जा नासेर बुधवार साँझ गाजास्थित घरबाट निस्किएका थिए। तर उनी कहिल्यै फर्केनन्।

हाम्जा एउटा ज्ञानी बालक र प्रतिभाशाली विद्यार्थी रहेको उनको पिताले अल जजिरालाई बताए।

Short presentational grey line

ताला अबु अल-ओफ, उमेर १३

ताला
तस्बिरको क्याप्शन, ताला र उनका १७ वर्षे दाजुको पनि आक्रमणमा परेर मृत्यु भयो

अल-कावालेकको घर ध्वस्त बनाएको आक्रमणमा छिमेकमा १३ वर्षीया ताला अबु अल-ओफ र उनका १७ वर्षीय दाजु तौफिक पनि मारिएका थिए।

उनीहरूका पिता डा. अइमान अबु अल-ओफ पनि मारिए। उनी गाजा सहरको शीफा अस्पतालमा कोरोनाभाइरस उपचारका प्रमुख थिए।

आक्रमणको अगाडिका दिनहरूमा डा. अल-ओफले अस्पतालमा बिताउने समय बढाउँदै जानुपरेको उनका पारिवारिक मित्रहरूले बीबीसीलाई बताए।

तालाका एक शिक्षकले ताला सातौँ कक्षामा पढ्ने प्रतिभाशाली विद्यार्थी भएकी बताइन्।

ती शिक्षकले ताला धार्मिक कक्षाहरूको रुचि राख्ने र कुरान पढ्न र घोक्न मन पराउने छात्रा भएको बताइन्।

उनी बालबालिकालाई आघातसँग जुझ्न सहयोग पुर्‍याउने नर्वेली कार्यक्रममा पनि भाग लिइरहेकी थिइन्।

"उनीहरू धेरै पीडित भइसकेका छन्," नर्वेजली शरणार्थी काउन्सिलका क्षेत्रीय प्रबन्धक होज्याफा याज्जीले बीबीसीलाई बताए।

"यो पागलपन रोकिनुपर्छ… यी बालबालिकाको भविष्यका लागि हिंसा रोकिनुपर्छ।"